अजोड इन्स्योरेन्सको १९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन भएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिवर्तन गरिएको हो । यस कम्पनीको संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४९ प्रतिशत कायम हुने गरी सेयर संरचना पविर्तन गरेको हो । यसअघि संस्थापक सेयरको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण सेयरको स्वामित्व ३० प्रतिशत रहेको थियो । बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिकामा संस्थापक सेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत हुने गरी बाँकी सेयर सर्वसाधारण सेयरमा परिणत गरिएको कम्पनीले जनाएको छ । संस्थापक सेयर नेपाल बीमा प्राधिकरण तथा सम्बन्धित निकायको स्वीकृति लिई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव गत मंसिर ९ गते सम्पन्न विशेष साधारण सभाले पारित गरेको थियो । यदि कोही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिवर्तन नगर्ने भएमा ७ दिन जानकारी गराउन कम्पनीले आग्रह गरेको छ । तोकिएको समयमा जानकारी नभए संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरिनेछ ।

ऋणपत्र निष्काशन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

निष्काशन तथा बिक्रीका लागि प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त । काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकले ४ अर्बकाे ऋणपत्र निष्काशन गर्ने भएकाे छ । कम्पनीले १ हजार रुपैयाँ अंकित ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएकाे हाे । उक्त ऋणपत्र निष्काशन गर्नेकाे लागि बैंकले प्रभु क्यापिटललाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झाैता गरेकाे । सम्झौतामा बैकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।  

१२ अंकले बढ्यो नेप्से, नबिल बैंकको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार

काठमाडौं । बिहीबार सेयर बजार १२.७३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजार बढेर १८६९.७३ विन्दुमा पुगेको छ । आज २५ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा ७३ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउनेमा एनआइबिएल ग्रोथ फण्ड रहेको छ । कम्पनीको बिहीबार सेयर प्रति कित्ता सेयर मूल्य ८.३६ रुपैयाँले बढेको छ । यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा एनएमबि डिबेन्चर ८.८० प्रतिशत-२०७७/७८ ले प्रति कित्ता ५१.९० रुपैयाँ गुमाएको छ । यस्तै, आज सबैभन्दा बढी नबिल बैंकको प्रमोटर सेयर किनबेच भएको छ । कम्पनीको ४ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।