राष्ट्र उत्थान लघुवित्तको १५ प्रतिशत लाभांश प्रस्ताव, सेयर कारोबार रोक्का

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस्तै, नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । बैशाख १३ गते बसेको बैठकले गरेको निर्णय १९ गते सेयर कारोबार भएको समयमा मूल्य प्रभावित हुनेगरी सार्वजनिक गराएको भन्दै नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।

एकैपटक १५ लाख कित्ता सेयर बेच्दै कुमारी बैंक, एक कित्ताको मूल्य ११९ रुपैयाँ

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहको सेयर बैशाख १९ गतेदेखि जेठ २३ गतेसम्म बिक्री खुला गरेको हो । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११९ रुपैयाँ तोकेको छ । आवेदन दिँदा सो वा सो मूल्यभन्दा बढी कबोल गरी पेश गर्नुपर्नेछ । खरिद गर्न इच्छुक लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । प्राप्त शिलबन्दी बोलपत्रहरु जेठ २५ गते खोलिने बैंकले जनाएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

बैंक खातामा पठायो तारागाउँ रिजेन्सीले लाभांश, तपाईंको आयो ?

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत फागुन ३ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.४३ प्रतिशत नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । कम्पनीले सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा लाभांश जम्मा गरेको जनाएका छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ८.४३ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले बुक क्लोज गरेको दिन (माघ १७गते)सम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल रहेको छ ।