होटेल फरेष्ट इनको आईपीओ बिक्री खुला, २ लाख कित्ता आवेदन दिन सकिने

काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले आज माघ ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

नेको इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ३० गते बसेको बैठकले १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ६९ करोड १५ लाख रुपैयाँको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १२.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव विष्णु प्रसाद धितालले जानकारी दिए । 

सूर्यज्योति लाइफको साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

काठमाडौं । सूर्यज्योति लाइफ इन्सोरेन्सको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  सभामा  सञ्चालक समितिका अध्यक्ष, कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत (सीईओ),नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ), व्यवस्थापनका पदाधिकारी, सेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तावित १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ । साथै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा भएका खर्चहरूलाई अनुमोदन गरेको छ । कम्पनीका अध्यक्ष भट्टराईले साधारणसभालाई सम्बोधन गर्दै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू र नवीनतम सेवा लगायत डिजिटल रूपान्तरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले कम्पनीको निरन्तर प्रगतिको श्रेय सेयरधनीहरूको विश्वास, ग्राहकहरूको साथ, अभिकर्ताहरूको मेहनत र कर्मचारीहरूको लगन भएको बताए । सभामा सेयरधनीहरूले कम्पनी प्रतिको आफ्नो विश्वास र आगामी दिनका लागि अपेक्षाहरू राखेका थिए । सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरिएका छन् ।  नेपालकै पहिलो ९००१(२०१५ आईएसओ प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्ता पुँजी ५०१ करोड, जीवन बीमाकोष ४ हजार ३८३ करोड, लगानी ४ हजार ८४५ करोड र नेटवर्थ ६७४ करोड रहेको छ । कम्पनीले १ लाख ६ हजार अभिकर्ता, ३५ लाख ८७ हजार बीमालेख संख्या र देशैभरि रहेका १७६ शाखा सञ्जालमार्फत आफ्ना बिमितहरुलाई कम्पनीले सेवा प्रदान गरिरहेको छ ।  साथै कम्पनीले नेपालकै सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा प्रदान गरिरहेको छ।