नेरुडे मिर्मिरेको नाफा साढे २३ करोड, १९.८६ प्रतिशतमा झार्यो एनपीएल
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा २३ करोड ५९ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लघुवित्त १८ करोड २५ लाख ३९ हजार रुपैयाँ खुद नोक्सानीमा थियो । गत आवमा लघुवित्त संस्थाले १ अर्ब २९ करोड ४३ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष लघुवित्तले १ अर्ब ४४ करोड ८८ लाख ३७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तले २१ करोड ९ लाख ३२ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, १ अर्ब ५१ करोड ३ लाख ५७ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ३२ करोड ३० लाख ५२ हजार रुपैयाँ सञ्चालन नाफा रहेको छ । अघिल्लो वर्ष लघुवित्तले २२ करोड ६८ लाख ४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, १ अर्ब ६७ करोड ५६ लाख ४२ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र २० करोड १० लाख ७० हजार रुपैयाँ सञ्चालन नोक्सानीमा थियो । लघुवित्तको वितरणयोग्य नाफा १२ करोड १९ लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ३३ करोड २२ लाख ८७ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ३१.६४ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) गत वर्ष घटाएर १९.८६ प्रतिशतमा झारेको लघुवित्तले जनाएको छ । गत असारसम्म लघुवित्तको निक्षेप ७ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ तथा सापटी ९ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ र कर्जा लगानी १९ अर्ब ३२ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष निक्षेप ६ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ तथा सापटी १० अर्ब ८५ करोड २१ लाख रुपैयाँ र कर्जा लगानी १९ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष १३.०६ रुपैयाँ माइनसमा रहेको लघुवित्तको प्रतिसेयर आम्दानी गत वर्ष १६.८८ रुपैयाँ पुगेको छ । यस्तै लघुवित्तको प्रतिसेयर नेटवर्थ १८६.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.६९ गुणा रहेको छ ।
६ कम्पनीका १० लाख बढी कित्ता सेयर बिक्रीमा
काठमाडौँ । विभिन्न ६ बैंक तथा बीमा कम्पनीका १० लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । सम्बन्धित कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । कुमारी बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ४ लाख २० हजार ९४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । यस्तै, लुम्बिनी विकास बैंककी संस्थापक सेयरधनी गायत्री अधिकारीले २६ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकी छिन् । यस्तै, सानिमा बैंकका संस्थापक सेयरधनी सुधिरकुमार अग्रवालले आफ्नो नाममा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरको मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ । यस्तै, कामना सेवा विकास बैंकको २ लाख ७८ हजार २६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । यसैगरी, स्वरोजगार लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनी तनुजा अधिकारीले ३७ हजार ७७२ कित्ता र दिपिक पन्थले ८ हजार कित्ता गरी कुल ४५ हजार ७२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको २ लाख ६१ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । सम्बन्धित कम्पनीका विद्यमान संस्थापक सेयरधनीले तोकिएको ३५ दिनभित्र आवेदन नदिएमा प्रचलित व्यवस्था बमोजिम सर्वसाधारण लगानीकर्ताका लागि उक्त संस्थापक सेयर बिक्री खुला गरिने जनाइएको छ ।
३४ अंकको गिरावट, २१.९६ अर्बको कारोबार
काठमाडौं । गत साता नेपाली सेयर बजारमा गिरावट आएको छ । साता भर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.२४ अंकले घटेको छ । साताकाे ५ कारोबार मध्ये ४ दिन परिसूचक घट्दा १ दिन मात्रै सामान्य सुधार देखिएको हो । साताको पहिलो कारोबार दिन सोमबार नेप्से २ हजार ६८५.५४ विन्दुमा रहेको थियो । शुक्रबार कारोबार बन्द हुँदा परिसूचक २ हजार ६५०.०९ विन्दुमा झरेको छ । साताको कारोबारमा मंगलबार बजार सबैभन्दा धेरै घट्यो । उक्त दिन नेप्से २१.१५ अंकले घटेर २ हजार ६६३.१८ विन्दुमा बन्द भयो । बुधबार भने बजारमा सामान्य सुधार देखियो । उक्त दिन नेप्से ४.७९ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको थियो । बिहीबार पुनः बजार १३.८२ अंकले घट्यो । शुक्रबार पनि नेप्से ४.०५ अंकले घटेर २ हजार ६५०.०९ विन्दुमा सीमित भयो । साताभर २१ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पाँच कारोबार दिनमा कुल २१ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । त्यस्तै, साताभर ४ करोड ६१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कुल कारोबार संख्या २ लाख ८० हजार ४६५ पुगेको छ । शुक्रबार मात्रै ३ अर्ब ६५ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । उक्त दिन ८१ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका थिए । साताको कारोबारमा सोमबार ४ अर्ब ५२ करोड, मंगलबार ३ अर्ब ९७ करोड, बुधबार ४ अर्ब ३७ करोड र बिहीबार ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यसरी कारोबार रकम तुलनात्मक रूपमा उच्च रहे पनि बजार परिसूचक भने समग्रमा दबाबमा परेको देखिएको छ ।