नेप्सेले घोषणा गर्याे १ सय प्रतिशत लाभांश

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेप्सेको पुस ६ गते बसेको सञ्चालक समिती बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई १ सय प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेप्सेले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १ अर्बको १ सय प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेप्सेले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न पुस २९ गते बिहान ११ बजे नेप्से कै कार्यालयमा ४१ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण, नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ्गको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको लाभांश घोषणा, १ अर्ब पूँजी वृद्धि गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक बर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव सहित १७ औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । बैंकको वार्षिक साधारण सभा पुस २८ गते राष्ट्रिय वाणिज्य बैंकको सभाहल दरबारमार्ग काठमांडौमा दिउँसो २ बजे बोलाएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हालसम्म सर्वसाधारणका लागि सेयर जारी गरेको छैन भने सरकारको पूर्ण स्वामित्व रहेको छ । बैंकको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । बैंकको चुक्ता पूँजी १३ अर्ब ९४ करोड ३ लाख ५९ हजार ९९ रुपैयाँ रहेको छ । नेपाल सरकारबाट बैंकको सेयर पूँजीमा लगानी बापत प्राप्त रकम १ अर्ब बैंकको जारी पूँजी र चुक्ता पूँजीमा थप गर्नेछ । स्वतन्त्र सञ्चालकको नियुक्ति सम्बन्धमा साधारण सभामा जानकारी प्रदान गर्नेछ ।

नेपाल टेलिकमको ४० प्रतिशत लाभांश घोषणा, डाक्यो साधारण सभा

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले सेयरधनीहरुलाई लाधांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत बर्षको नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा पुस २८ गते राष्टिय सभागृह, काठमांडौमा बिहान १० बजेद बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।