सेन्ट्रल फाइनान्सले ५ प्रतिशत लाभांश दिने

काठमाडौं । सेन्ट्रल फाइनान्सले गत वर्षको लाभांशबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ५ वर्ष नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको पुस ३ गते आइतबार बसेको बैठकले संस्थाको हाल कायम चुक्तापूँजी ९४ करोड ८८ लाखको पाँच प्रतिशत हुने ४ करोड ७४ लाख लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश सेयरधनीको २६ औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

२ घण्टा नबित्दै आँधिखोला र सृजनशिल लघुवित्तको सेयरमा लाग्यो सर्किट

काठमाडौं । बुधबार पनि सेयर बजार खुलेको करिब पाैने दुई घण्टामै दुई कम्पनीको सेयरमा सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सेयर बजार खुलेको पाैने दई घण्टामा दुई लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो । सर्किट लाग्नेमा आँधिखोला लघुवित्त वित्तिय संस्था र सृजनशिल लघुवित्त वित्तीय संस्थाको सेयर रहेको छ । मंगलबार पनि सेयर बजार खुलेकाे एक घण्टा नपुग्दै यि दुवै कम्पनीकाे सेयरमा सर्किट लागेकाे थियाे नेप्सेकाे अनुसार आँधिखोला लघुवित्त वित्तिय संस्थाको सेयर आज १५० रुपैयाँ र सृजनशिल लघुवित्त वित्तीय संस्थाको सेयर ९० रुपैयाँले बढेको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद बराबर

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सलले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तलले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।