प्रतिकित्ता १४५ रुपैयाँमा सानिमा बैंकले ५१ लाख कित्ता सेयर बिक्री गर्दै
काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको ५१ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने छन् । बैंकको सो संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । इच्छुक सेयरधनीले बढाबढ मूल्यमा आवेदन दिनुपर्ने छ । बैंकको सेयरमा न्यूनतम १० लाख कित्तासम्म आवेदन दिन पाइनेछ । सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिन सकिनेछ । साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
नेप्सेमा एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत
काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नमक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । वार्षिक १०.५० प्रतिशत ब्याजदर र ६ वर्ष अवधि भएको बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको नेप्सले जनाएको छ । बैंकले साउन १८ गतेदेखि भदौ १ गतेसम्म ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ निष्काशन तथा बिक्री खुला गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।
निफ्राका सेयरधनीलाई नगद लाभांश मात्रै
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कर समेत सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ ।