बोटलर्स नेपालको दुवै कम्पनीको लाभांश घोषणा, कसकाे बढी ?
काठमाडाैं । नेपालमा कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालका दुवै कम्पनीले लाभांश घोषणा गरेका छन् । बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षको कमाइएबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ६० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ भने बोटलर्स नेपाल (बालाजु) ले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
केविएल सेक्युरिटिजले सिमित कार्य गर्न पूँजी वृद्धि गर्ने
काठमाडौं । कुमारी बैंकको सहायक कम्पनी केविएल सेक्युरिटिजले आफ्नो पूँजी वृद्धि गर्ने भएको छ । कम्पनीले सिमित कार्य गर्ने धितोपत्र दलालको इजाजतप्राप्त गर्न आवेदनका लागि पूँजी वृद्धि गर्न आवश्यक देखिएको हुँदा अधिकतम पूँजी ६० करोड रुपैयाँ र जारी पूँजी २० करोड रुपैयाँ पुर्याउने भएको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव सहित विशेष साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको सभा असोज २४ गते कुमारी बैंकको रविष्टर्ड कार्यालयमा बिहान १० बजे बोलाएको हो । कम्पनीको सभाले हाल कायम ५ करोड रुपैयाँ चुक्ता पूँजीलाई ६० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ पाँचौं संशोधन बमोजिम धितोपत्र दलालको काम गर्ने कम्पनीको चुक्ता पूँजी वृद्धि गर्नुपर्ने प्रावधान भएकोले सोहि अनुसार प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न कम्पनीले विशेष साधारणसभा बोलाएको जनाएको छ ।
रुरु जलविद्युतको १०.५२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । रु रु जलविद्युत आयोजनाले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितीका असोज ७ गते बैठकले सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, कम्पनीको सोही दिन बसेको बैठकले आफ्नो १७ औं वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कार्तिक ४ गते साधारण सभा बोलाएको हो । यस्तै, कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ । त्यसैले असोज २६ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्ने र साधारण सभामा सहभागी हुन पाउनेछन् ।