दोल्ती पावर कम्पनीले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । दोल्ती पावर कम्पनीले सर्वसाधारणको लागि सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले यसको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । बिहीबार दोल्ती पावर कम्पनी र एनआईसी एशिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । ४.५ मेगावाटको दोल्ती पावर कम्पनीले स्थानीयवासी तथा सर्वसाधारणकाे लागि (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) सेयर निश्कासन गर्ने लागेको हो ।    

लुम्बिनी जनरल इन्स्योरेन्सले घोषणा गर्यो दुई वर्ष यताकै उच्च बोनस

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७६ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९.५२३८१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४७६१९ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर गत दुई वर्ष यताकै उच्च हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको क्रमशः ८.१२५ प्रतिशत र ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बोनस र नगदसहित कूल लाभांश भने क्रमशः ८.५३१ र १० प्रतिशत वितरण गरेको थियो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १९ करोड रुपैयाँ छ । ९.५२३८१ प्रतिशत बोनसपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३० करोड रुपैयाँ नाघ्ने छ । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

सात घण्टामै ६ लाख बढीले भरे इमर्जिङ्ग नेपालको आईपीओ

काठमाडौं । इमर्जिङ्ग नेपालले आईपीओ जारी गरेको पहिलो दिनमै ६ लाख बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ (सिडिएसी) का अनुसार माघ २६ गते साँझ ५ बजेसम्ममा ६ लाख ३३ हजार २१७ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका हुन् । उनीहरुले माघ २६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्ममा ७४ करोड ४७ लाख ३२ हजार रुपैयाँ बराबरको ७४ लाख ४७ हजार ३२० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन संस्थाले माग गरेकोभन्दा १४.४१ गुणा बढी आवेदन हो । संस्थाले सर्वसाधारणमा ५ लाख १६ हजार ७०८ कित्ता सेयर माग गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ । हाल जारी गरिरहेको आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ । संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । आईपीओमा आवेदन दिनेले सि-आस्वा प्रणालीबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्था अर्थात मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । उनीहरुले न्यूनतम १० कित्ताभन्दा बढी अर्थात एक हजार कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ । सम्बन्धित सामाग्री आईपीओबाट साढे ५ करोड उठाउँदै इमर्जिङ्ग नेपाल, निफ्राबाट मात्रै कम्तीमा ८% लाभांश पाउने