स्वरोजगार लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । यससँगै संस्थाको १० लाख २८ हजार १९८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । अब उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
छ्याङ्दी हाइड्रोको हकप्रद खुल्यो, कहिलेसम्मका सेयरधनीले आवेदन दिन पाउँछन् ?
काठमाडौं । छ्याङ्दी हाइड्रो पावरको हकप्रद सेयर आज अर्थात माघ ११ गतेदेखि खुला भएको छ । कम्पनीले साविकका सेयरधनीलाई १० सेयर बराबर नयाँ ३ सेयरको अनुपातमा ८ लाख ९३ हजार २५ कित्ता हकप्रद साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख रुपैयाँ बराबरको हकप्रद बिक्रीमा राखेको हो । सो प्रयोजनको लागि कम्पनीले गत पुस २१ गते बुक क्लोज गरेको थियो । यससँगै पुस २० गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । उनीहरुले माघ ११ गतेदेखि फागुन २ गतेसम्ममा आवेदन दिन सक्ने छन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । यससँगै आवेदन दिन योग्य सेयरधनीले ग्लोबल आईएमई क्यापिटलसहित ग्लोबल आईएमई बैंक लमजुङ्गका विभिन्न शाखाबाट आवेदन दिन पाउने छन् । साथै, उनीहरुले मेरो सेयर मार्फत पनि आवेदन दिन सक्ने छन् । हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ७६ लाख रुपैयाँ छ । ३० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख रुपैयाँ नाघ्ने छ ।
एकैदिन १०० अंकले घट्यो परिसूचक, कारोबारको टप थ्रीमा एनआईसीसहित दुई हाइड्रो, सबै समूह राताम्मे
काठमाडौं । सोमबारको नेप्से परिसूचक एक सय बिन्दुले ओरालो लागेको छ । बिहान कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक अन्ततः ९९.८६ बिन्दु अर्थात ३.४२ प्रतिशतले घटेर २८२०.६५ बिन्दुमा झरेको हो । बजारमा परिसूचकले कारोबार खुलेदेखिनै ओरालोको बाटो तय गरेको थियो । अधिकतम २९२६.२१ बिन्दुमा पुगेको परिसूचक न्यूनतम २८०३.७२ बिन्दुसम्ममा झरेको थियो । परिसूचक उच्च अंकले ओरालो लागेको बजारमा कारोबार रकममा भने वृद्धि भएको छ । एकैदिन ८ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ८५ करोड रुपैयाँले घटी हो । आइतबारको बजारमा ७ अर्ब ३ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको थियो । बजारमा एनआईसी एशिया बैंकसहित तीन कम्पनीको ३० करोड भन्दा माथिको सेयर कारोबार भएको छ । जसमध्ये अपि पावरको सबैभन्दा उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ३८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, उच्च कारोबारको दोश्रो स्थानमा रहेको एनआईसी एशियाको ३६ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भने ३० करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेञ्चुरी अंकले घटेको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.८२ प्रतिशतले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा ३७.४० रुपैयाँले घटेर प्रतिकित्ता ४४०.६० रुपैयाँमा झरेको छ । बजारमा जम्मा ८ वटा स्क्रिप्सको मूल्य बढेको छ । जसमध्ये वीन लघुवित्त वित्तीय संस्था र बुद्धभूमी नेपाल हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागको छ । यससँगै वीन लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १००५.५० रुपैयाँ र बुद्धभूमी नेपालको प्रतिकित्ता ३८२.९० रुपैयाँ पुगेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ५६९.७९ बिन्दुले ओरालो लागेको छ ।