नेशनल लाईफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, चुक्ता पुँजी ४ अर्ब नाघ्ने
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव माघ १२ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले गरेको हो । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ । १९ प्रतिशत बोनस पारित पछि इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ नाघ्ने छ । तीन वर्षयताकै उच्च लाभांश प्रस्तावित २० प्रतिशत लाभांश अघिल्लो तीन वर्षयताकै उच्च हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सो मात्राको लाभांश वितरण गरेको थिएन । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २६.३२ प्रतिशत (२५ प्रतिशत बोनस) लाभांश वितरण गरेको इन्स्योरेन्सले त्यसपछि क्रमशः १३.५, १४.५ र १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
हकप्रदको लागि शिखर इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आगामी माघ २१ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले ३० प्र्रतिशत हकप्रद सेयर जारी गर्न उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै बुक क्लोजको अघिल्लो दिनसम्म अर्थात माघ २० गतेसम्म कायम सेयरधनीले उक्त हकप्रदमा आवेदन दिनसक्ने छन् । २०७७ चैत ९ गते सम्पन्न इन्स्योरेन्सको पन्ध्रौं तथा सोह्रौं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई एक कित्ता सेयर बराबर नयाँ ०.३ कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । इन्स्योरेन्सले एक सय अंकित दरको ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । सम्बन्धित सामाग्रीः दुई निर्जीवन बीमा कम्पनीले ९९ कराेड रूपैयाँकाे हकप्रद जारी गर्ने
सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता सेयर निष्कासन गर्ने
काठमाडाैं । सर्वाेत्तम सिमेन्टले ६० लाख कित्ता सेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीकाे तेश्रो वार्षिक साधारणसभाले बुक विल्डिङ्गमार्फत ६० लाख कित्ता सेयर निष्कासन गर्ने पारित गरेकाे हाे । सभाले लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरेकाे छ । यस्तै सभाले आ.व.२०७७/२०७८ को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टसलाई नियुक्त गरेकाे छ । त्यसैगरी, सभाले धादिङ जिल्ला रोरांग गाँउपालिका स्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि १५ कराेड १ लाख मात्रमा खानी खरिद गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णय समेत गरेकाे छ ।