दाङमा १४ हजारभन्दा बढीले मतदाता थपिए

दाङ । दाङमा  १४ हजार बढी मतदाथा थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको कार्यक्रम अवधिमा कार्यालयमा उपस्थित र अनलाइनमार्फत उक्त सङ्ख्यामा नामावली दर्ता भएका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए ।  उनका अनुसार पुरुष दुई हजार ११७ र महिला दुई हजार ३३५ गरी पाँच हजार २८२ जनाले कार्यालयमा उपस्थित भई फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय परिचयपत्रका आधारमा नौ हजार ७१७ ले अनलाइनमार्फत नामावली दर्ता गराएको छन् । यी दुवै गरी पनि १४ हजार २९९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।      दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी घोराही उपमहानगरपालिका क्षेत्रमा मतदाता थपिएका कार्यालयले जनाएको छ ।      यसअघि गत कात्तिक महिनासम्मको विवरणमा जिल्लामा चार लाख १६ हजार ८६८ जना मतदाता रहेको थिए ।  

मन्त्रिपरिषद्को बैठकका १४ निर्णय सार्वजनिक, मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १४ निर्णय सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रति वर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । साथै पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेम कुमार सिंहले पेश गरेको राजीनामा स्वीकृत गरिएको मन्त्री खरेलले बताए ।  यसबाहेक बैठकले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रशासनतर्फ भने सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि ६८ दल दर्ता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६८ पुगेको छ । मंगलबार नेकपा एमालेले पनि दल दर्ता गराएपछि दर्ता संख्या बढेको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म दर्ता कायम भएका दलमध्ये ६८ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता गराइसकेका छन् । उनका अनुसार मंसिर १० गतेसम्म दल दर्ता प्रक्रिया खुला रहनेछ । प्रवक्ता भट्टराईले आयोग निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने तयारीमा जुटेको बताउँदै दलहरूको व्यापक सहभागिताले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सहयोग पुग्ने उल्लेख गरे ।