इराकविरुद्ध नर्वेको जित, डेब्यू खेलमै हालान्डले गरे २ गोल
काठमाडौं । विश्वकपअन्तर्गतको समूह ‘आई’ को खेलमा इराकविरूद्ध नर्वेले शानदार जित हासिल गरेको छ । इराकमाथि ४ नर्वेले ४-१ को जित हासिल गरेको हो । बोस्टोन स्टेडियममा भएको खेलमा नर्वेका लागि अर्लिङ हालाण्डले दुई गोल गरे । उनले खेलको २९ औं मिनेटमा गोल गर्दै हालाण्डले सुरुवाती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा इराकका अयाम हुसैनले नर्वेविरुद्ध गोल गर्दै खेल बराबरीमा ल्याए । ४३ औं मिनेटमा पुनः हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २१ को अवस्थामा पुर्याए । उनले विश्वकपको डेब्यू खेलमा दुई गोल गरेका हुन् । दोस्रो हाफको ७१ औं मिनेटमा नर्वेका मार्टिन आर्डेगर्डले गोल गरे । ७६औं मिनेटमा लियो स्किरी ओस्टिगार्डले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै नर्वेको अग्रता ३-१ मा पुर्याए । इन्जुरी समयको छैटौं मिनेटमा इराकका हुसेनले आत्मघाती गोल गरेपछि नर्वेको जित ४–१ मा सुनिश्चित भयो । जितसँगै नर्वेले तालिकामा ३ अंक जोडेको छ ।
फ्रान्सको शानदार जित
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत गए राति फ्रान्सले शानदार जित निकालेको छ । समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गर्दै शानदार जित निकालेको हो । पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् । तर दोस्रो हाफमा कुल चार गोल भए । खेलको ६६औं मिनेटमा फ्रान्सका लागि केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए भने खेलको ८२औं मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि इब्राहिम एम्बायेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । लगत्तै त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ मा पुर्याए । खेल अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको हो ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरे कर्णाली रङ्गशालाको अनुगमन
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली रङ्गशालाको अनुगमन गरेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको कर्णाली प्रदेश रंगशालाको अनुगमन हुन् । अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको मिति चाडै तोक्ने योजना भएको बताए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्रचन्दले मन्त्री पोखरेललाई रंगशालामाको हालको अबस्था बारे जानकारी गराएका थिए । निरीक्षणको क्रममा मन्त्री पोखरेलले कर्णालीको खेलकुदमा भौतिक संरचनाको कमि भएकाले सरकारले यसमा ध्यान दिने बताए ।