हवाई इन्धनको मूल्य घटाउन माग

काठमाडाैं । वायसेवा सञ्‍चालक संघले हवाई इन्धनको मूल्य घटाउन माग गरेकाे छ ।  आइतबार एक विज्ञप्ती जारी गर्दै संघले हवाई इन्धनको मूल्य घटाउन माग गरेकाे हाे । आयल निगमले हवाई इन्धनमा अझै पनि इण्डियन आयल निमगले प्रदान गरेको तुलनामा प्रतिलिटर ३३ रूपैयाँ नाफा लिएर ६५ रूपैयाँमा बेच्नु अस्वभाविक र अमान्य भएको भन्दै संघले साे माग गरेकाे हाे । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत वायुसेवा कम्पनीले भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, अनुमति नविकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने पूर्वाधार कर छुट दिने घोषणा गरेकोमा संघ खुसी भएकाे विज्ञप्तीमा उल्लेख छ । आर्थिक वर्ष २०७६/७७ को आय विवरणमा लाग्ने आयकरमा २० प्रतिशत छुट दिने गरी सरकारले राहतको कार्यक्रम ल्याएको छ। त्यसैगरी, ५ प्रतिशत व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने कार्यक्रम ल्याएकोमा वायु सञ्चालकहरू खुशी भएको वायु सेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले विज्ञप्ति मार्फत भनेका छन्।

पर्यटन विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ विनियोजन, एक प्रदेश एक पर्यटन केन्द्र स्थापना हुने

काठमाडौं । सरकारले पर्यटन विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ । उनले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन सेवाको विकास र पुर्नत्थानका लागि सो रकम छुट्याएको बताएका हुन् । उनले एक प्रदेश एक पर्यटन केन्द्र स्थापना गर्ने बताए ।  

पर्यटन यातायात र निर्माण तर्फको उद्योग संकुचित हुने

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन यातायात निर्माण तर्फको उद्योग संकुचित हुने बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । काेराेना भाइरसकेा कारण धेरै क्षेत्रलाई असर परेकाे बताउँदै उनले यसले पर्यटन यातायात निर्माण तर्फको उद्योग संकुचित हुने अनुमान सरकारले गरेकाे बताए । अब सरकारले साे क्षेत्रकाे अार्थिक पुनर्जीवनका लागि सरकराले तीव्रताका साथ काम गर्ने उनले बताए ।