जेठ मसान्तसम्म हवाई उडान बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलकाे बुधबार बसेको बैठकले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

ठूलाे संकटमा हवाई कम्पनीः ८ हजार प्लेन ग्राउण्डेड, ९० हजार बढी पाइलट बेरोजगार हुन सक्ने

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले विश्व सन्त्रासमा छ । यो भाइरसले मानवीय क्षति मात्र होइन आर्थिक क्षति पनि ठूलाे गरेकाे छ। कोरोना भाइरसको कारण विश्वको पर्यटन क्षेत्र तहन-नहस भएको छ । विशेष गरेर आर्थिक रुपले सवल र विश्वको अर्थतन्त्रलाई महत्वपूर्ण सहयोग गर्ने हवाई क्षेत्र यतिखेर सबैभन्दा बढी प्रभावित भएको छ । कोराना महामारीको कारण धेरै देशहरुले लकडाउनको घोषणा गरेका छन् । जसको कारण सबै मानिसहरु घरभित्रै छन् । यसले पनि अहिले विश्वको उडड्यन क्षेत्र निकै आर्थिक संकटमा परेको छ । विश्वका ठूला–ठूला हवाई कम्पनीहरु बन्द हुने अवस्थामा छन् भने कतिपय त बन्द नै भइसकेका छन् । यसको प्रभाव आम नागरिकमा परेको छ । हवाई क्षेत्रलाई आफ्नो भविश्यका रुपमा लिएका लाखाैं मानिसको यतिखेर जागिर गुमेको छ । ती हवाई कम्पनीहरुले धेरै हवाइजहाज ग्राउण्डेड गरेर आर्थिक संकट तथा मन्दीकोे सामना गरिरहेका छन् । यतिखेर विश्व उड्डयन क्षेत्र संकटमा छ । विश्वका ठूला-ठूला जस्तै, आईएजी, युनाइटेड अमेरिकन एयरलाइन्स, एमिरेट्स लुफ्तान्सा, थाई मौरिसस् जस्ता हवाई कम्पनीलाई यो कोरोना भाइरसको कारण उत्पन्न लकडाउनले निकै असर पुर्याएको छ । यसको प्रत्यक्ष असर ती क्षेत्रमा रोजगारी पाएका सर्वसाधारण नागरिकमा पनि परेको छ । अर्थतन्त्रको ड्राइभको रुपमा परिचित हवाई क्षेत्रमा परेको आर्थिक मन्दीले ती देशहरुके आर्थिक वृद्धिदर पनि निकै खस्केको छ । विश्व अर्थतन्त्र अर्थात विश्व जीएनपीको १०.३ प्रतिशत या्ेगदान दिने यो क्षेत्र संकटमा पर्दा विश्वको अर्थतन्त्र नै अहिले तहस-नहस भएको छ । विभिन्न अन्तर्राष्ट्रिय पर्यटन विज्ञहरुका अनुसार अझै पनि हवाई क्षेत्रले धेरै आर्थिक क्षति व्यहोर्नु पर्ने हुन सक्छ । कोरोना भाइरस कतिसम्म रहन्छ त्यतिसम्म नै यो क्षेत्रले आर्थिक क्षति व्यहोर्नु पर्ने उनीहरुको धारणा छ । अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) को हालसालैको एक प्रक्षेपणका अनुसार हवाई क्षेत्रले २०१९ को तुलनामा युरोपियन एयरलाइन्सले मात्रै २०२० मा ५५ प्रतिशतलको घाटा व्यहोर्नु पर्ने हुन सक्छ । यसले सम्भावित ८९ अर्ब डलर राजस्व घाटा हुनेछ । एसोसिएसनले मार्चमा गरेको ७६ अर्ब डलरको प्रक्षेपणलाई संशोधिन गर्दै सो अनुमान गरेको हो । गत हप्ता हवाई क्षेत्रमा क्षेत्रिय मागमा ९० प्रतिशत गिरावट आएकोउल्लेख गरिएको छ । अहिले पनि सञ्चालनमा रहेका जहाजहरुले सामान्य उडानमा औसत भाडामा चारदेखि पाँच गुणा बढी तिर्ने गरेको उल्लेख गरिएको छ । केही महिना अगाडि गरेको एक अध्ययनले विश्वभर ९० हजारभन्दा बढी पाइलटहरु बेरोजगार हुन सक्ने बताइउको थियो । तर, कोरोना भाइरसको कारण यो भन्दा धेरै संख्यामा पाइलटहरु बेरोजगार हुन सक्ने विज्ञहरुले बताएका छन् । काेराेनाकै कारण लाखाैं मािनसले जागिर गुमाएका छन् । अहिले ८ हजारभन्दा बढी जहाज ग्राउण्डेड भएको पनि उल्लेख गरिएको छ । यी विभिन्न हवाई कम्पनीहरु कतिपय टाँट पल्टेका छन् भने कतिपयले टाँट पल्टिन लागेको भन्दै आफ्ना सरकारलाई गुहारेका छन् । धेरै विमान कम्पनीले आफ्नो पुर्नजीवन गरिदिन सरकारसमक्ष आग्रह गरेका छन् । सरकारको स्वामित्व रहेको एयरलाइन्सलाई उद्दार गर्नका लागि त्यहाँको सरकारले उद्दार प्याकेज पनि घोषणा गरेका छन् । कोरोना भाइरसको कारण कारण कोलम्बियाको एभिन्का होल्डिङ र भर्जिन अष्ट्रेलियन होल्डिङ, थाइ कम्पनी लगायतका हर्वाइ कम्पनी टाँट पल्टने अवस्थामा पुगेका छन् । तर थाइको हकमा भने कोरोनाको असर शुरु हुनुभन्दा अघिदेखि नै समस्या देखिएको थियो । थाइ एयरलाइन्सले सन् २०१२ पछि २०१६ मा बाहेक प्रत्येक वर्ष घाटा बेहोर्दै आएको छ । एयरलाइन्सले सन् २०१९ मा मात्रै ३८८.३ मिलियन अमेरिकी डलर अर्थात साढे ४५ अर्ब रुपैयाँ घाटा बेहोरेको थियो । धेरै कम्पनीहरुले अदालतमा पुर्नसंरचनाका लागि पेटिसन दर्ता पनि गरेका छन् । कुन कम्पनीले के गरे ? – भर्जिन एयरले ६ सय पाइलट सहित ३ हजारभन्दा बढीलाई घर फिर्ता गरेको छ । – रियान एयरले १ सय १३ जहाजका ९ सय पनइलटलाई बिदाई गरेको छ भने पुनः आउने महिना ४ सय ५० पाइलटलाई बिदाई गर्ने बताइसकेको छ । – नर्वेजियन एयरले आफ्ना टाढाका सबै उडानहरु रोकिसकेको छ । – एसएएसले १४ वटा विमानहरू फर्काइसकेको छ । ५ सय २० पाइलटहरूलाई घर पठाइसकेको छ । अब एसएएस र एक अर्को विमान कम्पनी गाभिएर नयाँ हवाई कम्पनी बनाउने कुरा पनि चलिरहेको छ । – इथाडले आएका विभिन्न अर्डरहरु रद्द गरेको छ । – विजायरले १२ सयभन्दा बढी कर्मचारीलाई बिदाई गरिसकेको छ । बाँकी रहेका कर्मचारीको पनि तलब कटौती हुने अग्रीम जानकारी दिइसेकेको छ । – इबेरियोको आइएजीले ५६ जहाज ग्राउण्डेड गरेको छ । – बेलायतको आइएजीले पनि ३४ जहाज ग्राउण्डेड गरेको छ । – युरोविग पनि आर्थिक संकटमा प्रवेश गरिसेको छ । – लुफ्टहान्साले ७२ जहाज ग्राउण्डेड गरिसकेको छ । – मौरिसस अदालतमा गइसकेको छ । आर्थिक संकट भइसकेपछि सो कम्पनी अदालत गएको हो । – फिनल्याण्डको राष्ट्रिय एयरलाइन्स फिन्नियरले साढे दुई हजारभन्दा बढी कर्मचारीलाई बिदाई गरिसकेको छ । – यस्तै, वाईओयु एयरले २२ वटा जहाज ग्राउण्डेड गरेको छ भने ४ हजार १ सय कर्मचारीर्लाइ घर पठाइसकेको छ । (अन्तराष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यो वर्षदेखि सन्चालनमा आउने

काठमाडाैं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यो वर्षदेखि सन्चालनमा ल्याउने भएको छ । संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो जानकारी दिएकी हुन् । उनले काभ्रेमा पनि विमानस्थल बनाउने कार्य सुरु गर्ने बताएकी  छिन् ।