हिमालयन रिइन्स्योरेन्सको कामु सीईओमा मुकेश कुमार कपूर नियुक्त

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मुकेश कुमार कपूर नियुक्त भएका छन् । कम्पनीको असार २ गते बसेको सञ्चालक समिति बैठकले नायब प्रमुख कार्यकारी अधिकृत रहेका कपूरलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै कम्पनीको कार्यकारी नेतृत्व अब अस्थायी रूपमा कपूरले सम्हाल्ने भएका छन् । कम्पनीले आन्तरिक व्यवस्थापन सुदृढ गर्दै निरन्तरता दिन उक्त निर्णय गरिएको जनाएको छ ।   

नेपाल पुनर्बीमाको निमित्त सीईओमा दामोदर भण्डारी नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दामोदर भण्डारी लाई दिएको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समिति बैठकले भण्डारीलाई बुधबारदेखि लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। यसअघि भण्डारी कम्पनीमा सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । उनको नियुक्तिसँगै कम्पनीको कार्यकारी नेतृत्व अब अस्थायी रूपमा भण्डारीले सम्हाल्ने भएका छन् ।  

नेपाल लाइफको सीईओमा प्रविण रमण पराजुली पुनर्नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविण रमण पराजुली पुनर्नियुक्त भएका छन् । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल सीईओ पदमा कार्यरत पराजुलीलाई थप ४ वर्षका लागि करारमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो ।