सुर्योदय लघुवित्तको हकप्रद सेयर फागुन २४ गतेदेखि निष्कासन हुने
काठमाडौं । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन २ करोड ८० लाख रुपैयाँ बराबरका २ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । संस्थाले साविकका सेयरधनीलाई १० कित्ता बराबर ७ किता अर्थात ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन बन्द चैत २८ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । माघ २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबार भई कायम भएका साविकका सेयरधनीले हकप्रद सेयर खरिद गर्न पाउने भएका छन् । स्याङजाको पुतलीबजारमा रहेको संस्थाको हकप्रद निष्कासनपछि चुक्तापुँजी बढेर ६ करोड ८० लाख रुपैयाँ पुग्ने छ । हाल संस्थाको चुक्तापुँजी ४ करोड रुपैयाँ रहेको छ ।
प्रदेशहरुको समानुपातिक विकास हुनु पर्नेमा जाेड
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक संघीय संरचनामा प्रवेश गरेको भन्दै सबै प्रदेशको समानुपातिक आर्थिक विकास आवश्यक रहेको बताए । त्यसको लागि स्वदेशी तथा विदेशी लगानी भित्राउन प्रदेश–प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ छ । ‘उद्योग, व्यापार, कृषि एवम् पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार दाङको घोराहीमा आयोजित चौथो दाङ व्यापारिक तथा पर्यटन महोत्सवमा उनले त्यस्तो धारणा राखेका थिए । उनले छिमेकी देश भारतको प्रदेश सरकारले लगानी भित्राउन विभिन्न विदेशी लगानी र निजी क्षेत्रलाई सुविधा दिने गरेको स्मरण गर्दै नेपालमा पनि समुचित लगानी भित्राउन प्रदेश–प्रदेशबीच प्रतिस्पर्धा हुनु पर्ने उनको बुझाइ छ । कार्यक्रममा विभिन्न वत्ताहरुले दाङमा कृषि, पर्यटन र खानी उद्योगको क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै सोको विकासको लागि निजी क्षेत्र र लगानी गर्न इच्छुक सबै मिलेर काम गर्न पर्ने जोड दिइएको थियो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा लगायतको उपस्थिति रहेको थियो ।
चार्टर्ड एकाउन्टेन्सी परीक्षामा ८३ प्रतिशत फेल
काठमाडौं । चाटर्ड एकाउन्टेन्सी परीक्षामा ८३ प्रतिशत परीक्षार्थी फेल भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार १७ प्रतिशत परीक्षार्थी मात्र उतिर्ण भएका छन् । गत डिसेम्बरमा संचालन गरेको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजाअनुसार क्याप–२ तहमा १ हजार ४२८ जना परीक्षा दिएकोमा दुबै समुह गरी २४३ जना मात्र उतिर्ण भएका छन् । संस्थाले जनाएअनुसार क्याप १ तहमा सहभागी ७२९ जना परीक्षार्थी मध्ये ४८८ जना र क्याप ३ तहमा ५४३ जना परीक्षार्थी मध्ये एक तथा दुबै समुह गरी ७७ जना उत्तीर्ण भएका छन् । परीक्षाको नतिजाअनुसार २७ जना परीक्षार्थी चार्टर्ड एकाउन्टेन्ट सदस्यको लागि योग्यभएका छन् । यसैगरी चार्टर्ड एकाउन्टेन्ट्स सदस्यता परीक्षामा ३५ जना परीक्षार्थी उत्तीर्ण भएको संस्थाको पे्रस विज्ञप्तिमा उल्लेख गरिएको छ । चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले चार्टर्ड एकाउन्टेन्सी परीक्षा र परीक्षाको नतिजा निर्धारित समयमा नै गर्ने गरेको छ ।
एनसीसी बैंकको संस्थापक सेयर बिक्री भएन, फागुन ३० गतेसम्म म्याद थपियो
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको ७० लाख कित्ता संस्थापक (प्रमोटर) सेयर खरिदका लागि एउटा पनि आवेदन परेन् । आवेदन नपरेपछि बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले फागुन ३० गतेसम्म संस्थापक सेयर खरिदका लागि म्याद थप गरेको छ । सीबीआईएलले बिहीबारसम्मका लागि शिलबन्दी बोलपत्र आब्हान गरेको थियो । सेयर खरिद गर्न लागेका लगानीकर्ताले अझै केही दिन समय मागेकाले म्याद थप गरिएको सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहालले बताए । ठुलो समूहले बैंकको संस्थापक सेयर खरिद गर्न लागेको जानकारी दिए । यसअघि सीबीआईएलले संस्थापक सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन फागुन ३ लाई तोकेको थियो । निर्धारित समयमा कसैको पनि खरिदका लागि आवेदन नपरेपछि म्याद थप गरिएको दाहालको भनाई छ । “एनसीसीको संस्थापक सेयर खरिदमा ठुलो डिल हुदैछ ढुक्क हुनुस” उनले विकास न्युजसंग भने । एनबी समूहले आफनो स्वामित्वमा रहेको ७० लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम २१० रुपैयाँ राखेर बिक्री गरेर बाहिरिन लागेपछि लिलामीमा राखिएको हा । प्रतिकित्ता २१० रुपैयाँअनुसार ७० लाख कित्ता सेयरको मूल्य १ अर्ब ४७ करोड रुपैयाँ हुन आउछ । एनबी समूहले हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिटेड र अन्य ऋण तिर्नका लागि संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेको हो । उसले नेपाल बंगलादेश बैंकमा रहेका संस्थापक सेयर बिक्री गरेको छ । यस्तै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले एनसीसीमा रहको प्रमोटर सेयर बिक्री नभएपछि म्याद थप गरेको छ । सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन माघ २८ गतेसम्म आवेदन नपरेपछि नेपाल इन्स्योरेन्सले फागुन ८ गतेसम्मलाई म्याद थप गरेको हो । नेपाल इन्स्योरेन्सले एनसीसीमा रहेको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्युनतम मूल्य राखेर लिलामी गर्न लागेको हो । शिलबन्दी बोलपत्र फागनु ९ गते अपराहन्न ४ बजे खोलिने बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
नेशनल माइक्रोफाइनान्सको सीईओमा रामबहादूर यादव पूनः नियुक्त
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमूख कार्यकारी अधिकृत(सीईओ)मा रामबहादूर यादव पूनः नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले यादवलाई पूनः अर्को कार्यकाल चार बर्षको लागी सीईओमा नियुक्त गरेको हो । लघुवित्त संस्थाहरु मध्ये सानो समयमा अबल संस्थाको रुपमा पहिचान बनाउन सफल यस संस्थाले ३ बर्ष भित्रमा सर्वसाधारणमा शेयर जारी गरी ३५ प्रतिशत लाभांस वितरण गर्न सफल भएको छ । हाल संस्थाको कर्जा करिव २ अर्ब र बचत ५५ करोड रुपैयाँ रहेको छ । संस्था यस आ.व.को माघ मसान्तसम्ममा ७ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । यस संस्थाले हालसम्म ४० वटा शाखा कार्यालयहरु मार्फत ३२ जिल्लाको ५५ हजार भन्दा बढी विपन्न परिवारलाई सेवा पूर्याउदै आएको छ ।
‘दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना’ निर्माण हुँदै, ६ बैंकले अधिकतम ७०% लगानी गर्ने
काठमाडौं । धौलागिरी कालिका हाईड्रो लिमिटेडले म्याग्दी जिल्लाको दर्वाङ्ग स्थित म्याग्दी खोलाको पानीबाट २५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” निर्माण गर्ने भएको छ । परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तीनाथ बैंकले अधिकतम ७० प्रतिशत लगानी गर्नेछन् । उक्त परियोजना सम्पन्न हुन तीन वर्ष लाग्ने र परियोजनाले वार्षिक १५ करोड युनिट बिजुली उत्पादन गर्नेछ ।
चुनौती र अवसरको मझधारमा ओली सरकार, यस्तो हुनेछ दोश्रो इनिङ
काठमाडौं । मुलुकको ४१ औं प्रधानमन्त्रीका रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबारदेखि कार्यभार सम्हालेका छन् । भारतीय नाकाबन्दी सामु नझुकेर राष्ट्रियता र स्वाभिमानका पक्षमा उभिएर लोकप्रियताको शिखरमा पुगेका ओली सामु आगामी दिनमा अवसर र चुनौती दुबैको ठुलो चाङ छ । राष्ट्रियताको चर्को नारा, पानी जाहाजदेखि चीनबाट रेल ल्याउने महत्वकाँक्षी योजना ल्याएर एकाएक चर्चाको शिखरमा पुगेको प्रधानमन्त्री ओलीले कसरी पुरा गर्छन हेर्न बाँकी छ । सिमित श्रोत-अधिकत आवश्यकता खर्चिलो व्यवस्था, सुस्त कर्मचारी प्रशासन र पुरातन कार्यशैली, सानो आकारको बजेट लगायतका अनेकौं चुनौती ओलीका सामुन्ने छ । ओली आफैं विकास र समृद्धिको नारा बाढेर लोकप्रियताको शिखरमा पुगेका राजनीतिज्ञ हुन् । उनले समुन्द्र पानी जहाजदेखि चिनियाँ रेलसम्मको सपना बाढेका छन् । त्यसका अलवा वृद्ध भत्तालाई ५ हजार रुपैयाँ पुर्याउने घोषणा पनि गरेका छन् । उनले आफ्ना पुर्वप्रतिवद्धताको कार्यान्वयन कुन ढंगले अघि बढाउँछन्, त्यो महत्वपुर्ण कुरा हुनेछ । सरकार र न्यायलय टक्कर नेपालमा पछिल्लो समय सरकार र सरकारबीच टक्कर चलिरहेको छ । तत्कालिन प्रधानन्यायधिश सुशिला कार्कीमाथीको महाअभियोग प्रकरण, आईजीपी नियुक्त प्रकरण जस्ता घट्नाहरुले न्यायलय र सरकारको सम्बन्ध बिग्रिएको देखिन्छ । गोपाल पराजुली नेतृत्वको न्यायलयसँगको सुमधुर सम्बन्ध स्थापित गर्नु पनि ओलीका लागि कम चुनौतीपुर्ण भने पक्कै पनि छैन् । अन्तरपार्टी शक्ति सन्तुलन र वृहत्तर मोर्चा निर्माण ओलीलाई सीमित गुटको घेरामा बसेर पार्टी सञ्चालन गरेको आरोप लाग्दै आएको छ । प्रदेश सरकार गठन र प्रदेशमा मन्त्रीहरुको नियुक्तले पनि ओलीको गुटिय चरित्रलाई उदांगो पारेको छ । उनलाई वर्तमान एमालेमा शक्ति सन्तुलनका साथै माओवादी केन्द्रसँगको पार्टी एकतापछि पनि शक्ति सन्तुलन र एकता कायम गराउनु अत्यावश्यक छ । आफ्नो सीमित गुटको घेराबाट बाहिर निस्केर वृहत्तर देशको हितमा काम गर्नु पनि ओलीका लागि अर्काे चुनौती हो । सन्तुलित छिमेक सम्बन्ध ओलीलाई परराष्ट्र सम्बन्ध बिगारेको आरोप लगाउनेहरु थुप्रै छन् । उनले बिशेष गरी भारतलाई चिढ्याएर चीनसँग नजिकिएको आरोप खेपिरहेका छन् । दुई ठुला छिमेकीलाई समदुरीमा राखेर सन्तुलित विदेश नीति मार्फत देशको स्वाभिमान जोगाउनु उनको अर्काे चुनौती हो । ओलीलाई अवसरै अवसर ओलीका अगाडी चुनौती मात्रै छैनन् । ओली अवसरै अवसरको चाङमा पनि छन् । २०७५ सालको नयाँ बर्षमा मेलम्चीको पानी राजधानीबासीका धारामा आइपुग्नेछ । त्यस्तै, आउदो मंसिर भित्र ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाबाट विद्युत उत्पादन भएर राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ । यी दुबै आयोजनाको उद्घाटन गर्ने अवसर ओलीले पाउनेछन् । वाकपटुतामा अब्बल ओलीले यी दुबै आयोजना आफैंले सम्पन्न गरेको ‘जस’ लिने अवसर ओलीले नै पाउनेछन् । अबको १८ महिना भित्र गल्छी–त्रिशुली–रसुवागढी सडक दुईलेनमा कालोपत्रै भैसक्नेछ भने बेनी–जोमसोम–कोरला सडक पनि स्तरोन्नति भैसक्नेछ । ओली आफैंले चिनियाँ नाका जोड्ने यी सडकहरुको स्तरोन्नतिका लागि यथेष्ठ बजेट विनियोजन गरेका थिए । यी दुबै सडक उद्घाटन ओलीकै पालामा हुनेछ । तातोपानी नाका प्रवेशको मार्ग पनि नयाँ ढंगले पुनस्थापित हुनेछ । त्यसबाहेक किमाथांका र हिल्सा नाकाबाट पनि चिनियाँ बजार प्रवेश सहज बनिसक्नेछ । यहि अवधीमा काठमाडौं–निजगढ फास्ट ट्रयाकको निर्माण कार्य सम्पन्न हुनेछ भने भैरहवा विमानस्थलको निर्माण सम्पन्न भैसक्नेछ । पोखरा विमानस्थल निकै अघि बढिसक्नेछ भने निजगढ विमानस्थलको कामले पनि धेरै गति लिईसकेको हुनेछ । १२०० मेगावाट क्षमताको जलासययुक्त बुढिगण्डकी आयोजनाको निर्माणले पनि एउटा गति प्राप्त गरिसक्नेछ । हुलाकी राजमार्गको अधिकांश काम सम्पन्न भैसक्नेछ भने मध्यपहाडी लोकमार्गको निर्माणले पनि धेरै गति पाइसक्नेछ । करिब १० अर्ब खर्चेर देशभर अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न भैसकेको हुनेछ । यसले जनतामा सूचना प्रबिधीको पहुँच व्यापक रुपले विस्तार मात्रै गर्ने छैन् । सबै जसो सामुदायीक विद्यालयमा द्रुतगतिको इन्टरनेट सुबिधा प्रदान गर्नेछ । त्यस बाहेक जनकपुर–बिजलपुरा खण्डमा रेल गुडिसक्नेछ भने बर्दिबास–लालबन्दी हुँदै सिमरासम्मको रेल मार्ग तयार भैसकेर सो भन्दा पुर्व र पश्चिमको रेलमार्ग निर्माणले पनि धेरै गति लिईसकेको हुनेछ । केरुङ–काठमाडौं विद्युतिय रेलमार्गको अध्ययन सम्पन्न गरेर निर्माण प्रक्रिया अघि बढिसकेको हुनेछ भने काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्गको काम पनि द्रुत गतिमा अघि बढिरहेको हुनेछ । काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणको काम पनि धेरै मात्रामा अघि बढिसक्नेछ । ओली सरकारको सानो पहल कदमीले मात्रै धेरै विकासका कामले स्वभाविक रुपले गति पाउनेछन् । सरकारले दृढ इच्छा शक्ति देखाउने हो भने अन्य धेरै कामले गति लिनेछन् । जसका कारण नागरिकले देश विकासको बाटोमा अघि बढेको महसुश गर्नेछन् ।
लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई जनसङ्ख्या तथा वातावरण र थममाया थापालाई महिला, बालबालिका र समाज कल्याणमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा नेकपा एमालेबाट प्रतिनिधिसभामा क्रमशः प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित उानीरुलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । मन्त्री पण्डित यसअघि सामान्य प्रशासनमन्त्री र थापा एमाले संसदीय दलका सचेतक थिए । पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायत सहभागीता रहेको थियो ।-रासस