विकासन्युज

आइएमई जनरल इन्स्योरेन्सको २७औं शाखा घोराहीमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २७ औं शाखा दाङको घोरहीमा खोलेको छ । उक्त शाखाकाे उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, केन्द्रिय सदस्यहरु भरतराज आचर्य र ध्रुव राज श्रेष्ठले गरेका हुन् । कार्यक्रममा ढकालले कम्पनीलाई शुभकामना दिदैं जनतालाई सर्वसुलभ बीमा सेवा प्रदान गर्न आग्रह गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गर्दै जाने बताए । हाल कम्पनीले २७ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४१ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।  

जिओनी ‘ए वान लाइट’ मोबाइलको मूल्य घट्यो, अब २० हजारमै पाइने

काठमाडौं । जिओनी फोनको आधिकारिक बजार व्यवस्थापक तथा वितरक कम्पनी टेलिटक नेपाल प्रालिले जिओनी ‘ए वान लाइट’ फोनको मूल्य कम गरेको छ । कम्पनीले उक्त फोनको मूल्य घटाएर नेपाली बजारमा २० हजार ५७० रुपैयाँमा नै उपलब्ध गराएको छ । ५.३० इन्च टचस्क्रिन रहेको यस मोबाइलमा १.३ गिगाहर्ज ओक्टा-कोर मिडियाटेक एम.टि. ६७५३भी प्रोसेसर रहेको छ र ३ जि.बि. र्याम रहेको छ । ३२ जीबीबाट २५६ जीबीसम्म इन्टरनल स्टोरेज बढाउन सकिन्छ । सेल्फी र ब्याट्रीमा सर्वोत्कृष्ट रहने प्रयासमा सदैव अग्रसर जिओनीको यो ए वान लाइट फोनमा पनि १३ मेगा पिक्सलको प्रमुख क्यामरा र २० मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ भने ४००० एम ए एच ब्याट्री रहेको छ । जिओनी ए वान लाइटको माग बजारमा व्यापक रहेको र युवा जनसमुदायबीच यसको ख्याति बढेका कारण उक्त फोनको मूल्य घटाएको कम्पनीले जनाएको छ । यही फागुन २ गतेदेखि लागू हुने गरी यस मोबाइलको मूल्य कम गरेको हो ।

नवनियुक्त प्रधानमन्त्री ओलीबाट शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताका शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन । समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सहभागिता थियो ।

वैकल्पिक ऊर्जा विकास कार्यविधि सञ्चालनमा, लगानी गर्नेलाई सहज

कठमाडौं । सरकारले ‘ग्रीड कनेक्टेड वैकल्पिक विद्युत् ऊर्जा विकाससम्बन्धी कार्यविधि, २०७४’ लाई सञ्चालनमा ल्याएको छ । ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा उत्पादन आयोजना तथा त्यससम्बन्धी प्रसारण लाइनलाई राष्ट्रिय प्रणालीमा जोड्नका लागि सरल, सहज र पारदर्शी बनाउनका लागि उक्त कार्यविधि कार्यान्वयनमा ल्याएको हो । ऊर्जा मन्त्रालयका अनुसार उक्त कार्यविधि गत माघको अन्तिम साता स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको हो । वैकल्पिक ऊर्जामा विशेष गरी सौर्य प्रणालीलाई विशेष जोड दिइएको छ । त्यसमा घरायसी सौर्य विद्युत् ऊर्जा र संस्थागत सौर्य ऊर्जा रहेका छन् । घरायसीमा ५०० किलोवाटदेखि १० किलोवाटसम्म रहेका छन् । यस्तै संस्थागततर्फ १० किलोवाटदेखि माथिका आयोजना रहेका छन् । व्यापारिकतर्फ ५०० किलोवाट माथिका परियोजनालाई कार्यविधिले समेटेको छ । घरायसी वा एक मेगावाटसम्म जडित क्षमताका संस्थागत वा व्यापारिक सौर्य ऊर्जालाई राष्ट्रिय ग्रीडमा जडान गर्न चाहने व्यक्ति वा संस्थाले नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिनुपर्ने र त्यस्तो निवेदन दिँदा अधिकार प्राप्त निकायको अनुमति प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । ऊर्जा मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश घिमिरेका अनुसार नेट मिटरिङ गर्ने सौर्य ऊर्जाको हकमा भने अनुमति जरुरी नपर्ने र प्राधिकरणमा सामान्य निवेदन दिए हुने भन्ने व्यवस्था गरिएको छ । मन्त्रालयले कार्यान्वयनमा ल्याएको कार्यविधिमा एक मेगावाटभन्दा ठूला क्षमताका सौर्य ऊर्जा प्रणाली जडानको सर्वेक्षणका लागि एक वर्षको समयावधि दिइने र उक्त अवधिमा अध्ययन सम्पन्न नभए कार्य प्रगतिका आधारमा बढीमा एक वर्ष थप गरिने उल्लेख छ । वायु ऊर्जा उत्पादनका सम्बन्धमा पनि मन्त्रालयले कार्यविधिमा समेटेको छ । पहिलो पटक वायु ऊर्जालाई सरकारको छाताभित्र ल्याएर विकास गर्न खोजिएको हो । यसअघि वायु ऊर्जाका सम्बन्धमा कुनै पनि कार्यविधि थिएनन् ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नै वायु ऊर्जाको क्षेत्रमा काम गर्दै आएको थियो । वायु ऊर्जाको पनि जलविद्युत् आयोजनाको जस्तै उत्पादन अनुमतिपत्र २५ वर्षको हुनेछ । वायु ऊर्जा जस्तै बायोग्याससम्बन्धी ऊर्जालाई पनि समेटिएको छ । विद्युत्भार कटौतीको कार्ययोजनामा समावेश गरिएको प्रावधानअनुसार वैकल्पिक विद्युत् ऊर्जाको खरिददर नेपाली मुद्रामा गरिने र विद्युत् खरिद ‘लिऊ वा तिर’को सिद्धान्तमा आधारित हुनेछ । वैकल्पिक ऊर्जाको खरिददर प्रतियुनिट ७ रुपैयाँ ३० पैसा हुनेछ । सो खरिददर अधिकतम तीन वर्षका लागि कायम हुनेछ । विद्युत् खरिद दर नदी प्रवाहीको औषतदरमा वार्षिक तीन प्रतिशतले आठ पटक सामान्य वृद्धि समावेश गरिएको छ । व्यावसायिकरुपमा सौर्य ऊर्जा प्रणाली जडानको सर्वेक्षणका लागि भन्दै हालसम्म विद्युत् विकास विभागमा कूल ३७ परियोजनाले अनुमति पाएका छन् । ती आयोजनाबाट १८५ मेगावाट सौर्य ऊर्जा उत्पादन हुनेछ । यस्तै वायु ऊर्जाका लागि पनि विभागले तीनवटा परियोजनाका लागि सर्वेक्षणको अनुमति दिएको छ । मुस्ताङमा आयोजनास्थल रहेको ती आयोजनाको क्षमता पाँच मेगावाट रहेको छ । विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार पछिल्ला दिनमा वायु, सौर्य र थर्मल ऊर्जाको विकासका लागि लगानीका लागि चासो राख्ने संस्था वा व्यक्तिले अनुमति दिने क्रम बढेको छ । सौर्य ऊर्जाको क्षेत्रमा लगानी गरिसकेका व्यवसायीले भने प्राधिकरणले विद्युत् खरिद सम्झौता ९पिपिए० नगरिदिएका कारण आफूहरु निर्माणमा जान नसकेको बताएका छन् । अपि पावर कम्पनीका प्रमुख सञ्जीव न्यौपानेले प्राधिकरणको प्रस्तावअनुसार नै आफ्नो कम्पनीले सौर्य प्रणाली जडानको प्रक्रिया शुरु गरे पनि पिपिए नभएका कारण समस्या आइपरेको बताउनुभयो । सो कम्पनीले कूल ३६ मेगावाट क्षमताको सौर्य प्रणाली जडानका लागि विभागबाट सर्वेक्षणको अनुमति पाएको छ ।-रासस

बुटबलमा ३०० सिसिकोे मोजो बाइकको बिक्री शुरु

बुटबल । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्निमोटो इन्कले बुटबलमा मोजो बाइकको बिक्री शुरु गरेको छ । कम्पनीले आफ्नो आधिकारीक विक्रेता श्री पाल्पा भैरब अटोसेन्टरमाफर्त ३०० सिसिको मोजो बाइकको बिक्री शुरु गरेको हो । महिन्द्राको मोजोले अब बुटबलमा पनि आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ । साहसिक, मजेदार प्रीडेटर स्टाइलिङ्ग सहितका मस्कुलाइन डिएनए भएको महिन्द्रा मोजोमा लिक्यिडकुल ३०० सिसि इन्जिन रहेको छ । इएफआई सिलिन्डर इन्जिनजसले २७ बीएचपीको उच्चतम क्षमता तथा ३० एनएमको टर्ग क्षमता प्रस्तुतगर्दछ । मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास-चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथ निर्माण गरिएको यो बाइले बाइक पारखीहरुलाई उच्चतम अनुभव प्रदान गर्ने छ ।

नेप्सेमा ६२ लाख ८८ हजार कित्ता सेयर थपियो, कुन कुन कम्पनीले थपे ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बिहीबार मात्रै ६२ लाख ८८ हजार ५९७ कित्ता सेयर थपिएको छ । बजारमा विभिन्न तीन कम्पनीको हकप्रद र बोनस गरी सो मात्राको सेयर थपिएका छन् । नेप्सेमा जेबिल्स फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको हकप्रद सेयर सूचिकृत भएका छन् भने ओरियन्टल होटल लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । सबैभन्दा बढी जेबिल्स फाइनान्सको २८ लाख ८९ हजार ५६२ कित्ता र गुहेश्वरी मर्चेन्टको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, ओरियन्टल होटलको १४ लाख २५ हजार १०६ कित्ता बोनस सेयर थपिएको छ । बिहीबार सूचिकृत सेयर मध्ये सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ । सो दिन दुई कम्पनीको गरी ४८ लाख ६३ हजार हकप्रद सेयर नेप्सेमा थपिएको छ ।

संस्थागत लगानीकर्ताले पनि किनेनन् बीपीसीको एफपीओ, १ अर्ब ३५ करोडलाई मात्र आवेदन

काठमाडौं । संस्थागत लगानीकर्तालाई खुला गर्दा पनि बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) बिक्री भएको छैन । सर्वसाधारण लगानीकर्ताबाट पर्याप्त आवेदन नपरेपछि बीपीसीले गत शुक्रबारदेखि संगठित संस्थालाई  एफपीओ बिक्री खुला गरेको थियो । बुधबारसम्म १ अर्ब ३५ करोड रुपैयाँ बराबरको २६ लाख ९४ हजार ६१० कित्ता एफपीओ मात्र बिक्री भएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । गत माघ १५ गतेदेखि बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो । आवेदन धेरै परेपनि लगानीकर्ताले कम रकम माग गर्दा एफपीओ बिक्री कम देखिएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीजेस घिमिरेले बताउँछन् । “अहिलेसम्म एफपीओ खरिदका लागि ८३ हजार २२० वटा आवेदन परेको छ” उनले भने “यति धेरै आवेदन पर्दा पनि बिक्री नहुनु भनेको सबैमा १० कित्ताको मनोवैज्ञानिक असर भएको हो । सबैले अन्तिम दिन कुरेको पाएका छौ । फागुन १५ गतेसम्म एफपीओ बिक्री हुने छ ।” बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । एफपीओ निष्कासन बन्द ढिलोमा फागुन १५ गतेसम्म तोकिएको छ । एफपीओ खुल्ने बित्तिकै सामाजिक सञ्जालमा बीपीसीका विरुद्ध नकरात्मक टीकाटिप्पणी भएपछि यसको असर परेको हो । धरै नपर्ने आशंकामा लगानीकर्ताले बढीमा २० कित्ता मात्र आवेदन हालेको पाइएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेको छ । बीपीसीले गत पुससम्म ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा १३ करोड ९ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । हिमाल पावर लिमिटेडबाट गत आर्थिक वर्षमा गरेको नाफाबाट ४९ करोड ६० लाख रुपैयाँ लाभांश प्राप्त गरेपछि नाफा बढेको बीपीसीले जानकारी दिएको छ । ६० मेगावाटको खिम्ती आयोजनामा बीपीसीको १७ प्रतिशत स्वामित्व छ ।

टीसीएलका एस६, एस६२ सेरिजको नयाँ मोडल अब नेपालमा पनि

काठमाडौं । अन्तराष्ट्रिय मान्यता प्राप्त विश्वकै तेस्रो ठूलो टीभी ब्राण्ड टीसीएल ब्राण्डले नेपाली बजारमा एस६, एस६२ सेरिजका नयाँ स्मार्ट टीभीहरु ल्याएको छ । स्टाइलिस डिजाइन भएको उक्त टीभीहरुमा ६जीबी डीडीआर३ र्याम, क्वाड कोर १ जिगाहर्ज प्रोसेसर, वाइयूपीपी टीभी, नेटफिल्स, वाइरलेस मिररिङ जस्ता विषेशता रहेको छ । टीसीएलले अमेरिका लगाएत, नेपालमा पनि आफ्नो प्रभुत्व जमाउन सफल भई, फास्ट टेष्ट ग्रोइङ टीभी ब्राण्ड बन्न सफल भएको छ । साथै, यस ब्राण्ड अझ नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सधै अग्रसर छ । नेपालका लागि टीसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स प्रालि रहेको छ ।