विकासन्युज

जगदम्बा मोटर्सको एक्टिभेसन अभियान भोलिसम्म, सहभागी आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्ने

काठमाडौं । जगदम्बा मोटर्स, टिभिएस स्कूटर र मोटरसाइकलका नेपालका लागि एक मात्र आधिकारिक बितरकले टिभिएस जुपिटर क्लासिकको लागि एक्टिभेसन कार्यक्रम शुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम यहि माघ २६ देखि फागुन १ गतेसम्म विभिन्न सपिङ्गमलहरुमा आयोजना भइरहेको छ । एक्टिभेसन कार्यक्रम यस अघि नै बिजी मलमा माघ २६ गते र सिटी सेन्टरमा माघ २७ र २८ गते आयोजना गरियो । यसैगरि, सहभागीहरुले लाबीम मलमा यहि माघ २९ र फागुन १ गते सहभागी हुन र क्लासिक स्टाईलको बारेमा आफ्ना अनुभव सुनाउन सक्ने कम्पनीले जनाएको छ । सहभागीहरुले सो मल भ्रमण गरेर क्लासिकसँगको आफ्नो सम्बन्ध क्लासिक फोटोसुटका साथमा दर्शाउन सक्नेछन् र आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । खिचिएको फोटो पश्चात जगदम्बा मोटस– टिभिएसको फेसबुक पेजमा अपलोड गरिने छ र सर्वाधिक लाइक पाउने फोटोले सिंङ्ग ब्याग तथा वालेट फागुन ८ गते सम्ममा प्राप्त गर्नेछन् ।

सामसङ्ग मोबाइल कार्निभल फागुन ६ गतेसम्म हुने

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत संचालित सामसङ्ग प्लाजामा मोबाइल एक्सचेञ्ज मेला संचालन भईरहेको छ । आगामी फागुन ६ गतेसम्म चल्ने यो कार्निभलमा कुनै पनि ब्रान्डका पुरानो मोवाइलसँग सामसङ्गका नयाँ र आधुनिक प्रविधिको स्मार्ट फोनहरु एक्सचेञ्ज गर्न सक्नेछन् । हालको मितिसम्म २ हजार भन्दा बढि मोबाइल सेटहरु एक्सचेञ्ज भईसकेका छन् । यो मेला उपत्यकाभर फैलिएका ७ वटा सामसङ्ग प्लाजाहरुमा संचालन भईरहेको छ ।

बेबी लाईफ होमलाई सिटिजन्स बैंकको १ लाख ५० हजार सहयोग

काठमाडौं । सिटिजन्स बैंकले बेबिलाईफ होमलाई १ लाख ५० हजार सहयोग गरेको छ । बैंकको ११ औं बार्षिक उत्सवको अवसरमा बेबी लाइफलाई बैंकले नगद सहयोग गरेको हो । बेबिलाइफले बिगत १० वर्ष देखि एचआइभी संक्रमित बालबालिकालाई पालन पोषण गर्दै आएको छ । यस कार्यक्रमलाई थप सहज बनाउन बैंकका कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बेबी लाइफ सञ्चालक राजकुमार पुनलाई चेक हस्तान्तरण गरेका हुन् । प्रत्येक वार्षिक उत्सवको अवसरमा सामाजिक कार्यको लागि सहयोग गर्दै आएको बैंकले सोहि कार्यक्रमको निरन्तरता स्वरुप आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । हाल बेबीलाइफमा २३ जना बालबालिका रहेका छन् । कार्यक्रममा बालबालिकाले विभिन्न सांस्कृतिक नृत्य तथा सांङगिक प्रस्तुती देखाएका थिए ।  

मुलुकमा स्थाई सरकार आउँछ, लगानीको वातावरण बन्छ- चन्द्रप्रसाद ढकाल

लमजुङ्ग । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आई पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरेका छन् । जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिँदै उपाध्यक्ष ढकालले व्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उद्योगी-व्यवसायीहरुलाई सहयोग पुर्याउने कार्यमा नेपाल उद्योग वाणिज्य महासंघ दत्तचित्त भएर लागेको बताएका छन् । लमजुङ्ग जिल्ला जलश्रोतले सम्पन्न भएको र त्यस्तो जलश्रोतलाई उपयोग गर्नुपर्ने कुरामा जोड दिँदै पर्यटन र जलविद्युत नेपालको दिगो आर्थिक विकासकालागि महत्त्वपूर्ण क्षेत्र रहेको उल्लेख गरेका छन् ।

चालु आर्थिक वर्षको वृद्धि मध्यम रहने

काठमडौं । चालु अर्थिक वर्ष २०७४/७५ को आर्थिक वृद्धि मध्यम खालको रहनेछ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अद्र्धवार्षिक समीक्षामा यस वर्षको आर्थिक बृद्धि मध्यम खालको रहने जनाइएको हो । बैंकको अनुसार कृषि क्षेत्रको उत्पादन विस्तार सामान्य रहने छ । औद्योगिक क्षमता उपयोगमा विस्तार, कच्चा पदार्थ आयातमा बृद्धि तथा पर्यटक आगमनमा देखिएको सुधारले अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने देखिएको छ । पर्याप्त वर्षाको कारण मकैको उत्पादनमा उल्लेख्य वृद्धि भएको वैंकको छ । यद्यपि बाढीले भूक्षेत्र कटान गरेका कारण धानको उत्पादन अपेक्षित नहुने देखिएको छ । यी सबै तथ्यहरुको विश्लेषणको आधारमा चालु आर्थिक वर्षको आर्थिक बृद्धि मध्यमखालको रहने जनाएको हो । आर्थिक लक्ष्यहरुको स्थितिलाई हेर्दा ७.२ प्रतिशतको लक्षित आर्थिक बृद्धिदर सम्बन्धमा मागको अवस्थालाई विश्लेषण गर्दा कुल उपभोग खर्च विस्तारले निरन्तरता पाएको देखिएको छ । उपभोग खर्चको प्रत्यक्ष प्रभाव मुलुकको व्यपार घाटामा परेको छ । समष्टिगत रुपमा मागको खुद निर्यात थप खस्केको कारण अर्थिक वृद्धिमा प्रभाव पर्न गएको जनाइएको छ । यद्यपि कुल पूँजी निर्माणंमा केही विस्तार आएकोले आर्थिक वृद्धिमा सकारत्मक प्रभाव पर्ने बताइएको छ ।

बैंकर्सले भने-मध्यावधी समिक्षाले राहत दियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत राहत दिएको प्रतिक्रिया बैंकर्सहरुले दिएका छन् । बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सीसीडी रेसियो गणनाको सुबिधाले बैंक तथा वित्तिय संस्थाहरुले राहत महसुश गरेको बताए । ‘समसामयिक रुपले मौद्रिक नीति आएको छ, सीसीडी रेसियोको दैनिक गणना तर मासिक हर्जनाको सुबिधाले राहत पाएका छौं’, नेपाल बंगलादेश बैंकका सिईओ समेत रहेको बैंकर्स संघका अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने । उनले सरकारी संस्थानहरुले बाणिज्य बैंकमा खाता खोलेर रकम जम्मा गर्ने व्यवस्थाबारे अध्ययन अघि बढाउने कुराले पनि बैंकिङ क्षेत्रमा उत्साह थपेको प्रतिक्रिया पनि दिए । गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले पनि मौद्रिक नीतिको मध्यावधि समिक्षाबाट राहत नै मिलेको बताए । उनले लगानी योग्य पुँजीको अभावले बैंक तथा वित्तिय संस्थाहरु निरुत्साहित भैरहेको अवस्थामा मध्यावधि समिक्षाले केहि उत्साह थपिदिएको प्रतिक्रिया दिए ।

शाश्वत धाममा बुद्धिष्ट सेन्टर स्थापना हुने, फागुन पहिलो साता वसन्त महोत्सव हुँदै

काठमाडौं । नेपालको प्रतिष्ठित धार्मिक सम्पदाका रुपमा स्थापित नवलपरासीको शाश्वत धाममा ‘बुद्धिष्ट सेन्टर’ स्थापना हुने भएको छ । आगामी वैशाख पुर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तीब्र गतिमा भइरहेको छ । सोमबार शाश्वत धाम परिसरमा आकर्षक स्वरूपमा स्थापना गरिएको भगवान गौतम बुद्धको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न भएको छ । बौद्ध धर्मका ९ जना गुरूहरुले विधिवत पूजा अर्चना गरि प्राणप्रतिष्ठा सम्पन्न गरिएको हो । शाश्वत धाममा दर्शन एवं भ्रमणमा आउने भक्तजनहरूका लागि आठ फिट अग्लो उक्त बुद्ध मूर्ति थप आकर्षक हुनेछ । बुद्धिष्ट सेन्टरमा बुद्ध धर्मसँग सम्वन्धित ऐतिहासिक एवं पुरातात्विक महत्वका दुर्भल वस्तुहरूको संग्रह रहनेछ । बुद्ध धर्मका अनुसन्धाता, अनुयायी एवं धार्मिक पर्यटकहरूका लागि यो सेन्टर विशेष महत्वको रहनेछ । ‘शाश्वत धामलाई सनातन धर्मको विशेष पावन भूमीका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ । सनातन धर्ममा विश्वास राख्ने विश्वभरका अनुयायीका लागि यो गर्व गर्न लायक स्थान बनाउन सकियोस् भन्ने सोंचका साथ हामी शाश्वत धामको विकास गरिरहेका छौँ’, शाश्वत धामका फाउण्डिङ ट्रष्टी विनोद चौधरीले भने, ‘अहिले हामी यहि सोंचलाई व्यवहारमा रूपान्तरण गरिरहेका छौ“ ।’ बुद्धिष्ट सेन्टरसँगै शाश्वत धाममा बौद्ध धर्मसँग सम्वन्धित शिक्षा पनि शुरू गरिनेछ । यसअघि स्थापित गुरूकुलमा विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । यसअघि शाश्वत धाममा एकाम्बरेश्वर महादेवको मन्दिर, धार्मिक संग्राहलय लगायत हिन्दू धर्मसँग सम्वन्धित सम्पदाहरू निर्माण भईसकेका छन् । विगत ११ महिनामा १२ लाख भक्तजनहरूले शाश्वत धामको दर्शन एवं अवलोकन भ्रमण गरिसकेका छन् । फागुन पहिलो साता बसन्त महोत्सव हुँदै आगामी फागुन ३ र ४ गते शाश्वत धाममा ३५ औं ‘वसन्त महोत्सव’ गर्न लागिएको छ । शाश्वत धाम र श्री राणी सतीजी मन्दिर, झुन्झुनबीचको सहकार्यका यो महोत्सव आयोजना गर्न लागिएको हो । उक्त महोत्सवका लागि श्री राणी सतीजी मन्दिरबाट राणी सतीजीको मूर्ति र अखण्ड ज्योति शाश्वत धाममा ल्याइनेछ । उक्त धार्मिक यात्रा शुरू भइसकेको छ । उक्त अवसरमा भारतबाट कम्तिमा दुइ हजार भक्तजनहरूका लागि शाश्वत धाममा आवासीय व्यवस्था मिलाइएको छ । महोत्सवको पहिलो दिन फागुन ३ गते हात्ती, घोडा, रथ, पञ्चै बाजा, भजनकिर्तन र विभिन्न झाँकि सहित शोभायात्रा गरिनेछ । नारायणघाटदेखि शुरू हुने उक्त शोभायात्रा शाश्वत धाममा पुगेर टुंगिनेछ । महोत्सव अवधीभर शाश्वत धाममा भजन किर्तन लगायतका विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् । यो महोत्सवसन् १९८४ मा कोलकाताबाट शुरु भएको हो । यो ३५ औं वसन्त महोत्सव हो ।

आर डब्लु संग्राममा ४ देशका रेस्लरहरुले प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघले फागुन १८ गते अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले पोखरा रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो । आर डब्लु संग्राम नाम दिएको प्रतियोगितामा ४ देशका रेस्लरहरुले भाग लिनेछन् । नेपालका तर्फबाट नुवाकोटे टाइगर, ठाकु, डेभिड साईन, ब्लेड, भिलेन, राम, रावण र टुप्पी ग्याडले प्रस्पिर्धा गर्नेछन् । अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले पोखरेली दर्शकलाई मनोरञ्जन दिने छन् । त्यसैगरी महिला प्रतियोगीका रुपमा रसियाकी मेफिस्तोका र नेपाली दिलासाले सहभागिता जनाउने आयोजकले जनाएको छ । यसअघि आयोजकले नेपाल तथा भारतका विभिन्न शहरमा रेस्लिङ प्रतियोगिता आयोजना गरिसकेको छ ।