टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लु रंगमा पनि

काठमाडौं । टिभिएस मोटर्सले बुधबार टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लू रंगमा सार्वजनिक गरेको छ । यो नयाँ रंग रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने कम्पनीले बताएको छ । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नेपालमा टिभिएस एनटोर्क आरटि एफ आई १२५ रेस एडिसन मरिन ब्लुमा सार्वजनिक गर्न पाउँदा खुशी भएको बताए । ‘स्मार्ट स्कूटर आरटि एफआई को समावेश संग एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको हो. यो प्रक्षेपणको साथ हामी हाम्रा युवा ग्राहकहरूका लागि बेस्ट अनुभव सिर्जना गर्न प्रतिबद्ध छौं,’ उनले भने । स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टिभिएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिन्छ । स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टिभिएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ । स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ । स्मार्टएक्सनोटेक कनेक्टिभिटी प्ल्याट्फम मार्फत संचालित यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ । टिभिएस एनटर्क १२५ रेस एडिसन १२४.८ सिसि, सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर–कूल्ड एसओइचसि, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ । पास बाइ स्वीच, डुअल साइड स्टियरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विच जस्ता मुख्य विशेषताहरूले स्कूटरको सुविधा अझ बढाउँछ । यसका अतिरिक्त, टिभिएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, युएसबि चार्जर, ठूलो २०–लिटर अन्डरसेट स्टोरेज र टिभिएस प्याटेन्टेड इजेड सेन्टर स्ट्यान्ड रहेको छ । मरिन ब्लू कलरमा उपलब्द नयाँ टिभिएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

चांगन अटोले ल्यायाे बबाल अफर, वैदेशिक भ्रमणदेखि ४० हजारसम्मकाे छुट

काठमाडौं । चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी ुनयाँ साल, साह्रै बबाल अफरु सार्वजनिक गरेको छ । चांगन अटो नेपालले प्रिमियम सेडान अल्सिभन र यसै चांगनको प्रिमियम पिकअप हन्टर लिन ईच्छुक ग्राहकको लागि आकर्षक अफरहरु सार्वजनिक गरेको हो । कम्पनीको अनुसार यो अफर वैशाख १ गतेदेखि ३१ गतेसम्मको लागि लागु हुनेछ । यस अफर अन्तर्गत ग्राहकले चांगनको कुनै पनि सवारी साधनको खरिदमा सिंगापुर र मलेसियाको ५ रात र ६ दिनको लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन आइफोन १४, आइवाच र एयरपड्स जित्न सक्नेछन् । यसका साथै चांगनको कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैयाँसम्मको फेस्टिव बोनस तथा स्क्राच कार्ड मार्फत ५० हजार रुपैयाँसम्मको अधिक छुट पाउन सक्नेछन् । साथसाथै, ग्राहकले आफ्नो कुनै पनि ब्राण्डको साधन साट्न चाहे थप २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । चांगन अटो नेपालले टेस्ट राइड गर्ने ग्राहकवर्गहरुलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी विजेतालाई १ रात र २ दिनको लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ ।

अटोमोवाइल व्यवसायीको समस्या सम्बोधन गर्न राष्ट्र बैंकसँग सल्लाह गर्छु : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अटोमोवाइल व्यवसायीको समस्या सम्बोधन गर्न राष्ट्र बैंकसँग सल्लाह गर्ने बताएका छन् । नाडाका अध्यक्ष धुव्र थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलबीच भएको भेटवार्तामा अर्थमन्त्री डा. महतले सो बताएका हुन् । ‘अटोमोबाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसँग सल्लाह गर्ने, कुन कुन विषयहरुमा अटोमोवाइल व्यवसायीहरुलाई समस्या परेको छ, त्यसको समुचित समाधानका लागि प्रयास गर्छु,’ उनले भने । साथै, उनले उक्त समस्याबारे आउदो बजेट सुझावमा समावेश गर्नको लागि पठाउन समेत व्यवसायीहरुलाई आग्रह गरेका छन् । सोही भेटघाटको क्रममा मन्त्री महतले अब अटोमोबाइल व्यवसायीहरुले विद्युतीय सवारी साधनहरुको उत्पादन र विक्रीमा यथोचित ध्यान दिनका लागि आग्रह समेत गरेका छन् । अध्यक्ष थापाले विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरेका छन् । त्यसैगरी, सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सार्वजनिक महत्वका सवारी तथा ढुवानीका सवारी साधनहरु डिजेलबाट चल्ने र हाल डिजेलको भाउ उच्च विन्दुमा पुगेको कारण त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव बजारमा परेकोले डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरुमा लाग्ने महशुल घटाउन आग्रह गरे । सो छलफलको क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरणगरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेको गुनासो गर्दे सवारी साधनहरुलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरे । सोही क्रममा अध्यक्ष थापाले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने भन्दै भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरु सर्वसाधरण जनताले प्रयोग गर्ने र त्यसले उसको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकोले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउनु आग्रह गरे । त्यसै क्रममा अध्यक्ष थापाले अहिले अटोमोइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढने सुझाव दिए । उक्त छलफलमा नाडाका सचिव विक्रम सिंहानिया सहकोषाध्यक्ष पंकज अग्रवाल, सुदुर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्य समिति सदस्य पुष्कर ओझा, केन्द्रिय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा समेतको उपस्थिति रहेको थियो ।