अशोक लेल्याण्डको भाइकिंग १२एम प्राइम बस नेपालमा लन्च
काठमाडौं । अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपाली बजारमा ल्याएको छ । आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले अझ धेरै सुविधा र अत्याधुनिक र उत्कृष्ट प्रविधिसहितको १२ मिटर भाइकिङ बस सञ्चालनमा ल्याउन पाउँदा खुशी भएकाे बताए । ‘लामो दुरीको यात्रा अब ग्राहकका लागि थप सहज र सुरक्षित र सञ्चालक र मालिकहरूका लागि बढी लाभदायक हुने कुरामा निश्चित छ,’ उनले भने । ४४ सिट भएकाे यस बसमा टर्बोचार्जर र इन्टरकुलर सहितको ५,७६० सीसी एच सिरिज ६ सिलिन्डर डिजेल इन्जिन रहेकाे छ, जसले १८० एचपी पावर र ६७० एनएम टर्क जेनेरेट गर्दछ । यस बसमा मर्मत खर्च घटाउने इनलाइन इन्धन पम्प रहनुकाे साथै न्युमेटिक एक्च्युएसनसहितको १५ इन्चको क्लच र ओभरड्राइभसहितको श्ँट फर्वार्ड स्पीड सिन्क्रोमेश गियरबक्स रहेकाे छ । एबीएस र सेवा ब्रेक, पार्किङ ब्रेक र सहायक ब्रेक जस्ता अन्य विभिन्न प्रविधिहरूले बसलाई सजिलै रोक्न वा सञ्चालनमा ल्याउन भूमिका खेल्ने कम्पनी बताउँछ । साथसाथै यस बसमा ३५० लिटरको इन्धन ट्याङ्की र ६,२०० एमएम लामो ह्वीलबेस पनि रहेकाे छ ।
होण्डाको दशैंतिहार स्किमका विजेता घोषणा, चन्द्र बहादुर थापाले जिते १५ लाख
काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको दशैं तथा तिहार स्किमकाे विजेता घाेषणा भएका छन् । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले स्किमकाे विजेताहरु घोषणा गरेको हाे । यस योजना अन्तर्गत ग्राहकहरूले ७ प्रदेशबाट एक-एक जना गरी ७ जनाले ७ लाख र बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार प्राप्त गरेका छन् । जसमा प्रदेश १ बाट सत्य साइ अटो सिटीका दुर्गा सापकोटा प्रदेश २ बाट मिसिका इन्टरप्राइजेजका अमित कुमार शाह, प्रदेश ३ बाट एसटिसि टेकुबाट मनिशा बज्राचार्य, प्रदेश ४ बाट कँवर ब्रदर्सका कृष्ण कुमार आले, प्रदेश ५ बाट अम्रित इन्टरनेशनलका बिष्णु पोखरेल, प्रदेश ६ बाट डाँफे अटोपार्टस एण्ड सप्लायर्स सुनिता खत्री र प्रदेश ७ बाट उमा ट्रेडर्सबाट लक्ष्मण भट्टले १ लाख नगद उपहार प्राप्त गरेका छन् । त्यसैगरी, सिद्धी बिनायकका चन्द्र बहादुर थापाले बम्पर उपहार १५ लाख प्राप्त गरेका छन् ।
बहुउपयोगी, बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक कार्गो भ्यान काठमाडौंमा
काठमाडौं । बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौंमा आएको छ । केहि समय फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा ल्याउने घोषणा गरेको थियो । कम्पनीका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्याट्री क्षमता ५०.२३ किलोवाट रहेको छ। यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २३५ किलोमिटरसम्म रहेको छ । यसको ८५ के इन्जिन क्षमता रहेको छ भने २९० एनएम टर्क रहेको छ । ७ क्युविक मिटर स्पेस रहेका यी भ्यानले ११५० केजी भार बहन क्षमता राख्छन्। डिपार्टमेन्ट स्टोर, इकमर्स, फार्मेसी, हार्डवेयर, एफएमसीजी कार्गो कुरियर, दुरसंचार प्रदायक जस्ता बिभिन्न व्यबसायलाइ बहुउपयोगी हुने कार्गो भ्यान काठमाडौं आएको कम्पनीले जनाएको छ। एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफूहरु सम्पूर्ण इलेक्ट्रिक हुने यात्रामा रहेको जनाएको छ । केहि दिन भित्रै फोटोनका प्यासेन्जर भ्यान पनि आइपुग्ने, जुन स्कुल, होटल, रुट, अफिस लगायतका लागि बहुउपयोगी हुने कम्पनीले जनाएको छ । लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाईकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरुभन्दा धेरै माथि रहेको अवस्था छ । उत्पादन संख्या धेरै भएको चिनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको छ । आजको विश्वको मुख्य चुनौती वातावरण प्रदूषण हो, बिजुली गाडी बाट वातावरण प्रदूषण नगन्य मात्रामा हुने भएकोले गर्दा अबको फोटोन को यात्रा बिजुली गाडीतिर बडी केन्द्रित हुनु सकारात्मक छ । फोटोन मोटर्सले वातावरणमैत्री एवम् जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याएको हो । वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट उत्पादित यस्ता प्रकारका भेहिकलप्रति उपभोक्ताहरुको राम्रो ध्यानाकर्षण भईरहेको र मागहरु बढ्दै गइरहेको छ । बिजुली आपूर्ति सहज हुँदा डिजेलभन्दा बिजुली गाडी सञ्चालन खर्च कम हुने अन्तर्राष्ट्रिय अध्ययनहरुले प्रमाणित गरिसकेको छ ।