यस्तो हुनेछ केटिएम २०० ड्युकको नयाँ संस्करण, सार्वजनिक हुनु अगावै लिक भयो फोटो
काठमाडाैं । केटिएम २०० ड्युकको नयाँ संस्करण चाँडै सार्वजनिक हुने क्रममा छ । तर सार्वजनिक हुनु अगावै सो मोडेलका केहि फोटोहरु भने लिक भएका छन् । लिक भएका फोटोहरु हेर्दा २०० ड्युक आफ्नो इल्डर सिब्लिङ्ग २५० ड्युकको डिजाइनमै आधारित भएको देख्न सकिन्छ । नयाँ २०० ड्युकमा एङ्गुलर हेडल्याम्प र एलईडी डीआरएल जडान गरिएको छ । ट्याङ्क पहिले भन्दा मस्कुलर र शार्प रहेको छ भने ट्याङ्कमा ग्राफिक्स पनि बेग्लै देख्न सकिन्छ । त्यसैगरी सो बाइकमा स्प्लीट सिट पनि २५० ड्युकमा भएजस्तै समावेश छ र ग्र्याब रेल चाहिँ पहिले भन्दा ठुलो दिइएको छ । इञ्जिन तर्फ भने नयाँ २०० ड्युकले पहिलेकै १९९ सीसी सिङ्गल–सिलिण्डर फ्युल–इन्जेक्टेड इञ्जिन प्रयोग गरेको छ । भारतमा आउँदो अप्रिल महिनाबाट लागु हुने प्रदुषण मापदण्डको नियमलाई मध्यनजर गरेर केटिएमले सो इञ्जिनलाई बीएस६ मापदण्डको बनाएको छ । सो इञ्जिनले २५.८३ पीएसको पावर र १९.५ एनएमको टर्क उत्पादन गर्दछ । लिक भएका फोटो अनुसार बाइकमा पहिलेकै ब्रेकिङ्ग प्रविधि, पहिलेकै सस्पेन्सन सेटअप र त्यसैगरी पहिलेकै डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर समावेश गरिएका छन् । केटिएमले २५० ड्युक र ३९० ड्युकको पनि अपडेटेड भर्जनलाई आउँदो फेब्रुअरी महिनामा बजारमा ल्याउने तयारी गरिरहेको छ । केटिएमले २०० ड्युकलाई चाहिँ यी दुवै मोडेलहरुको लञ्च पश्चात् मात्र बजार भित्र्याउने छ । सो बाइकमा धेरै स्टाइलिङ्ग अपडेट गरिएको हुनाले लञ्च पश्चात् सो बाइकको मूल्य पहिले भन्दा ७ देखि ८ हजार रुपैयाँ सम्म महँगो पर्ने अनुमान गरिएको छ । तस्विर सौजन्य : रसलेन डट कम
टिएनटि १५० आईः बेनेलीको मोडर्न फिचर्स सहितको प्रिमियम लुकिङ्ग बाइक
काठमाडाैं । ‘बेनेली टिएनटि १५० आई’ मोडर्न फिचरहरु भएको प्रिमियम लुकिङ्ग मोटरसाइकल हो जसको डिजाइन बेनेलीकै अर्को मोडेल ‘टिएनटि ३०० आई’ सँग मिल्दोजुल्दो रहेको छ । यस बाइकमा रहेको रातो रङ्गको फ्रेमले बाइकलाई आकर्षक बनाएको छ । टिएनटि १५० आई मा हेलोजेन हेडलाइट, एलइडि ब्याकलाइट, एलइडि साइड इन्डिकेटर्स, एलइडि डिआरएल्स, फुल-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल लगायतका फिचरहरु दिइएका छन् । यस बाइकमा प्रयोग भएको इञ्जिन १४९.५ सीसी सिङ्गल-सिलिण्डर, लिक्विड-कुल्ड, ४-स्ट्रोक, ४-भल्व एफआई इञ्जिन हो । कम्पनीका अनुसार यो इञ्जिनले ९.५ किलोवाटको पावर र ९.५ एनएमकै टर्क प्रोड्युस गर्छ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स र वेट क्लच पनि दिइएको छ । १३.५ लिटरको फ्युल ट्याङ्क क्यापासिटि रहेको यस बाइकले दिने माइलेज ५० केएमपीएलको हाराहारी रहेको छ । फ्रन्टमा अपसाइड-डाउन फर्क र रियरमा मोनोशक दिइएको टिएनटि १५० आई को अगाडिको चक्कामा डुअल पिस्टन क्यालिपर डिस्क ब्रेक र पछाडिको चक्कामा भने सिङ्गल पिस्टन क्यालिपर डिस्क ब्रेक दिइएको छ । त्यसैगरी १४४ के.जी. कर्ब वेट भएको यस बाइकको ग्राउण्ड क्लियरेन्स चाहिँ १९० मिलिमिटर छ । बेनेली मोटरसाइकल्सको नेपालका लागि आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा.लि.ले नेपाली बजारमा तीन लाख १५ हजार रुपैयाँ मूल्य तोकेर बिक्रीवितरण गर्दै आइरहेको सो मोटरसाइकल १५० सीसीको एउटा बहुप्रतिक्षित नेकेड मोटरसाइकल हो ।
नायक प्रदिप खड्काले गरे टिभीएसकाे एन्टर्क रेस एडिसन स्कुटर सार्वजनिक
काठमाडौं । दुई पाङग्रे र तीन पाङ्ग्रे सवारी साधनहरुका लागि प्रतिष्ठित टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ मोडेलको स्कुटर बुटवल मा सार्वजनिक गरेको छ । नेपाल को लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले एक कार्यक्रम को बीच बुटवलको बालाजी अटोमोबाइल्स मिलन्चोक मा टिभीएस एन्टर्क रेस एडिसन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक सो स्कुटरमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ, जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै “रेस इडिसन” ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउँछ । यो स्कुटर शानदार तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । टिभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेश एक्जुक्युटिभ भाइस–प्रेसिडेन्ट आर दिलिपले टिभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरुमाँझ निकै लोकप्रिय बन्न पुगेको बताए । उनले भने, ‘यसको आकर्षक एपिरियन्स र टिभीएस स्मार्ट एक्सकनेक्ट विशेषताबाहेक यसको प्रदर्शन टिभीएस एनटर्क १२५ को हलमार्क बनेको छ । यो स्कुटर टिभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो र यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो ।’ जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, “टिभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको छ । यो स्कुटर तल्कालै सबैमाँझ लोकप्रिय बन्न पुग्यो र हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ ।” टिभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ, टिभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन् । स्कुटरको शुक्रबार एक कार्यक्रमका बीच बुटवल उधोग बाणिज्य संघ का अध्यक्ष्य खेम हमाल , जगदम्बा मोटर्स प्रालिका मार्के्टिंग म्यानेजर नबराज कोइराला र बालाजी अटोमोबाइल्सका निर्देशक राम थापा लगाएत नेपाली एक्टर टि भी एस एन्टर्कका ब्राण्ड एम्बेसडर प्रदिप खड्काले संयुक्त रुपमा सार्वजनिक गरे । नयाँ मोडलमा आएको यो स्कुटरमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ । म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध यो स्कुटरमा हजार्ड ल्याम्प अर्थात आकस्मिक वत्ति रहेको छ भने भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेसिङ पेडिग्री झल्काउने ‘रेस एडिसन’ पनि स्कुटरको प्रमुख विशेषता हो । स्पोर्टी ब्लुटुथ कनेक्टेड यो टीभीएस एनटर्क १२५ सिसीको स्कुटर हो । यो स्कुटर माइलेज, स्टाइल र प्रविधिका लागि प्रख्यात छ । यसमा स्टेट अफ आर्ट सिभीटिआई–आरइभीभी १२४.७९ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, ३ भल्भ, एयर कुल्ड इन्जिन रहेको जनाइएको छ । कार्यक्रममा टीभीएस एनटर्क रेस एडिसन बुकिंग ग्राहक लाइ नायक प्रदिप खड्का लगाएत उधोग बाणिज्य संघ का अध्यक्ष र जगदम्बाको मार्के्टिंग म्यानेजर नबराज कोइराला ले २५ जना ग्राहकलाई टीभीएस एनटर्क १२५ रेस एडिसनको चाबी हस्तान्तरण गरेका थिए ।