बुटवलमा टाटा मोटर्स कार मेला शुरु, आकर्षक अफरमा कार किन्न सकिने
काठमाडौं । बुटवलको क्लव डी नोभोमा शुक्रबार(आज)देखि वार्षिक रुपमा आयोजना हुने टाटा मोटर्स कार मेला शुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का लागि आधिकारिक वितरक सफल अटो इन्टरनेशनलको संयुक्त सहकार्यमा उक्त मेलाको आयोजना गरिएको हो । यस मेला जेठ ११ देखि १३ गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । यस मेलामा ग्राहकहरुले विभिन्न आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्न सक्नेछन् । टाटा कार मेलाका मुख्य आकर्षणहरुका रुपमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, स्विमिङ्ग पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् । साथै, मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको टाटा नेक्सन कारको प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जानकारी गराएको छ । मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
नेपालमै पहिलो पटक अक्सन मेला हुँदै, ६० भन्दा बढी ब्राण्डेड गाडीहरु समावेश
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को सह-कम्पनी सिप्रदी अर्स्योड प्रा.लिले नेपालमा गाडीहरुको अक्सन मेला आयोजना गर्ने भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस अक्सन मेलामा विभिन्न ब्राण्डका ६० भन्दा बढी ब्राण्डेड गाडीहरु समावेश हुनेछन् । यही जेठ ११ र १२ गते थापाथलीमा हुने यस मेलामा ग्राहकहरुले आफूलाई मन परेको गाडी खरिद गर्न सक्नेछन् । साथै, ग्राहकहरुले मेलामा वारेण्टी सहित गाडीहरुको नामसारी पनि गरिनेछ ।
यामाहा फेसिनो अब ‘ग्ल्यामरस गोल्ड’मा, एक्सचेन्जमा खरिद मूल्यको ७५% पाउने
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आइतबार स्टाइलिस स्कुटर फेसिनो नयाँ आकर्षक कलरमा सार्वजनिक गरेको छ । अब ‘सपुरमोडेल स्कुटर’ ‘ग्ल्यामरस गोल्ड’ कलरमा समेत उपलब्ध हुनेछ । राजधानीमा आयोजित एक समारोहमा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडाले नयाँ कलरको फेसिनो सार्वजनिक गरेकी हुन् । तीन वर्षअघि नेपाली बजारमा आएदेखि नै फेसिनोले युवा राइडरहरुमाझ लोकप्रियता कायम गर्दै आएको छ । यो स्कुटर डिजाइनका हिसाबले सुन्दर मात्र छैन प्राविधिक रुपमा उच्चकोटीको समेत छ । फेसिनो ‘ग्ल्यामरस गोल्ड’सहित ‘डेपर ब्लु’ र ‘बिमिङ ब्लु’मा पनि उपलब्ध हुनेछ । नयाँ कलरका माडेलमा अघिल्ला मोडेलमा झैं एयर–कुल्ड, ४ स्ट्रोक, ११३ सीसी को ‘ब्लु कोर’ इन्जिन रहेको छ । यसको माइलेज ६६ किलोमिटर प्रति लिटर रहेको छ । नयाँ मोडेलको फ्रन्ट फेसियामा स्टाइलिस र डाइनामिक कर्भ र बडीमा स्टाइलिस ग्राफिक्स प्रयोग गरिएको छ । साथै, सिट कभर डुअल टोन कलरको छ जसले आराम र गुणस्तरलाई झल्काउँने कम्पनीले जनाएकाे छ । यसमा प्रयोग गरिएको ब्लुकोर इन्जिनले गर्दा इन्धन खपत समान रहन्छ र यसको सीधा प्रभाव माइलेजमा पर्छ । एक सय तीन किलोग्राम वजन भएको स्कुटर चलाउनलाई आरामदायी समेत छ । भर्खरै मिडियारिच गरेको एक अध्ययनमा स्टाइल र कम्फर्टका लागि यामाहाका स्कुटरलाई सबैभन्दा बढी रुचाइने गरेको देखिएको थियो । सोही अवसरमा मिस नेपाल २०१८ तथा यामाहा फेस अफ फेसिनो उपाधि विजेता श्रृंखला खतिवडालाई एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले फेसिनो हस्तान्तरण गरे । खतिवडाले द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल ब्युटी पेजेन्टमा बाँकी २४ जना प्रतिस्पर्धीलाई उछिनेर दुवै उपाधि जितेकी थिइन् । उनी अब एक वर्षका लागि यामाहा फेसिनोको विज्ञापन अभियानमा सहभागी हुनेछिन् । गत महिना एमएडब्लुले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ घोषणा गरेको थियो । यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ७५ प्रतिशत पक्का पाउनेछन् । यसका साथै, स्कुटर किनेको १२ महिनादेखि १८ महिनाको अवधिमा एक्सचेन्ज गर्न चाहने ग्राहकले पुरानो स्कुटरको मूल्यांकन पहिलेको खरिद मूल्यको ७० प्रतिशत पाउनेछ । त्यसैगरी, १८औं महिनादेखि २४ औं महिनामा यामाहाका दुईपांग्रेसँग एक्सचेन्ज गर्न चाहने स्कुटरधनीले ६५ प्रतिशत मूल्यांकन पाउनेछन् । यामाहाको ‘रिसेल प्रोमिस’ चैत १ गतेदेखि स्कुटर खरिद गर्ने सबै ग्राहकले पाउनेछन् भने यो योजना तीन वर्षका लागि लागू हुनेछ ।