३० रुपैंयाँको इन्धन खर्चेर आफ्नै मोटरसाइकल/स्कुटरमा अब गुड्नुस १२० किलोमिटर
काठमाडौं । न पेट्रोल हाल्नुपर्ने चिन्ता न महंगो मूल्य । ३० रुपैंयाँको बिजुलीले चार्ज गर्नुस अनि गुडाउनुस १२० किलोमिटर । सुन्दा अपत्यारिलो लाग्ने यो कुनै दन्त्य कथा होइन् । एउटा विद्युतिय मोटरसाइकल र स्कुटरको सत्य हो । अझै अचम्म लाग्ने तथ्य यो छ कि २ बर्षका लागि मर्म खर्च जम्मा ३ हजार मात्रै । मोटर साइकल र स्कुटरको महंगो खरिद मूल्य, आकाशिँदो पेट्रोलको भाउ, थेग्ने नसक्ने सर्भिस शुल्कले हैरान हुनुभएको छ भने अब विद्युतिय सवारी तर्फ ध्यान दिनुस् । अष्ट्रेलियाको भिमोटो कम्पनीले ३० रुपैयाँको विद्युतले चार्ज गरेर १२० किलोमिटरसम्म गुड्ने मोटरसाइकल र स्कुटर नेपाली बजारमा ल्याइसकेको छ । त्यो पनि सस्तो मूल्यमा र २ वर्षसम्मको मर्मत खर्च बढीमा ३ हजार मात्रै लाग्छ । पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटरको न्युनतम मूल्य १ लाख ५० हजार रुपैयाँ पर्छ । तर भिमोटोले उत्पादन गरेको विद्युतीय मोटरसाइकल र स्कुटरको मूल्य न्युनतम १ लाख १० हजार रुपैयाँ छ । ३० रुपैयाँको चार्ज गर्दा १२० किलोमिटर गुड्छ । ब्याट्री चार्ज गर्न ३ घन्टा देखी ६ घन्टासम्म लाग्छ । दिउँसोभरी गुडाएर रातभरी व्याट्री चार्जमा राख्न सकिन्छ । पेट्रोलबाट चल्ने बाइक र स्कुटरमा ५० किलोमिटर चलाउँदा १ लिटर पेटोल प्रयोग हुन्छ । अहिले पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ छ । १२० किलोमिटर गुड्दा पेट्रोलबाट चल्ने बाइक र स्कुटरले झण्डै ३०० रुपैयाँको इन्धन खपत गर्छ । तर इलेक्ट्रिक भिमोटोले ३० रुपैयाँमा त्यत्ति गुड्ने भिमोटो नेपालका सञ्चालक सुरेन्द्र मान्नधर बताउँछन् । विश्व बजारमा नै इलेक्ट्रोनिक सवारी साधनहरुको माग बढिरहेको छ । भारतले सन् २०३० सम्म तेलबाट चल्ने सवारीसाधनहरुको विकल्पका रुपमा इलेक्टोनिक सवारीसाधनमा जोड दिएकाले यसको माग बढेको उनको भनाई छ । भिमोटोले २ वर्षसम्मका लागि कम्पनीले वारेन्टी दिएर बिक्री गरिरहेको छ । चार्ज बाहेक यो कम्पनीको बाइक र स्कुटर सञ्चालनको २ वर्षसम्म ३ हजार रुपैयाँ मात्रै खर्च हुने बताएको छ । यसले बढिरहेको प्रदूषणलाई पनि नियन्त्रण गर्छ । डिजेल र पेट्रोलबाट सञ्चालन हुने बाइक र स्कुटर भन्दा विद्युतीय बाइक र स्कुटरमा भन्सार धैरै नै सस्तो छ । विद्युतीय सवारी साधनमा २५ प्रतिशत मात्रै सरकारले कर उठाउने गरेकाले मूल्य अन्यको भन्दा सस्तो रहेको सञ्चालक मानन्धरको भनाई छ । नेपालमा पनि सन् २०२० सम्म उपत्यकामा सञ्चालन हुने कुल सवारी साधनको २५ प्रतिशत विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइने भने पनि कार्यन्वयन हुन नसकेको उनी बताउँछन् । “नाकाबन्दी सकियो, विद्युतीय सवारी साधनको चर्चा पनि क्रमशः ओझेल पर्न थाल्यो । सरकारी नेतृत्व नै उदासीन देखियो” मानन्धर भन्छन् । वायु प्रदूषण बढ्दै गएपछि राष्ट्रिय योजना आयोगले विद्युतीय सवारी साधन, आवश्यक उपकरण, व्याट्री तथा पार्टपुर्जामा लाग्दै आएको भन्सार शुल्कलाई शून्य प्रतिशतमा झार्न र पेट्रोल, डिजलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न वैधता प्रदान गर्ने लगायतका सुझाव दिइएको थियो । तर अहिले त्यो कुरा हराएको उनको गुनासो छ । भिमोटोको काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा र जनकपुरमा बिक्री केन्द्र खुलेका छन् । कुनै स्कुटर वा बाइक बिग्रियो भने बिगे्रको ठाँउमा नै गएर कम्पनीले मर्मत गरिदिने व्यवस्था भएको मानन्धरले बताए । भिमोटो नेपालको बाइक र स्कुटरको मूल्य १ लाख १० हजार देखी २ लाख ७४ हजार रुपैयाँसम्मको छ । भिमोटो टि १.५ स्कुटरको मूल्य १ लाख १० हजार, भिमोटो एलएन स्कुटरको मूल्य १ लाख ३१ हजार, भिमोटो इम्याक्स् स्कुटरको मूल्य २ लाख १६ हजार, इकोटर स्कुटरको मूल्य २ लाख ४५ हजार र भिमोटो भिक्ड्राकस स्कुटरको मूल्य २ लाख २६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यस्तै, भिमोटो सोको टिएस बाइकको मूल्य २ लाख ४९ हजार र भिमोटो सोको सिटी बाइकको मूल्य २ लाख ७४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
रेनोकोे एक्सचेन्ज कार्निभल मेला शुरु, ३ लाख रुपैयाँ बोनसका साथै आकर्षक अफरहरू
काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रा लि (विशाल समूहको सहायक कम्पनी)ले रेनो क्याप्चर कार्निभल मेला शुरु गरेको छ । रेनोले नेपालभरी यही साउन २२ गतेदेखि साउन २९ गतेसम्म उक्त मेलाको आयोजना गरेको हो । यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् । उक्त मेलामा रेनोको क्याप्चर, क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । यस अभियानले ग्राहकलाई ३ लाख रुपैयाँ बराबरसम्मको एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्री सर्भिसिङ्ग, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्सको सुबिधा, तुरुन्त मुल्यांकन र एक्सचेन्ज जस्ता आकर्षक सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रतेक टेस्ट ड्राईभ गरेर आकर्षक उपहार जित्न नि सक्नेछन् । मेलाले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।
सिप्रदीले ल्यायो युवालक्षित योजना, १२ लाखमै टाटा सुमो दिने
काठमाडौँ । सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले आइतबारदेखि युवालाई लक्षित गरि निःशुल्क तालिम र रुटको व्यवस्था सहितको टाटा सुमोगोल्ड जिप नेपाली बजारमा ल्याएको छ । सिप्रदीले ड्राइभिङ र मेकानिकल तालिम, सुलभ फाइनान्स, १ वर्षको बीमाको सुबिधा दिने भएको छ । सुरुमा १२ लाख रुपैयाँ बुझाएपछि सुमो दिने जनाएको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदीले आफ्नो गाडी आफै सवारी नामक व्यबसायिक अभियान सुरु गरेको हो । सो अभियानमा सहभागी हुनेलाई सस्तो दरमा पुँजीको पनि ब्यवस्था गरिदिने भएको छ । यसले स्वदेशमा नै रोजगारीको सृजना गर्न सिप्रदीकाे भनाइ छ । राजनबाबु श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, सिप्रदी ट्रेडिङ प्रा. लि. सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले नेपालीलाई विदेश जान रोक्न र विदेशबाट आएकाले पनि सो अभियानमा भाग लिएर मासिक १ लाख रुपैयाँसम्म कमाउन सकुन भन्ने उद्धेश्यले अभियान सुरु गरेको बताए । यो अभियानमा २०० भन्दा धेरै सहभागी गराउने लक्ष्य रहेको उनले जानकारी दिए । सो अभियानमा कम्पनीले पत्रकार रवि लामिछानेलाई ब्राण्ड एम्बेस्डर बनाएको छ । हाल नेपालमा टाटाको ५७ वटा वर्कसप, ४५ वटा सोरुम र २४ वटा मोवाइल भ्यानहरु संचालनमा रहेका छन् । साथै मोवाइल वर्कसप पनि संचालनमा ल्याउदै छ । नेपालमा हाल ७० भन्दा बढि रुटमा ५ हजार टाटा सुमोहरु संचालन भैरहेको छ ।