ह्युण्डाईको आई२० एक्टिभ नेपाली बजारमा, मूल्य ३३ लाख ९६ हजार रुपैयाँ
काठमाडौं । लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपालले ह्युण्डाईको आई२० एक्टिभ फेसलिफ्ट २०१८ लन्च गरेको छ । गत मे महिनामा भारतमा लन्च भएको यो मोडेलको कार नेपालको बजार भरी बहुप्रतिक्षित थियो । नयाँ ह्युण्डाई आई२० एक्टिभ छरितो बाहिरी आवरण र सहज भित्री डिजाइनमा आएको छ । आई२० एक्टिभको समग्र डिजाइन भने उस्तै राखिएको छ र दमदार लुकको लागि बडी क्लेडिङ र रुफ रेल्सको विशेषता दिइएको छ । प्रिमियम लुक भएको यो मोडेलले पहिलेको आई२० एक्टिभले झै ध्यानाकर्षण गर्ने र रुचाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सुरक्षाको मापदण्ड अनुरुप यसमा एबीएस र एअरब्यागस्को विशेषता छ भने प्रिमियम फिचरको रुपमा स्टेरिङ अनुकुली पछाडि देखिने क्यामराको साथ पछाडिको लागि पार्किङ सेन्सर पनि छ । उत्कृष्ट र सफा डिस्प्लेको लागि यसमा अझ राम्रो टच् भएको इन्फोटेन्मेन्ट सिस्टम छ । यो आर१६ डाइमण्ड कट् एलो व्हीलको साथ आउँछ । आई२० एक्टिभ फेसलिफ्ट बेस र एस भेरियन्ट गरी दुई भेरियन्टमा आउँछ । आई२० एक्टिभ फेसलिफ्ट बेसको मूल्य ३३ लाख ९६ हजार र एस भेरियन्टको मुल्य ३७ लाख ९६ हजार रुपैयाँ रहेको छ । सन् २००९ मा स्थापित भएदेखि, लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय र झन्झट मुक्त सेवा प्रदान गर्दै आएको छ । आजको दिनसम्म आइपुग्दा लक्ष्मी ह्युण्डाईले आफ्नो १३ डिलर र सर्भिस सेन्टर सहितको डिलर सञ्जालको मद्दतले नेपालभरि नै आफ्नो बलियो पकड जमाउन सक्षम भएको छ ।लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपालको लागि ह्युण्डाईको आधिकारिक बिक्रेता हो ।
सुजुकीको तेस्रो संस्करणको स्विफ्ट गाडी नेपाली बजारमा, मूल्य २८ लाख ९९ हजार
काठमाडौं । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले बजारमा ब्राण्ड स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ । यस मोडेलको अनावरण संयुक्त रुपमा सीजी होल्डिङ्सका सभापति तथा प्रबन्ध निर्देशक अरुण चौधरी र राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनद्वारा गरिएको थियो । यस नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एल इ डि प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोय व्हील तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियर सहितएक उत्कृष्ट डिजाइनको साथै १.२ लिटर भिभिटि जस्ता प्रविधिले उच्चस्तरीय पर्फोमेन्स् र यात्रु, पैदल यात्री एवम् बालबच्चाको सुरक्षामा केन्द्रित डुवल एयरब्याग, इबिडिसँगै एबिएस, आइसोफिक्स् र टोटल इफेक्टििभ कन्ट्रोल टेक्नोलोजी प्रविधिसँगै ल्याइएको कम्पनीले बताएको छ । सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपात सहितसुधार गरिएको एक्सलरेशन पर्फोमेन्स् सहित बजारमा ल्याएको हो । सीजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, “यस नयाँ स्विफ्ट यसको आकर्षक रुप तथा उत्कृष्ट पर्फोमेन्स्को लागि रुचाइएको छ । यस नयाँ संस्करणसँगै, यसका फिचरहरु एक नयाँ शिखरमा पुगेका छन् । मजबुति, उत्कृष्ट पर्फोमेन्स् तथा आधुनिक सुरक्षा प्रविधियुक्त यस नयाँ प्रस्तुती सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित छ । नयाँ फिचरहरुले भरिपूर्ण यस सवारीले उपभोक्तालाई निश्चित रुपमा उत्साहित गर्नेछ । ” उपभोक्ताहरुले यस नयाँ स्विफ्टको सर्वोत्कृष्ट फ्युलइफिसेन्सीको प्रशंसा गर्नेछन् । यस मोडेलले पेट्रोलमा २२.० किमि/लिटर प्रदान गर्दछ । २८ प्रतिशत धेरै लगेज स्पेसको सुविधा प्रदान गर्ने यस सवारीको ४० मिमि धेरै चौडा र २० मिमिलामो व्हील बेस रहेको छ । यस मोडेलको विकासमा ७०० करोड रुपैयाँभन्दा धेरै लागत देखिएको छ । कम्पनीले यस सवारीको प्रारम्भिक अफर सहित मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
इटहरीमा यामाहाको एफजी २५ ‘राइड आउट’ सम्पन्न
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एफजी २५ ‘राइड आउट’ चौथो संस्करणको आयोजना गरेको छ । यसपटक १ नम्बर प्रान्तका एफजी २५ राइडरर्सलाई इटहरीको यामाहा सोरुमबाट धरान हुँदै भेडेटार नाम्जेसम्मको यात्रा गराएको थियो । पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’लगायतका सामुहिक टास्क दिइएको थियो । कार्यक्रमको अन्तमा सहभागी सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो । तिरुपति अटोसिटीका प्रबन्ध निर्देशक संयोग पराजुलीले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले राइड आउट आयोजना गरिएको बताएका छन् । अत्याधुनिक फ्युलइन्जेक्सन प्रविधि रहेको एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ । यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’इन्जिन रहेको छ जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्युन गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको कम्पनीले जनाएकाे छ । एफजी२५ तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । नेपालमा लन्च भएको एक वर्ष नबित्दै एफजी २५ तीन हजारभन्दा बढी ओटा विक्री भइसकेको छ ।