२७ वर्षदेखि सुरक्षित यात्रा प्रदान गर्दै पर्यटक सवारी, करिब १२ सय पर्यटक सवारी
काठमाडौं १५, भदौ । नेपालम पर्यटक सवारी (हरिया प्लेट)को सुरुवात भएको २७ वर्ष भैसकेको छ । सन् १९९० बाट सुरु भएको पर्यटक सवारीले हालसम्म सुरक्षित यात्रा प्रदान गर्न सफल भएको पर्यटक वस व्यवसायी संघले जानकारी दिएको छ । संघका अध्यक्ष श्रीकान्त आचार्यका अनुसार नेपालमा छिटफूट सवारी दुर्घटनामा पर्यटक सवारी पनि पर्नु सामान्य विषय हो तर, कुनै ठूलो मानवीय क्षति हुनेगरी पर्यटक सवारी दुर्घटना भएका छैनन् । पछिल्लो समय नेपालमा सडक जति धेरै बढ्दै गएको छ सवारी साधानको जोखिम पनि त्यति नै बढिरहेको देखिएको छ । विगत एक दशकको तथ्यांक हेर्ने हो भने पनि नेपालमा ४३ हजार सात सय वटा सवारी दुर्घटना भैसकेका छन् । नेपालमा हालसम्म २४ लाख सवारीसाधान भित्रिएका छन् । यस मध्ये दैनिक ६ लाख सवारीसाधान काठमाडौं उपत्यकामा नै दौडने गरेका छन् । सवारी साधान धेरै र सडकमा चाप बढी हुन थालेका कारण दुर्घटनाको दर पनि बढ्दै गएको छ । पछिल्ला समय सडक र सवारीको नियम पालना नगर्ने र चालकको लापर्वाहिका कारण पनि सवारी दुर्घटना आकासिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । सवारी साधान असुरक्षित भएको होइन, चालककै कारण असुरक्षित हुने गरेको पनि प्रहरीको भनाइ छ । नेपालमा संख्यामा थोरै भएपनि लामो छोटो दुरी सबैक्षेत्र दैडने गरेको सडकमै दौडने पर्यटक सवारी भने निकै सुरक्षित देखिएको छ । सार्वजनिक सवारी साधानको तुलनामा कम दुर्घटना भएको, यात्रुको विश्वसनियताको साधन बन्दै गएको र पर्यटक सवारी साधनले पनि यात्रु सेवालाई विषेश ध्यान दिएको व्यवसायीको भनाइ छ । ‘पर्यटक सवारीको निश्चित मापदण्ड हुने, गति सिमित राख्नुपर्ने, सवारीमा हुनसक्न कमी कमजोरीको मूल्यांकन गरेर सुधारको उपाय अबलम्बन गरिहाल्ने कारण पनि हामीले विश्वसनिय सेवा दिन सकिरहेका छौं’ आचार्यले भने । यात्रुको अधिकारलाई ध्यानमा दिने बानी सबैभन्दा राम्रो पक्ष हो । सुरक्षित यात्रा गर्न पाउने सबै यात्रुको अधिकार हो । हामीले समय समयमा दिने तालिम र हरेक सवारी साधनको कम्पनीसँग हुने टिमवर्क नै पर्यटक सवारीको सफलताको पाटो भएको दाबी आचार्यको छ । कति छन् पर्यटक सवारी नेपालमा हरियो नम्वर प्लेटका सवारी साधान संचालन गर्न रूटमा चल्ने ठूला र रूटमा नचल्ने साना हलुका सवारी गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ । ट्राभल तथा टुर कम्पनीले प्रयोग गर्ने ठूला सवारी सडकको रूटमा पर्यटक बोकेर हुँइकिने गरेका छन् । साना सावारी भने विमानस्थलबाट पर्यटक ल्याउने, पुर्याउने र आवश्यक पर्दा रिजर्भमा जाने गरेका छन् । यस्ता सवारीमा कार, जिप र भ्यान छन् । साना सवारीका साधन नेपाल टुरिष्ट भेइकल एसोसिएशन (एनटीभीए) अन्र्तगत रहेका छन् । यी सवारी नेपालमा हाल एक हजारको संख्यामा रहेका छन् । काठमाडौंबाट चितवन, पोखरासहितका सडक रुपटमा गुड्ने ठूला पर्यटक सवारी करीब एक सय ५० वटा जति छन् । यी सवारी हरिया नम्बर प्लेटका हुन । विभिन्न ट्राभल एजेन्सीले पर्यटक बोक्न भित्र्याएका यस्ता सवारी साधन काठमाडौं भित्रबाट सेवा दिने र बाहिरबाटगरी एक सय ५० भन्दा बढी नभएको टुरिष्ट बस एसोसिएशनको भनाइ छ । सबै गरी पर्यटक सवारी करिब १२ सय वटा जति छन् । कहाँ दोडन्छ पर्यटक सवारी उपत्यकामा पर्यटकलाई विमानस्थल जाने ल्याउनेदेखि विभिन्न पर्यटकीय गन्तव्यमा जाने सवारी साधान कार, जिप र भ्यान हुन । यी सवारी साधार सडक रूटमा गुड्दैनन । सम्बन्धित कम्पनीले आफ्ना पर्यटकलाई विभिन्न आन्तरिक पर्यटकीय गन्तव्यमा लैजाने र ल्याउनेदेखि उपत्यकाभित्रै संचालन हुने गरेका छन् । अन्य ठूला पर्यटकीय सवारी साधान भने काठमाडौंबाट पोखरा, चितवन, विराटनगरहितका गन्तव्यमा संचलन हुने गरेका छन् । पोखराबाट पनि चितवन, काठमाडौं, लुम्बिनीसहितका गन्तव्यमा जाने गरेका छन् । व्यवसायीले पर्यटक सवारीलाई काठमाडौं दिल्ली र पोखरा दिल्ली पनि संचालन गरिरहेका छन् । यी ठूला यात्रुबाहक पर्यटक सवारीले आन्तरिक तथा वाह्य पर्यटकलाई सेवा दिने गरेका छन् । आधुनिक सेवा सुविधामा पर्यटक सवारी पर्यटक सवारी साधन संचालन गर्ने व्यवसायीको अनुसार नेपालमा पछिल्लो समय विभिन्न सेवा र सुविधामा पर्यटक सवारी नेपाल भित्रन थालेका छन् । अन्तर्राष्ट्रिय स्तरमा पर्यटक सवारीले दिने सेवा तथा सुविधालाई पर्यटक सवारीले नेपालमा पनि सुविधा दिन थालेका हुन । यस्ता पर्यटक सवारी एसी, वाईफाई, आरामदायी सिट, सवारी साधानभित्रै चिया कफिको सुविधासहतिका सेवामा संचालन हुन थालिसकेको व्यवसायीको भनाइ छ । नेपाल भित्रिएकै सवारी साधानले हरियो नंम्बर प्लेट लिएर सडकमा गुड्ने गरेका कारण पहिल्यै पर्यटक सवारी भनेर कुनै चर्चा हुने गरेको छैन । नेपालमा आएकै सवारी व्यवसायीले खरिद गर्ने र पर्यटन मन्त्रालयबाट आवश्यक मापदण्ड पु¥याएर हरियो नम्बर प्लेटको सुविधा लिने गरेका छन् । के छ पर्यटक सवारीमा सुविधा नेपालमा व्यवसायीक प्रवद्र्धन गर्न सरकारले हरियो नम्बर प्लेटको सवारी दर्ता गर्ने सुविधा दिएको हो । कुनै पनि ट्राभल कम्पनीले आफूले गर्ने वार्षिक कारोबार, व्यवसायको प्रकृति, पर्यटकीय सेवासहितको विवरण खुलाएर पर्यटन मन्त्रालय अन्तर्गनको पर्यटन विभागमा आवदेन दिएर मात्रै हरियो नम्बर प्लेट लिन सक्छन् । पर्यटन मन्त्रालयले सिफारिश गरेको आधारमा मात्रै व्यवसायीले निजी नम्बर प्लेटलाई हरियोमा परिवर्तन गर्न पाउने व्यवस्था छ । यस्ता सवारी उपत्यकाकै पर्यटकीय सेवा र सुविधामा प्रयोग हुने गरेका छन् । हरियो नम्बरको सवारी साधानलाई आयात गर्दा भन्सार छुट, सडकमा गुड्न पर्यटक बोक्ने भएकै कारण प्राथमितासहितको सेवा र सुविधा हुने गरेको छ ।
नाडा अटो शो सुरु, नयाँ सवारी साधन सार्वजनिक गर्ने प्रतिष्पर्धा
काठमाडौं, १४ भदौं । राजधानीको भृकुटीमण्डपमा अटो मोबाइलको कुम्भ मेला सुरु भएको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरेको अटो शोमा दर्जनौ कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गरेका छन् । १९ गतेसम्म सञ्चालन हुने मेलामा ७४ वटा कम्पनीका १२५ वटा स्टलहरू रहेका छन् । शोमा १६ वटा ब्राण्डका चार पाङग्रे, १५ वटा ब्राण्डका दुई पाङग्रे तथा ५ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू रहने छन् । चार पाङग्रेमा डाट्सुन, फियट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, एमजी, निशान, रेनाउल्ट, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भल्कसवागेन र साङयोङ रहेका छन् । यीमध्ये अधिकांश कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गरेका छन् । दुई पाङग्रेमा बजाज, बेला, बेनेली, हिरो, होण्डा, केटिएम, महिन्द्रा, रोयल इनफिल्ड, रनर, स्कोमाडी, सुजुकी, टिभिएस, युएम ग्लोबल, भेस्पा र यामाहा कम्पनी सहभागी छन् । हेवी कमर्शियलमा अशोक लिलेण्ड, आइसर, इस्कोर्ट, महिन्द्रा र टाटा रहेका छन् । अटो शोमा बिभिन्न वित्तिय संस्था, नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको पनि सहभागिता रहने छ । मेलामा नयाँ सवारीका साथै लुब्रिकेनट, स्पेयर्स तथा वर्कशप, बैंकलगायत सहायक सेवा तथा बस्तुहरुको पनि प्रदर्शनी रहेको छ । ६ दिन सम्म चल्ने नाडा अटो शोमा ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने २ अर्बको कारोबार हुने अनुमान गरिएको छ । नाडा अटो शोमा नयाँ सवारी साधन ल्याउने प्रतिष्पर्धा, धमाधम नयाँ गाडी सार्वजनिक हुँदै
अटो लोनमा बैंकहरुबीच प्रतिष्पर्धा, न्यूनतम व्याजदर ४.५ प्रतिशतसम्म
काठमाडौं, १४ भदौ । अटो लोनमा बैंकहरुबीच तीब्र प्रतिष्पर्धा देखिएको छ । राजधानीमा मंगलबारदेखि सुरु भएको ११ औं नाडा अटो शोमा बैंकहरुले अटो लोनमा तीब्र प्रतिष्पर्धा गरेका हुन् । ग्लोबल आइएमई, एनएमबी, हिमालयन, जनता, सिभिल, माछापुछ्रे, मेगा र सानिमा लगायतका बैंकले न्युनतम ब्याजदरमा अटो लोन प्रवाह गर्न प्रतिष्पर्धा सुरु गरेका हुन् । बैंकहरुले न्युनतम सेवा शुल्क सहित अधिकतम कर्जा अवधीमा अटो लोन उपलब्ध गराएउन लागेका हुन् । हिमालयन बैंक हिमालयन बैंकले एनबीएल हायर पर्चेज लोनका नाममा शुन्य दशमलब २५ प्रतिशत सेवा शुल्कमा ८० प्रतिशतसम्म अटो लोन प्रवाह गरिरहेको छ । अटो शोका दौरान नाम गराएर ३० दिनपछिसम्म यो अफर अनुसार सवारी साधन खरिद गर्न सकिन्छ । कम्पनीले जुनसुकै कम्पनीका कारको खरिदमा यस्तो सुबिधा उपलब्ध गराउँछ । एनआइसी एसिया बैंक एनआइसी एसिया बैंकले अटो लोन नाममा ६ दशमलब २५ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म ऋण सात वर्षका लागि उपलब्ध गराउँछ । यसको सेवा शुल्क शुन्य दशमलब ७५ प्रतिशत कायम गरिएको छ । बैंकले अन द स्पट फाइनान्सको सुबिधा समेत उपलब्ध गराएको छ । ग्लोबल आइएमई बैंकले ६ दशमलब ९९ प्रतिशतमा ब्याजदरमा स्पेशल अटो लोन उपलब्ध गराएको छ । यसको सेवा शुल्क शुन्य दशमलब ७५ प्रतिशत तोकिएको छ भने कर्जा अवधी ७ बर्ष रहेको छ । बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँछ । एनएमबी बैंक यो बैंकले पाँच बर्षे कर्जा अवधीका लागि एक प्रतिशत सेवा शुल्क लिएर ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिरहेको छ । एनएमबीको ब्याज दर ६ दशमलब ४९ प्रतिशत रहेको छ । यो बैंकले पनि स्पट फाइनान्सको सुबिधा दिएको छ । मेगा बैंक मेगा अटो लोनका नाममा बैंकले ७ प्रतिशतको ब्याजदरमा शुन्य दशमलब ७५ प्रतिशत सेवा शुल्क तोकेर ८० प्रतिशतसम्म अटो लोन दिईरहेको छ । यसले पनि ७ वर्षको कर्जा अबधि तोकेको छ । मेगाले दुई दिनमै कर्जा प्रवह गर्ने समेत बताएको छ । माछापुछ्रे बैंक एमबीएल इजी कार लोन अफरसहित माछापुछ्रे बैंकले शुन्य दशमलब ६५ प्रतिशतको सेवा शुल्कमा ८२ प्रतिशत अटोलोन प्रवाह गर्छ । यसको ब्याजद ६ दशमलब ७५ प्रतिशत मात्रै रहेको छ । बैंकले तीन दिनमा कर्जा प्रवाह गर्ने बताउँदै कर्जा अबधि ७ वर्ष नै तोकेको छ । सानिमा बैंक सानिमाले ६ दशमलब ९९ प्रतिशतको ब्याजदरमा एक प्रतिशत सेवा शुल्क लिएर ८० प्रतिशतसम्म अटो लोन प्रवाह गरिरहेको छ । बैंकले ७ बर्षे कर्जा अवधी तोकेको छ । लक्ष्मी बैंक लक्ष्मी बैंकले पनि शुन्य दशमलब ५ प्रतिशत सेवा शुल्कमा ६ दशमलब ९९ प्रतिशतको ब्याजदरमा सात वर्षका लागि अटो लोन दिईरहेको छ । लक्ष्मी बैंकले पाँच बर्षे कर्जा अबधिका लागि ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँछ । सिभिल बैंक सिभिल बैंकले फियट र स्कोडाका कारहरुको खरिदमा ४ दशमलब ५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउँदैछ । यसको सेवा शुल्क पनि शुन्य दशमलब ५ प्रतिशत मात्रै तोकेको छ । यसको कर्जा अबधि पनि ७ वर्ष नै रहेको छ । सिभिलले अन्य कम्पनीका सवारी साधनमा भने ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।