अशोक लेलैण्डको ‘क्याप्टेन’ टिपर नेपाली बजारमा, चालकलाई आरामदाई क्याबिनका साथै सवारी सञ्चालन लागत कम गर्ने

काठमाडौं । अशोक लेलैण्ड लिमिटेडको व्यवसायिक गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स प्रालिले नयाँ “क्याप्टेन” टिपर नेपाली बजारमा लन्च गरेको छ । आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रवाहक एक भगिनी संस्थाले सोमबार बौद्धको होटेल हयात रेजेन्सीमा एक कार्यक्रम गरी नेपालमा उक्त टिपरको बिक्री वितरण शुरु गरेको हो । उक्त कार्यक्रममा आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैण्डका ग्लोबल ट्रकको प्रेसिडेन्ट अनुजक थुरियाको उपस्थिति रहेको थियो । कम्पनीका अनुसार अशोक लेलैंडको क्याप्टेन सिरिजका गाडीहरुमा उच्च माइलेज, बढ्दो सवारी अपटाइम र कम भन्दा कम टीप समय रहेको छ । जसले गर्दा सवारी सञ्चालन लागत कम गर्नेछ । क्याप्टेन गाडीहरुमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक बिशेषताहरु भएकोले चालकलाई गाडीको विभिन्न अवस्थाहरुको बारेमा जानकारी प्राप्त हुन्छ । यस ट्रकले नेपालको उच्च दक्षता भएको ट्रकको बढ्दो मागलाई पुरा गर्ने कम्पनीको विश्वास रहेको छ । क्याप्टेन टिपरका मुख्य आकर्षण भनेको राम्रो कार्यदक्षतार चालकलाई आरामदाई क्याबिन रहेको छ । यसमा ६ प्रकारको एड्जस्टेबल सस्पेण्डेड चालक सिट, टिल्टेबल र टेलिस्कोपिक स्टियरिङ्ग कलमं, वातानुकुलित क्याबिन र म्युजिक सिस्टम रहेको छ । क्याप्टेन सिरिजका गाडीहरुले ३ वटा क्षेत्रहरु जस्तै चालकलाई आराम, विश्वसनीयतार कार्यक्षमतालाई ध्यान दिदैं नेपाली बजारमा प्रतिस्पर्धामा उत्रेको छ । क्याप्टेन सिरिजका ट्रकहरुतथा टिपरहरु १६ देखि ४९ टनसम्मका विभिन्न प्रकारका टिपर, ट्रेक्टर, र ट्रक उपलब्ध छन् । कार्यक्रममा आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैण्डको नयाँ क्याप्टेनले ग्राहकहरुको अपेक्षालाई सर्वोपरी गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । आइएमई मोटर्स प्रालि नेपालका लागि अशोक लेलैण्ड कमर्सियल गाडी हरुको आधिकारिक बिक्रेता हो । नेपाल भरि आफ्ना शाखा तथा डिलरका सेल्स, सर्भिसर पार्ट्स नेटवर्क मार्फत आइएमई मोटर्सले ग्राहकहरुलाई सजिलो र सुलभ तरिकाले सेवा प्रबाह गर्दै आएको छ ।

सिप्रदी अटोपार्ट्सद्धारा च्याम्पीयन मिट सम्पन्न, रिटेलर्सलाई १५ विधामा सम्मान

काठमाडौं । सिप्रदी अटोपार्टस प्रा.लि. ले पोखरा स्थित होटल ग्राण्डीमा च्याम्पीयन मिट सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्ट्सका तर्फबाट कस्टमर केयर प्रमुख गणेश सेट्टीले गरेका थिए । कार्यक्रममा विगत बर्षमा विभिन्न विधामा उत्कृष्ट काम गर्ने रिटेलर्सहरुलाई १५ विभिन्न विधामा सम्मान गरिएको थियो । जसमा नेपाल च्याम्पीयनका रिटेल विधामा श्री माँ चण्डेश्वरी अटो स्पेयर प्रथम भएको छ भने ओभरअल विधामबुटवल स्थित गण्डकी अटो ट्रेडिङ्ग प्रा.ली विजेता भएको छ । त्यसैगरी छोटा तथा मझौला(एसएलभी) विधामा जल्पादेवी अटो सेन्टर प्रथम भएको छ । त्यस्तै, हाइएस्टलाईन आइटम मिर्चैयाका दयाल मोटर पाट्स एण्ड सप्लाइजले पाए भने क्षेत्रगत अन्तर्गत काठमाडौंएमा-माँ चण्डेश्वरी अटो स्पेयर, काठमाडौं बीमा त्रिशुल अटामोबाईलस् ट्रेर्डस, सेन्ट्रल ए मा– गोयल ट्रेडस्, पोखरा सेन्ट्रलबीमा-यातायात ब्यवस्था सहकारी संस्था लिमिटेड, हेटौडा, सेन्ट्रलसीमा-श्री दुर्गा मोटर पार्टस् इष्ट एमा-ग्यालेक्सी अटो प्रा. ली ., र्बितामोड इष्ट बीमा दयाल मोटर पार्टस् एण्ड सप्लाइज, र्मिचैया, वेष्टमा बोहरा ट्रेडले प्राप्त गरेका कम्पनीले जनाएको छ । साथै, आधिकारीक सर्भिस सेन्टरको बिधामा भने काठमाडौका जल्पा देबि अटो सेन्टर, बुटवलमा श्री गण्डकी अटो ट्रेडिङ्ग प्रा.ली र नारायणघाटमा श्री दुर्गा एण्ड सन्स अटोमोबाइलले प्राप्त गरेका छन् । त्यसैगरी, कार्यक्रममा सिप्रदी अटो पाट्र्सले नेपालभरका ६० जना च्याम्पीयनहरुलाई स्किम अन्तर्गत दुइ जनालाई युरोप टुर, ४ वटा स्कुटर, २०० तोला सुन, ४ वटा ल्यापटप, ५ जनालाई थाईल्यान्ड टुर वितरण गरेको थियो ।

अशोक लेलैण्ड र रेनो कारका बिक्रेतालाई आपुर्ति विभागले सोध्यो ३ दिने स्पष्टीकरण

काठमाडौं । अशोका लेलैण्ड गाडीको आधिकारीक बिक्रेतालाई आपुर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले तीन दिने स्पष्टीकरण सोधेको छ । अशोक लेलैण्डको आधिकारीक बिक्रेता आईएमई मोटर्स र रेनो गाडीको आधिकारीक बिक्रेता एड्भान्स अटोमोबाइल प्रालिले बढि मूल्यमा गाडी बेचेको आशंकामा विभागले तीन दिन भित्र स्पष्टीकरण सोधेको हो । अनुगमनका क्रममा गाडीको खरिद मूल्य र बिक्रि मूल्यबीचको फरक पुष्टि गर्न नसकेपछि विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठको नेतृत्वमा आईएमई मोटर्स प्रालिको विभिन्न गाडीहरुको मूल्य सूचिमा अनावश्यक खर्चहरु जोडेको भेटिएको छ । ‘गाडीको मूल्य सूचिमा इन्टरर्नल अपरेशनल एण्ड ओदर, एड्मिनिस्ट्रेटीभ एक्सपेन्सेस, एड्भर्टाइजमेन्ट एण्ड विजनेश प्रमोसनको रुपमा अतिरिक्त खर्च लिएको देखिएको छ, उनले भने ‘के कति कारणले उक्त शिर्षमा खर्च देखाइएको हो सो सम्बन्धमा स्पष्ट प्रमाणसहित तीन दिनभित्र विभागमा पेश गर्न निर्देशन दिएका छौं । त्यस्तै विभागले काठमाडौं स्थित थापाथलीको रेनो गाडीको आधिकारीक बिक्रेता एड्भान्स अटोमोबाइल प्रालिमा गरेको अनुगमनको क्रममा मुख्यगरी पाछिल्लो समय कम्पनीले भित्र्याएको डस्टर लगायतका गाडीको मूल्य सूचि खरिद बिक्री बिल जस्ता आवश्यक कागजात देखाउन नसकेपछि तीन दिनभित्रमा विभागमा पेश गर्न निर्देशन दिएको छ ।