दशैं उत्सव: बजारमा किनमेल गर्नेको ठेलमठेल (फोटोफिचर)
काठमाडौं । नेपालीहरूको महान चाड विजया दशमी घर आँगनमै आइसकेकाे छ । दशैं मनाउन विदेश गएकाहरू धमाधम स्वदेश फर्किरहेका छन् भने सहर पसेकाहरू पनि गाउँ गइरहेका छन् । तीन लाखभन्दा धेरैले काठमाडौं उपत्यका छाडिसकेका छन् । दशैं नजिकिएसँगै विभिन्न सामानहरू किन्न बजारमा उल्लेख्य भीड लागेकाे छ । काठमाडौंको न्युरोड, असन, बौद्ध, रत्नपार्कलगायत विभिन्न ठाउँमा किनमेल गर्नेहरूकाे भीड देख्न सकिन्छ । साेही भीडलाई विकासन्यूजका फाेटाे पत्रकार साैगात पुडासैनीले तस्बिरमा खिच्ने जमर्काे गरेका छन् ।
मंगलदीप गुलाफ चन्दन अगरबत्ती नेपाली बजारमा
काठमाडौं । ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा सार्वजनिक भएको छ । सूर्य नेपाल भेन्चर्सले आफ्नो नयाँ उत्पादन ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार आकर्षक प्याकेजीङले सुसज्जित गुलाफ चन्दन अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० वटा काँटीहरू रहेका छन् । कम्पनीले गुलाफ चन्दन अगरबत्तीको प्रत्येक प्याक को बिक्री मूल्य ५० रुपैँया कायम गरेको छ । यस अगरबत्तीमा हरेक शुभ कार्यका निम्ति उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने छ । उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदिप पुजा अगरबत्तीले मंगलदीप ब्राण्डको छवि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउने विश्वास कम्पनीले लिएको छ ।
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ६० हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।