एभरेष्ट बैंकको नाफा २ अर्ब ११ करोड रुपैयाँ, लाभांश क्षमता ३१.९३ प्रतिशत
काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २ प्रतिशत बढेर २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशत बढेर ४ अर्ब ५७ करोड २९ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ३१ करोड ५८ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २०.३८ प्रतिशत बढेर ९२ करोड ९ लाख ५४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशत बढेर ५ अर्ब ८१ करोड ४७ लाख ७६ हजार रुपैयाँ र सञ्चालन नाफा २ प्रतिशत बढेर ३ अर्ब १७ करोड १६ लाख ४६ हजार रुपैयाँ गरेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३४ करोड २८ लाख ३१ हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ३१.९३ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ करोड ६७ लाख ७१ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ६ प्रतिशत बढेर १३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब ९४ करोड ८३ लाख ७८ हजार रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २.०५ प्रतिशत बढेर ३ खर्ब ४ अर्ब ९५ करोड ८७ लाख १९ हजार रुपैयाँ र कर्जा लगानी १०.७७ प्रतिशत बढेर २ खर्ब ३६ अर्ब ४२ करोड ७२ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ४३ करोड ८४ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.१९ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ४.७५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १.२० रुपैयाँ घटेर ३०.८६ रुपैयाँमा सीमित छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.३९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३५.१५ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ०.६८ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ०.६६ प्रतिशत खराब कर्जा थियो ।
नेपाल बैंकको नाफामा १८३ प्रतिशत उछाल, ईपीएस १७.७६ रुपैयाँ
काठमाडौं । नेपाल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १८३ प्रतिशत बढेर १ अर्ब ३० करोड ४८ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा ४६ करोड १० लाख १७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशत घटेर ४ अर्ब ४४ करोड २९ लाख १५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६२ करोड ६६ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १७.१६ प्रतिशत घटेर ४४ करोड ८४ लाख ३५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.५९ प्रतिशत घटेर ५ अर्ब ३४ करोड ९० लाख ९४ हजार रुपैयाँ र सञ्चालन नाफा ३९४.६४ प्रतिशत बढेर २ अर्ब ६ करोड १५ लाख ६ हजार रुपैयाँ गरेको छ । बैंकको वितरणयोग्य नाफा ९१ करोड ४९ लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ६० करोड ७१ लाख ७५ हजार रुपैयाँ थियो । १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ७८ करोड २३ लाख ५८ हजार रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ९.८७ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ८७ करोड ६१ लाख ३८ हजार रुपैयाँ र कर्जा लगानी ४.४४ प्रतिशत बढेर २ खर्ब ३० अर्ब ३० करोड ३ लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ३ खर्ब ३२ अर्ब ९ करोड २३ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २० अर्ब ४९ करोड ९७ लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६७.४८ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ४.९६ प्रतिशत रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ११.४९ रुपैयाँ बढेर १७.७६ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.५७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २६२.४३ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ५.३४ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ४.९९ प्रतिशत खराब कर्जा थियो ।
यस्तो छ मंगलबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ६५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ११ पैसा र बिक्रीदर २१ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाईभाट एकको खरिददर चार रुपैयाँ ७२ पैसा र बिक्रीदर चार रुपैयाँ ७४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३० पैसा र बिक्रीदर २३ रुपैयाँ ३९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।