एसबिआई बैंकको नाफा २ अर्ब नाघ्यो, लाभांश क्षमता ११.०४ प्रतिशत
काठमाडौं । नेपाल एसबिआई बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १२.८८ प्रतिशत बढेर २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १.२९ प्रतिशत बढेर ५ अर्ब ३३ करोड ४३ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब २६ करोड ६० लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३० करोड २७ लाख ६८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ७ अर्ब १५ करोड ७८ लाख २४ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ९१ करोड ६१ लाख ४१ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २१ करोड ६१ लाख ७९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ८० करोड ३५ लाख ९० हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ७४ करोड ५२ लाख ४९ हजार रुपैयाँ थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ११.०४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब १९ करोड ७१ लाख १७ हजार रुपैयाँ र लाभांश क्षमता १०.९८ प्रतिशत थियो । ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ४८ करोड ६१ लाख २४ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ६.६२ प्रतिशत बढेर २ खर्ब १२ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ र कर्जा लगानी ८.२३ प्रतिशत बढेर १ खर्ब ४६ अर्ब ७ करोड ७७ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ७१.१६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १५.९८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १८.०४ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात २१.७७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १९४.७३ रुपैयाँ छ । बैंकको खराब कर्जा ३.३५ प्रतिशतबाट घटेर २.९२ प्रतिशतमा झारेको छ ।
मुक्तिनाथ विकास बैंकको नाफा १.५१ अर्ब, कर्जा १ खर्ब नाघ्यो
काठमाडौं । मुक्तिनाथ विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १२.४४ प्रतिशत बढेर १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ३५ करोड ३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशत बढेर ४ अर्ब ७४ करोड ३८ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ५७ करोड ७४ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ५४ करोड ९८ लाख १७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५ अर्ब ३९ करोड ८२ लाख ७ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ४२ करोड २७ लाख ७ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी ५५ करोड ८१ लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५ अर्ब १९ करोड ५८ लाख ६५ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब १ करोड ५० लाख ५४ हजार रुपैयाँ थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा ६७ करोड ५७ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ८.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ३५ करोड ४१ लाख २ हजार रुपैयाँ र लाभांश क्षमता १९.२२ प्रतिशत थियो । ८ अर्ब ३ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २७ करोड २ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ५.२० प्रतिशत बढेर १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ र कर्जा लगानी ३.३७ प्रतिशत बढेर १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले १ खर्ब १७ अर्ब ४३ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब २२ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ८३.८६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १९.१६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर १८.९८ रुपैयाँमा सीमित भएको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १९.१३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६१.६२ रुपैयाँ छ । बैंकको खराब कर्जा २.९७ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ ।
यी हुन् स्मार्टसेल घोटाला प्रकरणका २२ जना प्रतिवादी
काठमाडौं । स्मार्टसेल घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को सिंगो सञ्चालक समितिलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ। सीआईबी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा एनआईएमबीका अध्यक्ष पृथ्वीबहादुर पाँडे, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाँडे तथा सञ्चालकहरू प्रनय राजभण्डारी, दीपांकर शाक्य, कविकुमार तिव्रेवाला, शालिकराम बेलवासे र शोभा श्रेष्ठलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ। प्रहरीले बैंकविरुद्ध करिब ४ अर्ब ६० करोड रुपैयाँ बिगो मागदाबी गर्नुपर्ने राय दिएको स्रोतको भनाइ छ । त्यस्तै, सीआईबीले एनसेलका अध्यक्ष सतिशलाल आचार्य, सञ्चालक सदस्य सचिनलाल आचार्य र स्वामित्व संरचनामा रहेकी भावना सिंह श्रेष्ठसहित नौ जनालाई पनि प्रतिवादी बनाउन सिफारिस गरेको छ। स्मार्टसेलसँग सम्बन्धित कारोबार तथा सम्पत्ति व्यवस्थापन प्रक्रियामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि मुद्दा चलाउनुपर्ने राय दिइएको छ । स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी तथा स्मार्टसेलको सम्पत्ति खरिदका लागि भएको लिलामी प्रक्रियामा प्रतिस्पर्धामा रहेका ट्रान्सटेक कम्पनीका प्रतिनिधि पलिना श्रेष्ठ र नरेन्द्र उलकलाई पनि प्रतिवादी बनाउन सिफारिस गरिएको छ। यसैगरी, प्रोफेसनल बिजनेस नेटवर्क कम्पनीका प्रतिनिधिलाई समेत प्रतिवादी बनाएर मुद्दा अघि बढाउन सीआईबीले राय दिएको छ । दूरसञ्चार क्षेत्रको नियमनसँग जोडिएको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारीलाई पनि प्रतिवादी बनाउन सिफारिस गरिएको स्रोतले जनाएको छ। स्मार्टसेलको सम्पत्ति तथा दूरसञ्चार पूर्वाधार व्यवस्थापनसँग सम्बन्धित कारोबारमा सरकारी स्वामित्व तथा हितमा असर पुग्ने गरी काम भएको निष्कर्षका आधारमा सीआईबीले विभिन्न पक्षका व्यक्तिलाई प्रतिवादी बनाउन सिफारिस गरेको हो । सीआईबीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ। सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन र उपलब्ध प्रमाणको अध्ययन गरेपछि मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाउनेछ ।