नेको इन्स्योरेन्सको नाफा १५ प्रतिशत बढ्यो, ईपीएस २१.९९ रुपैयाँ
काठमाडौं । नेको इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १५.२३ प्रतिशत बढेर २२ करोड १२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६.१० प्रतिशत बढेर ६१ करोड ६० लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ५८ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी १०.६९ प्रतिशत घटेर ३३ करोड ९१ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ९७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १९.४२ प्रतिशत बढेर १ अर्ब १५ करोड रुपैयाँ गरेको भने कुल खर्च १.६७ प्रतिशत बढेर ६९ करोड ४१ लख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ, विशेष जगेडा कोषमा १ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ, महाविपत्ती कोषमा १२ करोड २३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३६ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा २६ करोड ४७ लाख रुपैयाँ रहेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २१.९९ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी ३८.३४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३०.१ रुपैयाँ रहेको छ ।
बैंकले २ करोडसम्मको कर्जालाई रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने
काठमाडौं । बैंकहरुले २ करोडसम्मको कर्जालाई रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोड रुपैयाँसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरेको हो ।
रिलायबल नेपाल लाइफको लाभांश पारित, सञ्चालकमा दुई जना निर्विरोध
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । माघ २९ गते सम्पन्न कम्पनीको सातौं वार्षिक साधारण सभाले प्रस्तावित १६.८४ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश पाउने छन् । सभाबाट सञ्चालक समितिमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । सभाबाट कम्पनीमा पहिलो पटक सर्वसाधारण सेयरधनीहरुको तर्फबाट डा. भिष्म कार्की र दिवेश लोहनी निर्वाचित भएका हुन् । यसै वर्ष सर्वसाधारणमा प्रिमियममा सेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ नाघेको छ । त्यस्तै, कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटलसहितको एकीकृत वित्तीय विवरणहरु तथा लेखापरीक्षकको नियुक्ति सम्बन्धी विभिन्न प्रस्तावहरु पारित गरेको छ ।