राष्ट्र बैंकले घटाएर पठायो आशा लघुवित्तको लाभांश

काठमाडाैं । आशा लघुवित्त वित्तिय संस्थाकाे लाभांश घटेकाे छ । नेपाल राष्ट्र बैंकले लघुवित्तकाे लाभांश ६.०५२६ प्रतिशत घटाएर पठाएकाे हाे । याेसँगै लघुवित्तकाे सेयरधनीले १४.२८५७ बाेनस सेयर र ०.७१४३ प्रतिशत नगद लाभांश गरेर कुल १५ प्रतिशतमात्र लाभांश पाउनेछन् । यसअघि कम्पनीले सेयरधनीलाई २० प्रतिशत बाेनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश गरेर कूल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेकाे थियाे ।  

शिखर इन्स्योरेन्सका सर्भेयरलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि तालिम

काठमाडौं । शिखर इन्स्योरेन्सले ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धमा मिटिङ्ग आयोजना गरेको छ । फागुन १२ गते इन्स्योरेन्सले आफ्ना सर्भेयरहरुका लागि उक्त मिटिङ्ग आयोजना गरेको हो । जुन अनलाइन प्लेटफर्म जुम मार्फत सम्पन्न भएको हो । मिटिङ्गको उद्देश्य सम्पत्ति शुद्धीकरण गर्ने र आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण र यसले देश जनतालाई कसरी फाइदा गर्छ ? भन्ने विषयमा छलफल भएको थियो । जसमा सम्पति शुद्धीकरण के हो ? सम्पत्ति शुद्धीकरण कसरी गरिन्छ ? सम्पति शुद्धीकरणको चक्र, सम्पत्ति शुद्धीकरण किन गर्नुपर्छ ? बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणको महत्व के हो ? यसको कानुनी रुपरेखा, सम्पत्ति शुद्धीकरणको लागि बीमकहरुले पालन गर्नुपर्ने काम र कर्तव्यहरू, सम्पत्ति शुद्धीकरणमा सर्भेयरहरुको भूमिका आदिको बारेमा जानकारी गराइएको थियो । यससँगै उक्त मिटिङ्गले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका मुद्दाहरूको बारेमा सर्भेयरहरूलाई चेतना जगाएको कम्पनीको दावी छ । आफ्ना सर्भेयरहरुलाई सचेत गराउन भविष्यमा पनि यस्ता जानकारीमूलक मिटिङ्गहरु आयोजना गर्न शिखर इन्स्योरेन्स प्रतिबद्ध रहेको छ ।

प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुँदै

काठमाडौं । प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार बुधबारदेखि रोक्का हुने भएको छ । दुई कम्पनीले फागुन १७ गते बुधबारदेखि  सिद्धार्थ इन्स्योरेन्ससँग सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्न लागेको हुँदा सेयर कारोबार  बुधबारदेखि रोक्का हुने भएको हो । प्रिमियर र सिद्धार्थबीच बराबरी हैसियत अर्थात एक बराबर एकको स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको छ । मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवार क्षेत्री रहने छन् । सो अनुसार मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने कम्पनीले जानकारी दिएको छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ ।