मेटलाइफ फाउण्डेसनले १५० करोड डलरको कोष निर्माण गर्ने
काठमाडौं । मेटलाइफ फाउण्डेसनले विश्वभरका अल्पसेवा र न्यून प्रतिनिधित्व भएका समुदायहरूको आवश्यकतालाई सम्बोधन गर्न समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने भएको छ । कम्पनीले बुधबार उक्त योजना सञ्चालन गर्ने घोषणा गरेको हो । फाउण्डेसनको उक्त योजनाले मेटलाईफको २०३० विविधता, समता र समावेशिता प्रतिबद्धतालाई सहयोग पुग्ने विश्वास लिएको जनाएको छ । उक्त योजनामा फाउण्डेसनले १५० करोड डलर कोषको निर्माण गर्ने जनाएको छ । मेटलाइफले २०२१ देखि २०३० को अवधिमा सीमान्तकृत समुदायका परिवारहरूलाई समर्थन गर्न ८ लाख कर्मचारी स्वयंसेवक पनि खटाएको जनाएको छ । फाउण्डेशनले आर्थिक समावेशीकरणका लागि अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई उच्च दक्षता र पुनः सीप गर्ने प्रतिभाको विकास गर्ने बताएको छ । साथै, वित्तीय स्वास्थ्यका लागि बजेट व्यवस्थापन, बचत, र क्रेडिट र लाभहरूमा पहुँचलाई सम्पत्ति निर्माण योजनाको रूपमा सक्षम पार्दै लैजाने फाउण्डशनको भनाइ छ । फाउण्डेशनले अनुसार स्वास्थ्य स्रोतहरूमा पहुँच विस्तार गर्दै जलवायु–केन्द्रित अनुदानहरू मार्फत वातावरणलाई दिगो र स्वस्थ बनाई बलियो समुदाय निर्माण गर्ने जनाएको छ । मेटलाइफका कर्पोरेट मामिला प्रमुख तथा मेटलाइफ फाउण्डेसनका अध्यक्ष माइक जारकोन १५४ वर्षदेखि मेटलाइफले आर्थिक सुरक्षा सिर्जना गरिरहेको र स्रोतसाधनको फराकिलो प्रयोग गरि सकारात्मक प्रभाव पारेको बताउँछन् । मेटलाइफ फाउण्डेसनले विश्वभरका कमजोर र सीमान्तकृत समुदायहरूका लागि अझ बढी न्यायपूर्ण र विश्वस्त भविष्यलाई अगाडि बढाउने लक्ष्य राखेको उनले बताए । २०२१ मा मेटलाइफका २५ हजारभन्दा बढी कर्मचारीहरूले ३७ देशहरूमा ६१ हजारभन्दा बढी घण्टा सेवा गरेका थिए । यस योजना अन्तर्गत फाउन्डेसनले २५ करोड डलर बढीको अनुदान जारी गरेको जनाएको छ ।
बिजनेस ग्रोथमा आक्रमक बन्दै एशियन र यूनियन लाइफ, नेपाल लाइफसहित अन्य कम्पनीको कस्तो ?
काठमाडौं । गत आर्थिक वर्षमा विभिन्न ६ जीवन बीमा कम्पनीले ९१ अर्ब रुपैयाँ बढीको बिजनेश गर्न सफल भएका छन् । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा शीर्ष ६ जीवन बीमा कम्पनीले कूल ९१ अर्ब ३५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । जसमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान र यूनियन लाइफ रहेका छन् । उक्त रकम अघिल्लो वर्षको तुलनामा ९.६० प्रतिशतले बढी हो । यी ६ वटा कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा कूल ८३ अर्ब ३५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए । रकमको आधारमा नेपाल लाइफको अग्रता रहेको छ भने बिजनेश वृद्धिदरको आधारमा एशियन लाइफ अन्य कम्पनीको तुलनामा बढी आक्रामक देखिएको छ । नेपाल लाइफले गत वर्षमा ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको कम्पनी श्रोतले जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ९.५२ प्रतिशतले बढी हो । इन्स्योरेन्सले अघिल्लो वर्षमा ३२ अर्ब ३६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै, अघिल्लो वर्ष १७ अर्बको क्लबमा रहेको लाइफ इन्स्योरेन्स गत वर्ष १८ अर्ब क्लबमा प्रवेश गर्न सफल भएको छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा ६.३० प्रतिशतले बिजनेश बढाएर १८ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी, नेशनल लाइफ बीमाशुल्कको आधारमा तेश्रो स्थानमा रहेको छ । अघिल्लो वर्ष १२ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको इन्स्योरेन्सले गत एक वर्षमा १४ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १२.६८ प्रतिशतले बढी हो । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको पनि बिजेनश दोहोरो अंकले बढेको छ । अघिल्लो वर्षको तुलनामा संस्थानको प्रिमियम ११.७४ प्रतिशतले बढेर ८ अर्ब ४७ करोड रुपैयाँ पुगेको सीईओ कबि प्रसाद पाठकले विकासन्युजलाई बताए । जुन अघिल्लो आवमा ७ अर्ब ५८ करोड रुपैयाँ थियो । यता यूनियन लाइफ र एशियन लाइफको बिजनेश वृद्धिदर अन्य कम्पनीको तुलनामा बढी छ । जसमध्ये पनि एशियन लाइफको बिजनेश २१.३२ प्रतिशतले बढेको छ । कम्पनी श्रोतका अनुसार एशियन लाइफको बीमाशुल्क बढेर ७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । जुन रकम ५ कम्पनीको तुलनामा कम भएपनि कम्पनीको ग्रोथ भने सबैभन्दा बढी छ । अघिल्लो आवमा ५ अर्ब ९१ करोड रुपैयाँको क्लबमा रहेको एशियन लाइफ यो वर्ष ७ अर्बको क्लबमा सजिलै प्रवेश गर्न सफल भएको छ । प्रतिशतका आधारमा सबैभन्दा बढी ग्रोथ गर्नेको दोश्रो स्थानमा यूनियन लाइफ रहेको छ । युनियन लाइफले अघिल्लो वर्षको तुलनामा १६.१३ प्रतिशतले बिजेनश बढाई ७ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले बताए । अघिल्लो वर्ष भने इन्स्योरेन्सको यस्तो रकम ६ अर्ब ८२ करोड रुपैयाँ थियो । हाल २० वटा कम्पनीले जीवन बीमा व्यवसाय गरिरहेका छन् । जसमध्ये यी ६ कम्पनी विभिन्न सूचकमा शीर्ष स्थानमा रहेका छन् । यो पनि पढ्नुहोस् : बीमाशुल्कमा नेको, सिद्धार्थ र एनएलजीबीच टक्कर, शिखर र सगरमाथाको अग्रता कायमै
एशियन लाइफले बढाएर घोषणा गर्यो नयाँ बोनसदर
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृतिसँगै इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नयाँ बोनदर सार्वजनिक गरेको हो । यससँगै कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म दिने भएको छ । अघिल्लो वर्ष कम्पनीले बीमितलाई न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिएको थियो । नयाँ बोनसदर अनुसार इन्स्योरेन्सको सावधिक तथा आजीवन बीमालेखका बीमितले न्यूनतम ५० देखि अधिकतम ७५ रुपैयाँसम्म पाउने छन् । बालबालिकाको सावधिक जीवन बीमालेखमा न्यूनतम ४० देखि अधिकतम ६० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि यो बीमालेखका बीमितले न्यूनतम ३८ रुपैयाँ बोनसदर पाएका थिए । त्यस्तै, सावधिक जीवन बीमालेखका बीमितले पनि न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउने छन् । यो बीमालेखको १४ वर्ष अवधिको ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५३ रुपैयाँ र २५ वा सोभन्दा माथिको लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाइने छ । त्यसैगरी, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस एशियन वार्षिक धनलाभ योजनाका बीमितले न्यूनतम ४० देखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ । साथै, बीमा समितिबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभएसम्म कम्पनीले भुक्तानी गर्ने उक्त दाबीहरुमा समेत सोही बोनसदर कायम हुने कम्पनीले जनाएको छ ।