जीवा लामिछाने विकास नायक अवार्डबाट सम्मानित

काठमाडौं । विकास नायक–२०८२ बाट सानिमा ग्रुपका सञ्चालक जीवा लामिछाने सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा लामिछानेलाई सम्मान गरेको हो ।  श्रृजनशील र निष्ठापूर्ण व्यापार व्यवसाय गरी आर्थिक सम्बृद्धिमा योगदान गरेबापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले खनाललाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । सामान्य किसान परिवारमा जन्मिएर नेपाली तथा विदेशी बिजनेस टाइकनहरुसँग प्रतिस्पर्धा गर्दै व्यावसायिक शिखरमा पुगेका पात्र हुन् जीवा लामिछाने । २० वर्षमै विदेशी भूमिमा पुगेर २५ वर्षको उमेरमा विदेशमै व्यवसाय थालेका जीवा अहिले हस्पिटालिटी क्षेत्रमा परिचित नाम बनेको छ ।  जर्मनी, बेल्जिमय र स्विजरल्याण्डमा होटल व्यवसाय गरेर एक सफल पर्यटन व्यवसायीको परिचय बनाएका जिवाले सानिमा ग्रुपमार्फत पनि बैंक, बीमा, जलविद्युत, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पनि लगानी विस्तार गरेका छन् । विदेशी भूमिमा बसेका लाखौं नेपालीलाई एकीकृत गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना तथा विस्तारमा जिवाको भूमिका अनुकरणीय छ ।  साहित्य, समाजसेवा र पर्यटन प्रवद्र्धनमा सक्रिय जीवा नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भूमिका खेलिरहेका छन् । विदेशमा कमाएको पैसालाई स्वदेशमै लगानी गर्नुपर्छ भन्ने बलियो उदाहरण र प्रेरणा जीवा लामिछाने बनेका छन् । 

कला क्षेत्रबाट अभिनेत्री सुरक्षा पन्तलाई विकास नायक अवार्ड

काठमाडौं । विकास नायक–२०८२ बाट अभिनेत्री सुरक्षा पन्त सम्मानित भएकी छिन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा पन्लाई सम्मान गरिएको हो ।  कला तथा मनोरञ्जन क्षेत्रबाट देशको प्रतिष्ठा बढाए बापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले पन्तलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । सुरक्षा पन्त नेपालली सिनेमा जगतकी एक बहुप्रतिभाशाली अभिनेत्री हुन् । मानिसको जीवन, मनोविज्ञान र भावनाका कथाहरुमा डुब्ने नायिकाको पहिचान बनाएकी सुरक्षाले एक सिर्जनशील र सफल अभिनेत्रीको परिचय निर्माण गरेकी छन् ।  कथामा नयाँपन, चिन्तन र जनजीवन खोज्ने सुरक्षा पढाइले एक इन्जिनियर हुन् । नेपाली चलचित्र उद्योगमा अभिनयको गहिराइ, चरित्रप्रतिको इमानदार समर्पण र फरक धारका भूमिकामार्फत दर्शकमाझ चिनिएकी सुरक्षाले एक दर्जन बढी सिनेमामा अभिनय गरेकी छन् । सुरक्षा आगामी दिनमा अभिनयसँगै निर्देशन, कथा लेखन तथा सिनेमा निर्माणमा पनि सक्रिय हुने योजनामा छिन् । 

डा.रामकण्ठ माकजु श्रेष्ठलाई विकास नायक अवार्ड

काठमाडौं । विकास नायक–२०८२ बाट धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा.रामकण्ठ माकजु श्रेष्ठ सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा श्रेष्ठलाई सम्मान गरेको हो । स्वास्थ्य सेवा विकासमा महत्वपूर्ण योगदान गरेबापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले श्रेष्ठलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । डा.रामकण्ठ माकजु श्रेष्ठले तीन दशकअघि लास जलाउने र फोहोर फाल्ने ठाउँमा धुलिखेल अस्पतालको निर्माण गरेर लाखौं मानिसको पुर्नजन्म दिने स्वास्थ्य संस्थाका रुपमा स्थापित गरेका छन् । कुनैबेला उपचार गर्न घण्टौं हिँडेर काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य गरेर डा. माकजुले धुलिखेलमात्रै होइन देशको १८ वटा ठाउँमा आउटरिच सेन्टर स्थापना गरेर दैलोमै उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । अष्ट्रियाको सुविधा सम्पन्न जीवनशैली त्यागेर स्वदेशको स्वास्थ्य सेवामा तल्लीन डा. श्रेष्ठले धुलिखेललाई एसियाकै दोस्रो र नेपालकै पहिलो हेल्दी सिटीको रुपमा परिचित गराउन सफल भएका छन् । अमेरिका, जर्मनी, अष्ट्रिया, सिंगापुर जस्ता सुविधा सम्पन्न देशमा हुने अत्याधुनिक उपचार धुलिखेल अस्पतालमै सम्भव बनाउनुमा डा. माकजुको योगदान अतुलनीय छ । समाज, सरकार र दातृ निकायको सहयकोगले डा. रामकण्ठ माकजुले धुलिखेललाई एक अग्रणी, स्वास्थ्य, शिक्षा र अनुसन्धानको केन्द्रको रुपमा विकास गरेका छन् । डा. रामकण्ठ माकजु गरिबले पनि उच्चस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मानसिकता र योजनाका साथ रात दिन स्वास्थ्य कर्ममा खटिएका छन् ।