मुक्तिनाथ विकास बैंकको साउन २० गते बुक क्लोज
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आगामी साउन २० गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त दिन बैंकले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय साउन १० गते बसेको कम्पनीको १७६औँ संचालक समितिको बैठकले गरेको हो । बैंकले सेयरधनीहरुलाई ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
लक्ष्मी भ्यालु फण्ड-१ ले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । लक्ष्मी भ्यालु फण्ड-१ ले आफ्ना इकाई धनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय साउन १० गते बसेको कम्पनीको ४१औँ संचालक समितिको बैठकले गरेको हो ।
चार कम्पनीको ९८ लाख ७९ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत, हेरौँ क-कसको भयो ?
काठमाडौं । बुधबार विभिन्न चारवटा कम्पनीको ९८ लाख ७९ हजार ४५१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा ९५ लाख एक हजार ७८९ कित्ता साधारण सेयर र ३ लाख ७७ हजार ६६१ कित्ता बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको र ग्लोबल आइएमई बैंकको साधारण सेयर सूचिकृत भएको हो । कसमस डेभलपमेन्ट बैंक एक्वाएर पछि सांग्रिलाको ११ लाख २४ हजार ९८७ कित्ता सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, रिलायवल डेभलपमेन्ट बैंक प्राप्ति पश्चात ग्लोबल आइएमईको ८३ लाख ७६ हजार ८०२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, भार्गव विकास बैंकको २ लाख ४० हजार कित्ता र महाकाली विकास बैंकको १ लाख ३७ हजार ६६२ कित्ता बोनस सेयर आज नेप्सेमा थपिएको छ ।