छ्याङ्दी हाइड्रोपावरको २७ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरको २७ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । बुधबार मात्रै हाइड्रोको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।

सेयर बजारमा १ अर्ब २९ करोडको सेयर कारोबार, बीमा समूह ३०९ अंकले उक्लियो

काठमाडौं । बुधबारको सेयर बजारमा एक अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनीको ९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन १५६ कम्पनीको २५ लाख ३५ हजार कित्ता सेयर किनबेच भएको छ । बुधबार नेप्से परिसूचक ८ दशमलब ८४ अंकले बढेर १६४५ दशमलब ०३ अंकमा पुगेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ३०९ अंकले उकालो लागेको छ । त्यस्तै, सो दिन कारोबार भएका बैंकिङ र हाइड्रो समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक उकालो लागेका छन् ।

मुक्तिनाथ विकास बैंकको साउन २० गते बुक क्लोज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आगामी साउन २० गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त दिन बैंकले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय साउन १० गते बसेको कम्पनीको १७६औँ संचालक समितिको बैठकले गरेको हो । बैंकले सेयरधनीहरुलाई ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।