लक्ष्मी इक्विटी फण्डको १२ करोड ५० लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । लक्ष्मी इक्विटी फण्डको १२ करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको सो मात्राको सेयर मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । सेयर सूचिकृत भएपश्चात कम्पनीले सेयर कारोबार शुरु गर्ने छ ।
सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन, प्रतिकित्ता ६०३ रुपैयाँ
काठमाडौं । मंगलबार सानिमा माई हाइड्रो पावरको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको शतप्रतिशत(१००%) हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ६०३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ रहेको छ ।
सेयर बजारमा एक अर्ब माथिको कारोबार, पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं । सोमबारको सेयर बजारमा एक अर्ब पाँच करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(आइतबार) बजारमा एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । नेशनल हाइड्रो पावर कम्पनी, अरुण फाइनान्स, हिमालयन डिष्टीलरी, राष्ट्रिय बीमा समिति र राष्ट्रिय बीमा समिति प्रमोटर सेयरका लागानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, बजारमा सबैभन्दा बढी सानिमा माई हाइड्रो पावरको ८ करोढ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११०२ रुपैयाँ रहेको छ । समग्रमा: नेप्से परिसूचक ६ दशमलब ४८ अंकले घटेर १६२९ अंकमा झरेको छ । त्यस्तै, तीन समूहको परिसूचक बाहेक अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक २६ अंकले ओरालो लागेको छ । सो दिन बीमा १००, उत्पादनमूलक ३९ र फाइनान्स समूहकोको परिसूचक ३ अंकले उकालो लागेका छन् ।