सन नेपाल लाइफको ६० करोडको आईपीओ पारित, अध्यक्षमा अनुज क्याल निर्वाचित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने प्रस्ताव पारित पारित भएको छ । संचालक समितिको उक्त प्रस्तावलाई शुक्रबार सम्पन्न कम्पनीको प्रथम बार्षिक सााधारण सभाले पारित गरेको हो । सभाले पारित गरे बमोझिम इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँका दरले ६० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । साथै, कम्पनीको नयाँ संचालक समितिमा संस्थापक समूहका शेयरधनीको तर्फबाट ४ जनाः अनुज क्याल, नारायण रुंगटा, किरण के.सी., सशांक अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । साथै, संचालकहरु मध्येबाट अध्यक्षमा अनुज क्याल निर्वाचित भएका छन् । कम्पनीले आर्थिक वर्ष ०७४/०७५ को पुस मसान्तसम्मको अवधिमा १४ वटा शाखा कार्यालय संचालन गरेको छ । सो अवधिसम्म कम्पनीले १० करोड २७ लाख रुपैयाँ प्रिमियम संकलन गरी ८ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  

३९ कम्पनीको करिब १० अर्बको बोनस सेयर सूचिकृत, कसले दियो सबैभन्दा बढीे ?

काठमाडौं । चालू आर्थिक बर्ष शुरु भएयता धितोपत्र बजारमा बोनसबाट मात्रै करिब १० अर्ब रुपैयाँ बराबरको सेयर थपिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार ६ महिनाको अवधिमा करिब १० करोड ७६ लाख कित्ता बराबरको बोनस सेयर सूचिकृत भएको हो । बोर्डका अनुसार ०७४ साउन एक गतेदेखि ०७४ माघ १९ गतेसम्ममा ३९ कम्पनीको सो मात्राको बोनस सेयर सूचिकृत भएको छ । उक्त ६ महिनाको अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्था, जलविद्युत, बीमा, होटल र अन्य गरी कुल ९ अर्ब ९८ करोड ७५ लाख ९० हजार ३५० रुपैयाँ बराबरको बोनस सूचिकृत भएको हो । सो मध्ये राष्ट्रिय बीमा संस्थानले सबैभन्दा बढी बोनस सेयर दिएको छ । यस इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ११४.२७ प्रतिशत बोनस वितरण गरेको हो । त्यस्तै, सबैभन्दा कम नेपाल इन्स्योरेन्स कम्पनी र बरुण हाइड्रोपावरले ५/५ प्रतिशत बोनस सेयर वितरण गरेका छन् । बोनस सूचिकृत गर्ने मध्ये अन्य बाँकी ३६ कम्पनीको विवरण हेर्नलाई यसमा क्लिक गर्नुहोस् । नेपाल राष्ट्र बैंकले पूँजीवृद्धि योजना सार्वजनिक गरेपश्चात नेप्सेमा सूचिकृत कम्पनीहरुले बोनस सेयर वितरणलाई प्राथमिकता दिँदै आएका हुन् ।

नेप्सेमा ६२ लाख ८८ हजार कित्ता सेयर थपियो, कुन कुन कम्पनीले थपे ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बिहीबार मात्रै ६२ लाख ८८ हजार ५९७ कित्ता सेयर थपिएको छ । बजारमा विभिन्न तीन कम्पनीको हकप्रद र बोनस गरी सो मात्राको सेयर थपिएका छन् । नेप्सेमा जेबिल्स फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको हकप्रद सेयर सूचिकृत भएका छन् भने ओरियन्टल होटल लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । सबैभन्दा बढी जेबिल्स फाइनान्सको २८ लाख ८९ हजार ५६२ कित्ता र गुहेश्वरी मर्चेन्टको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, ओरियन्टल होटलको १४ लाख २५ हजार १०६ कित्ता बोनस सेयर थपिएको छ । बिहीबार सूचिकृत सेयर मध्ये सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ । सो दिन दुई कम्पनीको गरी ४८ लाख ६३ हजार हकप्रद सेयर नेप्सेमा थपिएको छ ।