दुुई संस्था प्राप्ति पछि सिभिल बैंकको ६० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । सिभिल बैंकले दुई संस्था प्राप्ति(एक्वाएर) पछि ६० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको छ । बैंकले हामा मर्चेन्ट र यूनिक फाइनान्स प्राप्ति पछि बोनस र साधारण सेयर गरी सो मात्राको सेयर सूचिकृत गराएको हो । बुधबार बैंकको १३ लाख २० हजार १३६ कित्ता बोनस र ४६ लाख ९४ हजार ०१६ कित्ता साधारण सेयर सूचिकृत भएको हो ।
सनराइज बैंकको १ करोड ५६ लाख कित्ता हकप्रद सेयर बाँडफाँड, पूँजी ७ अर्ब नाघ्यो
काठमाडौं । सनराइज बैंकले १ करोड ५६ लाख ४६ हजार २९४ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको छ । बैंकले असार १९ गते सम्म जारी गरेको हकप्रद सेयरमा आवेदन परेको सो मात्राको सेयर ७१,६१३ जना सेयरधनीहरुलाई बाँडफाँड गरेको हो । बैंकले सेयरधनीहरुका लागि दश शेयर बराबर तीन सेयर (१०: ३) को अनुपातमा प्रति सेयर मूल्य १०० रुपैयाँ अंकित दरको १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद साधारण सेयर निष्काशन गरिएको थियो । हकप्रद सेयर बाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब २ करोड रुपैयाँ पुगेको छ । साथै गत आ.ब. २०७३/०७४ को मुनाफाबाट बोनस सेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी न्यूनतम ८ अर्ब पुर्याउने लक्ष लिईएकोमा सो बमोजिम चुक्ता पूँजी कायम रहने बैंकले जनाएको छ ।
सेयर बजारमा एक अर्ब २१ करोडको कारोबार, ५ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । सेयर बजारमा एकै दिन एक अर्ब २१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको कारोबार भन्दा करिब ५१ करोड रुपैयाँले बढी हो । अघिल्लो दिन(सोमबार)को बजारमा जम्मा ६९ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलबार १५५ कम्पनीको १९ लाख ३५ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबारको तुलनामा मंगलबारको बजारमा नेप्से र कारोबार रकम दुबैमा सुधार भएको छ । मंगलबारको बजारमा नेप्से परिसूचक ३४ अंकले बढेर १६३८ अंकमा पुगेको छ भने २ दशमलब १४ प्रतिशतले उकालो लागेको छ । मंगलबारको बजारमा ५ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी (करिब १० प्रतिशत) कमाएका छन् । सबैभन्दा बढी हिमालयन डिष्टीलरी लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ९ दशमलब ९९ प्रतिशतले बढेको छ । त्यस्तै, एनबी इन्स्योरेन्स कम्पनी, कुबेर मर्चेन्ट फाइनान्स, राष्ट्रिय बीमा कम्पनी र प्रोगेसिभ फाइनान्सको सेयर मूल्य क्रमशः ९.९३, ९.९३, ९.३१ र ९.१८ प्रतिशतले बढेको छ । त्यसैगरी, कारोबार समूहका अधारमा सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४१६ अंकले बढेको छ । त्यस्तै, अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ भने मंगलबार कारोबार भएका बाँकी समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ भने बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२७३ रुपैयाँ रहेकोे छ ।