नासा सेक्युरिटिजले तीन दिन कारोबार गर्न नपाउने

काठमाडौं । नासा सेक्युरिटिजले तीन दिन सेयर कारोबार गर्न नपाउने भएको छ । उक्त सेक्युरिटिजले कारोबार राफसाफमा लापर्वाही गरेकाले सामेबारदेखि तीन दिनसम्म कारोबार गर्न नपाउने भएको छ । धितोपत्र दलालले लगानीकर्ताको रकम समयमा भुक्तानी गर्न नसकेकोले नेप्सेले आगामी बुधबार(असार २१ गते)सम्म कम्पनीको कारोबारमा रोक लगाउने निर्णय गरेको हो ।

कन्काई विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता २३१ रुपैयाँ मात्र

काठमाडौं । सोमबार कन्काई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २१४ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २३१ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २९९ रुपैयाँ रहने छ ।

सिद्धार्थ बैंकको विशेष साधारण सभा सम्पन्न, के के प्रस्ताव पारित ?

काठमाडौं । आइतबार सिद्धार्थ बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भयो । उक्त साधारणसभाले बैंकका शेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद शेयर र त्यसपछि कायम हुने चुक्ता पुँजीको १० प्रतिशत अर्थात् १०ः१ कित्ता हकप्रद शेयर जारी गर्ने संचालक समितिको प्रस्ताव पारित गरेकोे छ । त्यसपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९० एटीएम र ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७३/०७४ को चैत्र मसान्तसम्म बैंक ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो । सोहि अवधीमा बैंकको कुल निक्षेप ७५ अर्ब २७ करोड रुपैयाँ र कर्जा लगानी ६६ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।