९१ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत, दुई कम्पनीको प्रमोटर सेयर साधारणमा परिणत
काठमाडौं । शुक्रबार मात्र ९१ लाख ४४ हजार ४९१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । एकैदिन मिथिला लघुवित्त विकास बैंक, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, कुमारी बैंक, कामना विकास बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको गरी पाँच कम्पनीको सो मात्राको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । मिथिला लघुवित्त विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको ६४ हजार ५०१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३ लाख ४२ हजार ६५५ कित्ता र कुमारी बैंकको ५६ लाख ८० हजार ३९१ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै कामना विकास बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको त्रमशः १४ लाख २८ हजार ७४३ कित्ता र ६ लाख २९ हजार २०० कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोही दिन दुई कम्पनीको प्रवद्र्धक(प्रमोटर) सेयर साधारण सेयरमा परिणत भएको छ । यूनाईटेड फाइनान्सको ६ लाख ३ हजार ४२४ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । त्यस्तै, काँक्रेविहार विकास बैंकको ६५ हजार २१६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत गरिएको छ । अब यी दुबै कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।
देवः विकास बैंकको साढे ३ लाख कित्ता सेयर लिलामीमा, जेठ २८ देखि साउन १ भित्र वोलपत्र पेश गर्नुपर्ने
काठमाडौं । देवः विकास बैंक लिमिटेडले ३ लाख ५६ हजार २९७ कित्ता संस्थापक सेयरको लिलामी विक्री गर्ने भएको छ । यो बैंकले गत माघ ९ देखि फागुन २७ गतेसम्म खुला गरेको हकप्रद सेयर विक्रीमा आवेदन नपरेका संस्थापक सेयर शिलबन्दी वोलपत्रबाट विक्री गर्ने भएको छ । यो बैंकले आगामी असार १ गतेभित्रै यसको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्समार्फत इच्छाएको सेयरको आवेदन दिन आग्रह पनि गरेको छ । प्रति सेयर कम्तिमा १ सय रुपैयाँका दरले यसको न्युनतम १ सय कित्तादेखि सबै सेयरको लागि पनि आवेदन दिन सकिने उल्लेख छ ।
साउनदेखि अनिवार्य गरिएको आस्बालाई प्रभावकारी बनाउन धितोपत्र बोर्डको ९ बुँदे निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि अनिवार्य गरिएको आस्बा प्रणालीलाई प्रभावकारी बनाउन बैंक तथा वित्तिय संस्थाहरुलाई ९ बुँदे निर्देशन जारी गरेको छ । यस अघि आस्बा प्रणालीबाट दिइएको आवेदनहरुमा समस्या देखिएपछि बोर्डले ९ बुँदे निर्देशन मार्फत आस्बा प्रणालीलाई लगानी कर्ताको सहज पहुँच र हितमा हुने व्यवस्था गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको हो । यस्ता छन बोर्डका निर्देशन १) धितोपत्र खरीद आवेदन फारममा आवेदकले नाम थर, आवेदन गरिएको कित्ता, डिम्याट खाता, आवेदकको दस्तखत लगायत निर्देशिकामा तोकिए बमोजिमका सम्पूर्ण विवरणहरु रुजु÷यकिन गरेर मात्र धितोपत्र खरीद आवेदन लिने र उक्त फाराममा संस्थाको आधिकारीक छाप र बुझिलिने कर्मचारीको दस्तखत गर्नुपर्ने । २) विद्युतीय प्रणालीबाट आवेदन गर्दा आवेदनकर्ताले आवेदन स्वीकृत भएको सम्बन्धमा विद्युतीय रुपमा रसिद प्राप्त गर्ने व्यवस्था गर्ने । ३) आवेदनकर्ताले आवेदन फारममा अंग्रेजीमा हित ग्राही खाता नं. र अंग्रजी ठूलो अक्षरमा अनिवार्य रुपमा नाम थर लेख्नुपर्ने व्यवस्था गर्ने । ४) धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा तोकिए बमोजिम सहभागी बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सवै शाखाहरुबाट दैनिक रुपमा प्राप्त आवेदन र आवेदन रकम सम्वन्धी संक्षिप्त विवरण संकलन गरी अनिवार्य रुपमा सोही दिन र विस्तृत विवरण तोकिएको समयावधि भित्र विद्युतीय माध्यमबाट निष्काशन तथा विक्री प्रबन्धक र बोर्डलाई उपलब्ध गराउने । ५) सहभागी बैंक तथा वित्तीय संस्थाहरुको विभिन्न शाखाबाट धितोपत्र खरीद आवेदन प्राप्त हुने सन्र्दभमा कुन शाखाबाट प्राप्त भएको हो सो पहिचान हुने व्यवस्था गर्ने । ६) सवै सहभागी बैंक तथा वित्तीय संस्थाहरुले बोर्डको वेवसाइटमा राख्ने प्रयोजनका लागि आफ्नो केन्द्रीय कार्यालयमा आस्वासंग सम्बन्धित विषय वस्तुमा सम्पर्क गर्ने एक जना सम्पर्क अधिकारी र एक जना बैकल्पिक सम्वन्धित अधिकारीको नाम थर, सम्पर्क फोन, मोवाइल र पत्राचार गर्ने आधिकारीक इमेल ७ दिन भित्र बोर्ड तथा सम्पूर्ण निष्काशन तथा विक्री प्रवन्धकलाई अनिवार्य रुपमा उपलब्ध गराउने र सो विवरणमा कुनै परिवर्तन भएमा सोको जानकारी तत्काल दिने व्यवस्था गर्ने । ७) निष्काशन तथा बिक्री प्रवन्धक र बोर्डलाई धितोपत्र खरीद आवेदन फारम सम्बन्धी विवरण पठाउँदा पत्राचारको लागि आधिकारीक इमेल मात्र प्रयोग गर्ने । ८) सहभागी बैंक तथा वित्तीय संस्थाहरुले सेवा प्रदान गर्ने भनी बोर्डलाई जानकारी गराएका सबै शाखा कार्यालयहरुबाट सो सेवा उपलब्ध गराउनु पर्ने र सोको लागि सवै शाखाहरुमा दक्ष जनशक्ति र पूर्वाधारको व्यवस्था गर्ने । ९) आस्वा प्रणाली सम्वन्धमा २०७४ साउन अगाडि कम्तीमा एक पटक र तत्पश्चात समय समयमा आफ्ना शाखा कार्यालयका सम्वन्धित कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गर्ने ।