लक्ष्मी म्युचुअल फण्डको साढे आठ लाख इकाइको विक्री खुला, एउटैले १ करोड इकाइसम्म आवेदन दिन सक्ने
काठमाडौ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डको विक्री खुला भएको छ । प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाइको विक्री खुला भएको छ । यो विक्री खुला भएको इकाइमध्ये डेढ करोड इकाइ अर्थात १५ प्रतिशत कोष प्रवद्र्धक लक्ष्मी बैंक लिमिटेडलाई सुरक्षित गरेर बाँकी साढे आठ करोड इकाइको भने सार्वजनिक विक्री खुला भएको छ । यसको दरखास्तको लागि प्रति इकाई १० रुपैयाँका दरले एक सय इकाइदेखि अधिकतम १ करोड इकाइसम्म एउटै व्यक्तिले आवदेन दिन सक्ने छ । यसको निष्कासन खुला यही बैशाख २२ देखि छिटोमा २६ गते र ढिलोमा जेठ ५ गतेसम्म रहेन छ । यसको धितोपत्र निस्कासन तथा विक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड हो ।
ज्योति विकास बैंकको शत प्रशित हकप्रद निष्कासत, १ करोड कित्ता हकप्रदको विक्री बैशाख २८ देखि
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १ सय रुपैयाँ अंकित १ करोड १० लाख ४३ हजार १७१ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले शत् प्रतिशतका दरले हकप्रद निष्कासन गरेको हो । यो बैंकको १ करोढ १० लाख को चुक्ता पूँजीमा सोही रकम थप गर्ने उद्देश्यले हकप्रद निष्कासन गरेको हो । बैंकले एक सेयर हुनेलाई नयाँ एक सेयर (१ः१) को अनुपातमा सेयर दिने भएको छ । यो बैंकको सेयर खरिद गर्न यही वैशाख १३ गतेसम्म खरिद गरेका लगानीकर्ताको लागि भएको बैंकले जानकारी दिएको छ । यसको सेयर विक्री यही बैशाख २८ गतेबाट जेट ३१ गतेसम्म हुने छ । यसको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो । यसको सेयर हाल बजारमा ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
कुमारी बैंकको हकप्रद किन्ने आज अन्तिम दिन
काठमाडौं । कुमारी बैंक लिमिटेडको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन हो । यो बैंकले गत फागुन १९ गतेसम्म सेयर खरीद गरेका लगानीकर्ताको लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । यो शेयर निष्कासनको आज अन्तिम दिन भएकोले बैंकले तोकिएको शाखाबाट बैंकिङ सयम भित्रै हकप्रद खरिदको निम्ति आवदेन दिन आग्रह गरेको छ । यो बैंकले १ सय रुपैयाँ अंकित दरका १ करोड ३४ लाख कित्ता सेयरको हकप्रद निष्कासन गरेको छ । यसको आवेदन कुमारी बैंकका शाखाहरु वा सिद्धार्थ क्यापिटलबाट दिन सकिने छ ।