नेसनल हाइड्रोपावरको नाफा ९५ लाख, संचित नोक्सान अझै ४२ करोड
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा गरेको छ । ३ महिनामा कम्पनीले ९५ लाख रुपैयाँ नाफा गरेको छ । गत अर्थिक वर्षमा ५ करोड ५७ लाख रुपैयाँ नोक्सान व्योहरेको नेसनलले पहिलो त्रैमासमा नाफा गरेको छ । कम्पनीले नाफा गरे पनि संचित नोक्सान अझै ४२ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा चालु आवमा संचित नोक्सान घटेको कम्पनीले जनाएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणअनुसार बिजुली बिक्रीबाट ५ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
सनराइज र नेपाल बङ्गलादेश बैंकको सेयर मूल्य समायोजन, कसको मूल्य कति?
काठमाडौं । सनराइज बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सोमबार यी दुबै कम्पनीको बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता २९२ रुपैयाँ रहेको छ । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । त्यस्तै, नेपाल बङ्गलादेश बैंकको पनि सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ तोकिएको छ । यस बैंकको १२ प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो ।
सेयर बजार राताम्मे, नेप्से दोहोरो अंकले घट्दा ५० करोडको कारोबार
काठमाडौं । तीन दिन पछि खुलेको सेयर बजार राताम्मे भएको छ । साताको पहिलो दिन (आइतबार)को बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सो दिन परिसूचक १३.४९ अंकले घटेर १५४० अंकमा अडेको छ । दोहोरो अंकले घटेको सेयर बजारमा ५० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको ४ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार कुल १५८ कम्पनीका १३ लाख ८१ हजार कित्ता सेयरहरु किनबेच भएका छन् । सो दिन कारोबारमा आएका ९ वटै समूहका परिसुचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५८ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल ३८, उत्पादनमूलक ३७, विकास बैंक १७, हाइड्रोपावर १५ र बैंकिङ समूह १२ अंकले ओरालो लागेका छन् । त्यस्तै, बाँकी रहेका ट्रेडिङ, फाइनान्स र अन्य समूहका परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी ओरियन्टल होटलको सेयर मूल्य ५ प्रतिशतले घटेको छ । उता मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले भने बजार घट्दा पनि ९.७३ प्रतिशत कमाएका छन् ।