दोल्ती पावरको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिने आज बैशाख ३ गते अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ७२ हजार ९७२ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ७ हजार २९८ कित्ता वैदेशिक रोजगारीमा रहेको नेपाली र ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ । बाँकी १२ लाख ७१ हजार ८६१ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् कम्पीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयरमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज बैशाख ३ गते अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात् बैशाख ४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज बैशाख ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् । लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजी ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँको १५ प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले लाभांश पारित गर्न बैशाख १५ गते बिहान ११ बजे, धादिङ्ग क्रिक रिसोर्ट, धादिङ्गबेशीमा नवौं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सभाले नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्पूण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्नेछ ।

सस्तैमा पाइने १० हाइड्रो पावर कम्पनीका सेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा ७१ जलविद्युत कम्पनीहरु सूचीकृत छन् । जसमा माउन्टेन इनर्जी नेपालको सेयर मूल्य सबैभन्दा बढी छ भने सबैभन्दा कम सेयर मूल्य मोलुङ हाइडोपावर कम्पनीको रहेको छ । यस जलविद्युत कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १५५.१० रुपैयाँ छ । नेप्सेमा सुचिकृत १० जलविद्युत कम्पनीको सेयर मूल्य २५० रुपैयाँभन्दा कम छ । २५० भन्दा कम मूल्य भएका १० जलविद्युत कम्पनीहरु क्रमश : मोलुङ हाइड्रोपावर, दिव्यशोरी हाइड्रोपावर, हिमाल दोलखा, अन्खुखोला हाइड्रोपावर, शिव श्री हाइड्रोपावर, युनियन हाइड्रोपावर, नेपाल हाइड्रोपावर, नेशनल हाइड्रो पावर, खानी खोला हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी रहेका छन् । मोलुङ हाइड्रोपावर कम्पनीको पछिल्लो  कारोबार मूल्य १५५.१० रुपैयाँ । दिव्यशोरी हाइड्रोपावर कम्पनीको पछिल्लो कारोबार मूल्य २१८ रुपैयाँ रहेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको पछिल्लो कारोबार मूल्य २२० रुपैयाँ रहेको छ । कम्पनीको ५२ हप्ताको अधिकतम सेयर मूल्य २८०.१३ र न्युनतम सेयर मूल्य १६१ रुपैयाँ रहेको थियो । अन्खुखोला हाइड्रोपावर कम्पनीको पछिल्लो कारोबार मूल्य २२५ रुपैयाँ छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य २६६ र न्युनतम सेयर मूल्य १५९.८० रुपैयाँ रहेको थियो । शिव श्री हाइड्रोपावर कम्पनीको पछिल्लो कारोबार मूल्य २२८ रुपैयाँ छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य ३०७.४० र न्युनतम सेयर मूल्य १५५.१० रुपैयाँ रहेको थियो । युनियन हाइड्रोपावर लिमिटेडको पछिल्लो कारोबार मूल्य २३२ रुपैयाा रहेको छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य ३१२.१० र न्युनतम सेयर मूल्य १६५.१० रुपैयाँ रहेको थियो । नेशनल हाइड्रोपावर कमपनीको पछिल्लो सेयर कारोबार मूल्य २३९ रुपैयाँ रहेको छ ।कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य ३१० र न्युनतम सेयर मूल्य १७६.४० रुपैयाँ रहेको थियो । खानी खोला हाइड्रोपावर लिमिटेडको पछिल्लो कारोबार मूल्य २४० रुपैयाँ रहेको छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य २८८ र न्युनतम सेयर मूल्य १६३.८० रुपैयाँ रहेको थियो । पन्चकन्या माई हाइड्रोको पछिल्लो कारोबार मूल्य २४२ रुपैयाँ रहेको छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य २९५.७० र न्युनतम सेयर मूल्य १६८ रुपैयाँ रहेको थियो । युनिभर्सल पावर लिमिटेड कम्पनीको पछिल्लो कारोबार मूल्य २४९ रुपैयाँ रहेको छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य २९५ र न्युनतम सेयर मूल्य १७५.९० रुपैयाँ रहेको थियो ।