पिपुल्स हाइड्रोपावरको आईपीओ कात्तिक २५ गतेदेखि खुल्ने

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित गरी कूल ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गर्नेछ । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि, ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीअ‍ोमा छिटोमा कात्तिक २९ गते ढिलोमा मंसिर ९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो सेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

एकैदिन १२ सय रुपैयाँले बढ्यो युनिलिभरको सेयर मूल्य

काठमाडौं । बिहिबार यूनिलिभर नेपालले सेयर मूल्य एकैदिन ६.५६ प्रतिशतले बढेको छ । बिहीबार बिहान लाभांश घोषणा गरेको युनिलिभरको एकैदिन १२ सय रुपैयाँले सेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार युनिलिभरको कारोबार भएको अन्तिम मूल्य १९ हजार ५०० रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १२१५ रुपैयाँ लाभांश दिने घाेषणा गरेकाे छ । कात्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीले आगामी मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर ३ गतेसम्म कायम सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त लाभांश विगत ४ वर्ष यताकै उच्च हो । कम्पनीले आव २०७३/७४ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १ हजार २७० रुपैयाँ लाभांश वितरण गरेको थियो । त्यसयता कम्पनीले प्रतिकित्ता क्रमशः ७००, ७७०, १०० र ६५० रुपैयाँ लाभांश वितरण गरेको थियो ।

अरुण काबेलीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । अरुण काबेलीको १० प्रतिशत बोनश सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६२.७३ रूपैयाँ कायम भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको बिहिबार(कात्तिक १७ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३९९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।