यी ४ तरिकाबाट हेर्न सकिन्छ इष्टर्न हाइड्रोपावरको आईपीओ

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिहीबार निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ६ लाख २५ हजार १९० कित्ता सेयर शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १३ लाख ५८ हजार २२० आवेदकले आवेदन दिएका थिए । तर १ हजार ९९६ आवेदन विभिन्न कारणले रद्द भएको छ भने बाँकी १३ लाख ५६ हजार २२४ आवेदन मात्रै सदर भएको छ । कम्पनीमा १ करोड ४८ लाख ४७ हजार ५५० कित्ता सेयरका लागि आवेदन परेको थियो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले १० कित्ताका दरले बाँडफाँट गर्दा ६२ हजार ५१९ आवेदकले मात्रै सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात रित्तो भएको छ । कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न तरिकाबाट नतिजा हेर्न सकिन्छ । कम्पनीको आईपीओको नतिजा हेर्न बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/, सिडिएससीको मेरोसेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएसले आईपीओको रिजल्ट हेर्न संचालनमा ल्याएको गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ र इस्टर्न हाइड्रोको वेबसाइट https://ehpl.com.np/ बाट हेर्न सकिने छ ।

यूनिलिभरले प्रतिसेयर १२१५ रुपैयाँ लाभांश दिने, तोक्यो बुक क्लोजको मिति

काठमाडौं । यूनिलिभर नेपालले सेयरधनीलाई प्रतिसेयर १२१५ रुपैयाँ लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कार्त्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । साथै, कम्पनीले लाभांश प्रयोजनको लागि बुक क्लोजको मिति पनि तय गरिसकेको छ । कम्पनीले आगामी मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर ३ गतेसम्म कायम सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त लाभांश विगत ४ वर्ष यताकै उच्च हो । कम्पनीले आव २०७३/७४ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १२७० रुपैयाँ लाभांश वितरण गरेको थियो । त्यसयता कम्पनीले प्रतिकित्ता क्रमशः ७००, ७७०, १०० र ६५० रुपैयाँ लाभांश वितरण गरेको थियो । सम्बन्धित समाचार युनिलिभरमा एक लाख लगानी गर्नेको सम्पत्ति झण्डै १ करोड, यस्तो छ ११ वर्षको लाभांश

इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिहीबार निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ६ लाख २५ हजार १९० कित्ता सेयर शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १३ लाख ५८ हजार २२० आवेदकले आवेदन दिएका थिए । तर १ हजार ९९६ आवेदन विभिन्न कारणले रद्द भएको छ भने बाँकी १३ लाख ५६ हजार २२४ आवेदन मात्रै सदर भएको छ । कम्पनीमा १ करोड ४८ लाख ४७ हजार ५५० कित्ता सेयरका लागि आवेदन परेको थियो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले १० कित्ताका दरले बाँडफाँट गर्दा ६२ हजार ५१९ आवेदकले मात्रै सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात रित्तो भएको छ ।