ब्रोकर लाइसेन्स, नयाँ स्टक र वस्तु विनिमय बजारका लागि आवेदन शून्य
काठमाडौं । नयाँ ब्रोकर लाईसेन्सका लागि ९ दिन बाँकी रहँदा कुनै पनि कम्पनीले आवेदन नदिएको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जानकारी दिएको छ । सेबोनले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर) लाइसेन्सका लागि असोज २ गते आवेदन खुला गरेको थियो । तर, हालसम्म कुनै पनि कम्पनीले नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र वस्तु विनिमय बजारका लागि आवेदन नदिएको सेबोनले बताएको छ । नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारी अनुमतिपत्रका लागि ३० दिन अर्थात् असोज ३१ गतेभित्र बोर्डमा आवेदन दिइसक्नु पर्नेछ । बोर्डका अनुसार धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा तोकिए अनुसार आवेदन दिनुपर्ने छ । सेबोनले असोज २ गते ब्रोकर लाइसेन्स, नयाँ स्टक र वस्तु विनिमय बजारका लागि आवेदन खुला गरेको २२ दिनसम्म कुनै पनि कम्पनीले आवेदन नदिएको बोर्डले बताएको हो । आवेदन दिने कम्पनीले तयारी गरिरहेकाले पूर्ण निवदेन बोर्डमा नपरेको बोर्डको भनाइ छ । सेबोनका अधिकारीका अनुसार राय सझावको लागि भने विभिन्न ८ वटा ब्रोकर कम्पनी आएका छन् । कम्पनी रजिष्ट्रारमा दर्ता गर्नुपर्दा बोर्डसँग रायसुझाव माग्ने भएकाले ८ वटा कम्पनी आएको बताइएको छ । राय सुझावको लागि सेबोनमा आएको भएपनि ब्रोकरका लागि भनेर पूर्ण आवेदन आएको छैन । सेबोनले वस्तु विनिमय बजार सञ्चालन गर्नका लागि २ वटा लाइसेन्स वितरण गर्ने बताएको छ । मुलुकको अर्थतन्त्र, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षण समेतलाई दृष्टिगत गरी हाललाई दुईवटा वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति दिने बोर्डले बताएको हो । वस्तु विनिमय बजार सञ्चालन गर्न ४५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ । यस्तै, सेबोनले नयाँ स्टक एक्सचेन्ज स्थापना तथा सञ्चालनका लागि आवेदन खुलाएको छ । सेबोनले नयाँ स्टक सञ्चालन गर्नका लागि ४५ दिन भित्र बोर्ड समक्ष निवेदन पेश गर्नुपर्ने छ । सम्बन्धीत सामाग्री सेबोनले २ वटा वस्तु विनिमय बजार सञ्चालन गर्न दिने, आवेदन माग नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्न आवेदन खुल्ला, स्वीकृत गर्ने वा नगर्ने अधिकार बोर्डमा नयाँ ब्रोकर लाईसेन्सका लागि आवेदन खुलायो धितोपत्र बोर्डले
दशैंपछिको सेयर बजारमा छायो हरियाली, कारोबारमा नबिलको अग्रता
काठमाडौ. । दशैंको बिदा पछि खुलेको सेयर बजारमा हरियाली छाएको छ । करिब एक सातापछि आइतबार खुलेको बजारमा नेप्से परिसूचक कारोबार खुलेदेखि नै उकालो लागिरहेको छ । यो समाचार तयार पार्दा (करिब १ बजे) सम्म परिसूचक २८.४३ अंकले उकालो लागिसकेको छ । जुन पछिल्लो कारोबारको तुलनामा १.५३ प्रतिशतले बढी हो । यो अवधिसम्म नबिल बैंकको सर्वाधिक कारोबार भइरहेको छ । हालसम्म बैंकको १ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । बैंकको सेयरसँगै सेयर मूल्यपनि बढेको छ । अघिल्लो दिनको तुलनामा बैंकको सेयर मूल्य २१ रुपैयाँले बढेर प्रतिकित्ता ८०१ रुपैयाँ नाघिसकेको छ । त्यस्तै, सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा सबैको लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयर मूल्य ७.६४ प्रतिशतले बढेर प्रतिकित्ता १०२८ रुपैयाँ पुगेको छ । बजारमा म्युचुअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । यो समाचार तयार पर्दासम्म म्युचुअल फण्ड समूह सामान्य अर्थात ०.०१ अंकले घटेको छ ।
डिप्रोक्सले आदर्श लघुवित्तलाई एक्वायर गर्ने, सेयर कारोबार रोक्का
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्ने भएको छ । जसको लागि संस्थाले गत असोज १४ गते नै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको हो । यससँगै दोश्रो बजारमा आदर्श लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । एक्वायरको प्रकृया शुरु गरेसँगै नेप्सेले असोज २३ गतेदेखि नै आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरिदिएको हो । उक्त प्रकृया सम्पन्न भई नयाँ बन्ने संस्थाको नामबाट एकीकृत कारोबार भएपछि मात्रै दोश्रो बजारमा कारोबार खुल्ने छ । हाल डिप्रोक्सको रजिष्टर्ड कार्यालय चितवनको भरतपुरमा रहेको छ । त्यस्तै, आदर्श लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ । हाल डिप्रोक्सको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ छ । त्यस्तै, आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी छ ।