दशैंमा कुन कुन दिन खुल्छ सेयर कारोबार ?

काठमाडौं । दशैंको समयमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ दिनमात्रै खुल्ने भएको छ । १५ दिनसम्म मनाईने दशैंमा सेयर कारोबार भने ३ दिन खुल्ने भएको हो । सामान्यतः दशैं घटस्थापनाको दिनदेखि नै शुरु हुन्छ । यो वर्षको दशैं असोज १० गते सोमबारदेखि शुरु भएको छ । सो दिन सार्वजनिक बिदा परेकाले सेयर कारोबार पनि बन्द भएको थियो । यससँगै अब मंगलबार, बुधबार र बिहीबार अर्थात (असोज ११, १२ र १३ गते) लगातार सेयर कारोबार खुल्ने छ । त्यसपछि भने असोज २२ गतेसम्म सेयर कारोबार रोक्का हुने छ । र, असोज २३ गते कोजाग्रत पूर्णिमा देखि सेयर कारोबार पुनः खुल्ने छ ।

यी ४ तरिकाबाट हेर्न सकिन्छ सिक्लेस हाइड्रोपावरको आईपीओ रिजल्ट

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको जनाएको छ । कम्पनीको आईपीओमा १५ लाख १३ हजार ७८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार २५१ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ भने १५ लाख १२ हजार ५३७ जनाको आवेदन सदर भएको क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । गोलाप्रथा मार्फत् बाँडफाँट गर्दा कम्पनीको आईपीओ १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात रित्तो भएको कम्पनीले जनाएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न तरिकाबाट नतिजा हेर्न सकिनेछ । कम्पनीको आईपीओको रिजल्ट हेर्न बिक्री प्रबन्धक बिओके क्यापिटलको वेवसाइट https://bokcapital.com.np/allotment/, सिडिएससिको मेरो सेयरको वेवसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएसले आईपीओ रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेवसाइट https://iporesult.cdsc.com.np/ र सिक्लेस हाइड्रोपावरको वेवसाइट https://www.sikleshydro.com.np/ बाट हेर्न सकिन्छ । आईपीओको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला https://bokcapital.com.np/allotment/ https://meroshare.cdsc.com.np/#/login https://iporesult.cdsc.com.np/ Sikles Hydropower Ltd  

सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख बढीले पाए १० कित्ता

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको आईपीओमा १५ लाख १३ हजार ७८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार २५१ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ भने १५ लाख १२ हजार ५३७ जनाको आवेदन सदर भएको क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । गोलाप्रथा मार्फत् बाँडफाँट गर्दा कम्पनीको आईपीओ १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात रित्तो भएको कम्पनीले जनाएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।