३१ अर्ब ३७ करोडको धितोपत्र निष्काशन गर्न बोर्डको अनुमति, सबैभन्दा बढी ऋणपत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कूल ३१ अर्ब ३७ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले एक वर्षको अवधिमा सो मात्राको धितोपत्र निष्काशन गर्न विभिन्न कम्पनीलाई अनुमति दिएको हो । जसमध्ये १२ अर्ब ४८ करोड रुपैयाँ बराबरको डिबेन्चर, रु.७ अर्ब २० करोड बराबरको साधारण सेयर, ६ अर्ब ९० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर रहेका छन् । एक वर्षमा २ खर्ब ३७ अर्ब ६१ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार उक्त आवमा ८९ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ५५ अर्ब ८९ करोड रुपैयाँ बराबरको बोनस सेयर, ५३ अर्ब २२ करोड रुपैयाँ बराबरको डिबेन्चर, २३ अर्ब २८ करोड रुपैयाँ बराबरको साधारण सेयर, ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड सूचीकृत भएका छन् । २०७८ असार मसान्तमा २८८३.४ रहेको नेप्से परिसूचक २०७९ असार मसान्तमा २००९.५ कायम भएको छ । २०७९ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ । जुन २०७८ असार मसान्तमा ४० अर्ब १० अर्ब ९६ करोड रुपैयाँ थियो । २०७९ असारमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २३४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५१ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१९ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा ११ प्रतिशत, लगानी कम्पनीको ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.३ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ । नेप्सेमा २०७९ असारसम्ममा सूचीकृत ६ अर्ब ७७ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ६७ अर्ब ७५ करोड रुपैयाँ छ ।

राताम्य बनेको सेयर बजारमा रिडी हाइड्रोको सर्वाधिक कारोबार

काठमाडौं । सोमबार भारि अंकले बढेर हरियाली बनेको बजार दोस्रो दिन नै राताम्य बनेको छ । यसअघि सोमबार ५६ अंकले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले घटेको हो । घट्दो बजारमा नाफा बुक गर्ने हावी हुँदा बजार घटेको सेयर लगानीकर्ता बताउँछन् । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ अंकमा बन्द भएको छ । यसअघि सोमबार ५५.८८ अंक बढेको सेयर बजार एक दिन पनि थामिएको छैन् । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार सोमबार बढेको थियो । तर, सोमबार बढेको बजार दोस्रो दिन नै ओरालो यात्रामा लागेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणले पनि बजारमा लगानीकर्ताको मनोबल घटाएको घटेको बजारबाट बुझ्न सकिन्छ । मंगलबार दिनभरिमा २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता सेयर ४३ हजार ३९२ पटक किनबेच हुँदा २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार बैंकिङ्ग समूह ०.२५ प्रतिशत, ट्रेडिङ्ग समूह १.७७ प्रतिशत, होटल एण्ड टुरिजम समूह ०.८७ प्रतिशत, विकास बैंक समूह २.६८ प्रतिशत, हाइड्रोपावर समूह ३.१८ प्रतिशत, फाइनान्स समूह २.६२ प्रतिशत, निर्जीवन बीमा समूह १.७१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.९ प्रतिशत, अन्य समूह ०.७ प्रतिशत, माइक्रोफाइनान्स समूह १.२७ प्रतिशत, जीवन बीमा समूह ०.९१ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९ प्रतिशत र इन्भेष्टमेन्ट समूह १.५५ प्रतिशत घटेको छ । यस्तै, मंगलबार अपर हेवीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यस्तै, आज युनिलिभर नेपालको सेयर मूल्य ५.६२ प्रतिशत घटेको छ । मंगलबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै ४० करोड ८२ लाख ४७ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

२५ वाणिज्य बैंकको साढे ३६ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, दुईको किन भएन ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २५ वटा वाणिज्य बैंकहरुको बोनस सेयर सूचीकृत भएको छ । वाणिज्य बैंकहरुले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । २७ वटा वाणिज्य बैंकहरुमध्ये २ वटा वाणिज्य बैंकको बोनस सेयर भने विभिन्न कारणले सूचीकृत भएको छैन् । एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत नभएको हो । अन्य वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट २५ वटा वाणिज्य बैंकहरुको ३६ करोड ४५ लाख ५५ हजार ८०५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कुन बैंकको कति कित्ता ? १. नबिल बैंकको ३३.६० प्रतिशत बोनस शेयर बापतको ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ३३.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो । २. प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस सेयर बापतको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकल आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश वितरण गरेको थियो । ३. कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयर बापतको २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५६ प्रतिशत नगद गरी कूल २१.०५६ प्रतिशत लाभांश वितरण गरेको थियो । ४. ग्लोबल आइएमई बैंकको १० प्रतिशत बोनस सेयर वापतको २ करोड १६ लाख ३२ हजार ५०३.०३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.५ प्रतिशत नगद गरी कूल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो । ५. एनएमबि बैंकको १२.५० प्रतिशत बोनस सेयर बापतको २ करोड ४ लाख ७ हजार ४५१.०७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल १५.८ प्रतिशत लाभांश वितरण गरेको थियो । ६. नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६११ प्रतिशत बोनस सेयर बापतको २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । ७. नेपाल एसबिआई बैंकको ३.५० प्रतिशत बोनस सेयर बापतको ३३ लाख २२ हजार ७५२.२६०३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.८१ प्रतिशत नगद गरी कूल ५.३१ प्रतिशत लाभांश वितरण गरेको थियो । ८. एभरेष्ट बैंकको ६ प्रतिशत बोनस शेयर बापतको ५३ लाख ३६ हजार २३०.३१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४.३२ प्रतिशत नगद गरी कूल १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । ९. सेञ्चुरी कमर्सियल बैंकको ५.७५ प्रतिशत बोनस सेयर बापतको ५१ लाख ९४ हजार ७९६.९६३९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३० प्रतिशत नगद गरी कूल ६.०५ प्रतिशत लाभाशं वितरण गरेको थियो । १०. सिद्धार्थ बैंकको १४.२५ प्रतिशत बोनस सेयर बापतको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । ११. प्रभु बैंकको १२ प्रतिशत बोनस सेयर वापतको १ करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आव २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनश सेयर र बोनश सेयरको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो । १२. नेपाल बैंकको १४ प्रतिशत बोनस सेयर बापतको १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल १७ प्रतिशत लाभांश वितरण गरेको थियो । १३. नेपाल बङ्गलादेश बैंकको १२ प्रतिशत बोनस सेयर बापतको १ करोड ८ लाख ५ हजार ७८५.४३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.५० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । यद्यपि नबिल बैंकसँग प्राप्ति भएपछि बैंकको सेयर नबिलको नाममा सूचीकृत भइसकेको छ । १४. लक्ष्मी बैंकको ८ प्रतिशत बोनस सेयर बापतको ८५ लाख ५६ हजार ५५१.८९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.५ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो । १५. सनराइज बैंकको ६.६५ प्रतिशत बोनस सेयर बापतको ६३ लाख ९ हजार ४८३.०९ कित्ता बोन शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कूल ७ प्रतिशत लाभांश वितरण गरेको थियो । १६. सिभिल बैंकको ५ प्रतिशत बोनस सेयर बापतको ४३ लाख २१ हजार ८३०.४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरि कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । १७. स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत बोनस बापतको ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.०६ प्रतिशत नगद गरी कूल १३.०६ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । १८. नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ८ प्रतिशत बोनस सेयर बापतको ८२ लाख ५१ हजार ६१३.३४ कित्ता सेयर सूचीकृत भएको होे । बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । १९. बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस सेयर बापतको ९६ लाख ५८ हजार १७६.४२९० कित्ता सेयर सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । २०. माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस सेयर बापतको १ करोड २० लाख ४० हजार ६१० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको थियो । २१. मेगा बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.०७ प्रतिशत नगद गरि कूल १२.०७ प्रतिशत लाभांश वितरण गरेको थियो । २२. कुमारी बैंकको ६ प्रतिशत बोनस सेयर बापतको ८३ लाख २७ हजार ८४.९० कित्ता सेयर सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.६७ प्रतिशत नगद गरी कूल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । २३. सिटिजन्स बैंक इन्टरनेशनलको १२.९१३ प्रतिशत बोनस बापतको १ करोड ६२ लाख ५०८.९१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.०८७ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश वितरण गरेको थियो । २४. सानिमा बैंकको १७ प्रतिशत बोनस शेयर बापतको १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८९४७ प्रतिशत नगद गरी कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो । २५. हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस वापतको २ करोड २८ लाख ४३ हजार २४८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४.६२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । २६. एनआईसी एशिया बैंक नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकको लाभांश रद्द गरेका कारण यसपटक शेयरधनीहरुले लाभांश पाएका थिएनन् । राष्ट्र बैंकले बैंकको पूँजी पर्याप्त नदेखिएको भन्दै बैंकको लाभांश रद्द गरेको थियो । बैंकले आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९४७ प्रतिशत नगद गरी कूल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर राष्ट्र बैंकले उक्त लाभांश रद्द गरेपछि नेप्सेमा सूचीकृत हुन सकेन । २७. राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत नभएकाले बैंकको बोनस सूचीकृत नभएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ नाफाबाट चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल ३३ प्रतिशत लाभांश वितरण गरेको थियो ।