कृषि विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । कृषि विकास बैंकको ‘४ प्रतिशत एग्रिकल्चर बोण्ड’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ४ प्रतिशत व्याजदर रहेको बैंकको उक्त ऋणपत्र भदौ २ गते नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार बैंकको २५ लाख ७३ हजार २५ थान ऋणपत्र सूचीकृत भएको हो । यससँगै, बैंकको उक्त ऋणपत्र भदौ ६ गतेदेखि दोश्रो बजारमा कारोबार सुरु हुनेछ । सूचीकृत भएको नयाँ ऋणपत्र र योभन्दा अघि सूचीकृत भएका गरी बैंकको कूल ६० लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत भएका हुन् ।
सेयर बजार सामान्य अंकले घट्दा रिडीको सर्वाधिक कारोबार, मन्दाकिनीको सेयरमा सर्किट
काठमाडौं । साताको पहिलो दिन पूँजी बजार सामान्य अंकले घटेको छ । यसअघि पनि घट्दै आएको बजार आइतबार पनि घटेको हो । शुक्रबारका दिन स्थिर रहेको नेप्से परिसूचक आइतबार भने दिनभरिको उतार चढाव हुँदै सामान्य अंकले घटेर बन्द भएको छ । बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता अभाव कायम रहेको कारण बैंकहरुले कर्जा प्रवाह गर्न रोकेका छन् । यसको प्रत्यक्ष प्रभाव पूँजी बजारमा परेको लगानीकर्ताहरु बताउँदै आएका छन् । घरजग्गा क्षेत्रमा सुरु भएको मन्दीले पनि सेयर बजार घटेको हुनसक्ने अनुमान लगानीकर्ताले गरेका छन । तर, कित्ताकाट रोक्का गरेका कारण घरजग्गा कारोबार बन्द भएकाले घरजग्गा कारोबारी व्यवसायीहरु पूँजी बजारमा आउने र नेप्से बढ्ने धारणा लगानीकर्ताको छ । अन्तराष्ट्रिय बजारमा आएको पेट्रोलियम पदार्थको मूल्य घट्दै गएकाले अर्थतन्त्र सुधार हुने संकेत देखिएको सेयर बजार जानकार बताउँछन । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बजारमा खर्च बढ्ने र रेमिट्यान्स पनि बढ्दै जाने भएकाले बजारले आगामी दिनमा बढ्ने अनुमान विज्ञहरुले गरेका छन । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७२ प्रतिशत घटेर २०६०.५५ अंकमा बन्द भएको छ । यस्तै आज दिनभरिमा २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता सेयर ४३ हजार ४५५ पटक किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार बैंकिङ्ग समूह ०.०८ प्रतिशत, होटल एण्ड टुरिजम समूह १.०६ प्रतिशत, निर्जीवन बीमा समूह ०.१ प्रतिशत र म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.४५ प्रतिशत बढेको छ । यस्तै, ट्रेडिङ्ग समूह १.९३ प्रतिशत, अन्य समूह १.६७ प्रतिशत, जीवन बीमा समूह ०.३९ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.७८ प्रतिशत, वकास बैंक समूह ०.९२ प्रतिशत, हाइड्रोपावर समूह १.१५ प्रतिशत, फाइनान्स समूह ०.९२ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१६ प्रतिशत र म्युचुअल फण्ड समूह ०.६२ प्रतिशत घटेको छ । आज मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, उपर हेवीखोलाको सेयर मूल्य ९.९८ प्रतिशत र स्वेतगंगाको ३.५६ प्रतिशतले सेयर मूल्य बढेको छ । यस्तै, रिभरफल्स पावरको सेयर मूल्य ५.१९ प्रतिशत घटेको छ । हालै रैराङ पावरसँग मर्जर भएको रिडी पावरको सबैभन्दा धेरै १२ करोड २८ लाख ५० हजार ९६८ रुपैयाँ र अपि पावरको १० करोड २५ हजार ७०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर धितो कर्जामा नबिल र ग्लोबलबीच टक्कर, २० बैंकले घटाउँदा ५ ले बढाए
काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म वाणिज्य बैंकहरुले पौने ६५ अर्ब रुपैयाँ बढीको सेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेपनि बैंकहरुले भने खासै कर्जा घटाएका छैनन् । अघिल्लो आर्थिक वर्ष (आव) २०७७/७८ को तुलनामा बैंकहरुले १.६९ प्रतिशतले मात्रै सेयर धितो कर्जा घटाएका छन् । बैंकहरुले अघिल्लो आवमा ६५ अर्ब ९३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकोमा गत आवमा भने ६४ अर्ब ८१ कराेड रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी सेयर धितो कर्जा नबिल बैंकले दिएको छ । सो बैंकले एक वर्षमा २३.३४ प्रतिशतले उक्त कर्जा लगानी घटाएपनि ७ अर्ब ६१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकले अघिल्लो आवमा ६ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको थियो । यस्तै, ग्लोबल आइएमई बैंकले अन्य बैंकको तुलनामा उच्च रुपमा सेयर धितो कर्जा लगानी गरेको छ । अघिल्लो आवमा ७ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले गत आवमा भने ४ अर्ब ९९ करोड रुपैयाँ लगानी गरेको देखिन्छ । यद्यपि, बैंकको सेयर धितो कर्जा लगानी भने अघिल्लो आवको तुलनामा ३०.०२ प्रतिशतले घटेको छ । एक वर्षको अवधिमा २० वटा बैंकले सेयर धितो कर्जा लगानी घटाएका छन् भने ५ वटा बैंकले बढाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले कर्जा लगानी गरेको तथ्यांकमा देखिँदैन । अघिल्लो आवमा सेयर धितो कर्जा लगानी नगरेको नेपाल एसबिआई बैंकले गत आवमा भने ३ करोड २७ लाख रुपैयाँ लगानी गरेको देखिएको छ । सबैभन्दा बढी कर्जा घटाउनेमा एभरेष्ट बैंक देखिएको छ । अघिल्लो आवमा २ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर धितोमा ऋण दिएको बैंकले गत आवमा भने ७ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ । जुन प्रतिशतको आधारमा ७२.६९ प्रतिशतले घटी हो । नेपाल राष्ट्र बैंकले गत आवको मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा ४ करोड र १२ करोडको सीमा तोकेको थियो । तर चालु आवको मौद्रिक नीति मार्फत भने बैंकले १२ करोड रुपैयाँको मात्रै सीमा लगाउने व्यवस्था गरेको छ । कुनले कति दिए ?