एनबी बैंकको सेयर माघदेखि किनबेच गर्न नपाइने

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको सेयर आगामी माघदेखि किनबेच गर्न नमिल्ने भएको छ । बैंक नबिल बैंकसँग एक्वायर गर्ने प्रकृयामा रहेकोले दोश्रो बजारमा बैंकको सेयर किनबेच नहुने भएको हो । दुई बैंक एक्वायरले एक्वायरको प्रकृया शुरु गरेसँगै नेप्सेले एनबी बैंकको सेयर कारोबार रोक्का गरेको हो । सेयर बजारमा एनबीको सेयर कारोबार माघ २ गतेदेखि रोक्का हुने छ । उक्क एक्वायरको प्रकृयामा जान दुई बैंकबीच पुस २९ गते प्रारम्भिक सम्झौता भएको हो । दुई बैंकले पाँच महिनाभित्र एक्वायर कार्य सम्पन्ने गर्ने गरी प्रारम्भिक सम्झौता गरेका हुन् ।

सिभिल बैंकको लाभांश पारित

काठमाडाैं । सिभिल बैंकको एघारौं वार्षिक साधारण सभाले संचालक समितीकाे प्रस्तावित  लाभांश पारित गरेकाे छ । पुस ३० गते शुक्रबार सम्पन्न साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश पारित गरेकाे हाे । साथै सभाले आ.व. २०७८/०७९ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स” लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ । सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको जनाएको छ । करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटिएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले ९१ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

आरएमडीसीको २५ प्रतिशत लाभांश पारित, संचालकमा दुई जना निर्विरोध

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश पारित गरेको छ ।लघुवित्तको शुक्रबार सम्पन्न २३ औं वार्षिक साधारण सभाले उक्त प्रस्तावित लाभांश पारित गरेको हो । साधारण सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । सभाले प्रस्तुत विवरण अनुसार संस्थाले आर्थिक वर्ष २०७७र०७८ मा संचालन मुनाफा रु। ३१ करोड १० लाख आर्जन गरेको छ । साथै उक्त साधारण सभाले भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मालाई सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा आगामी ४ वर्षकोे लागि निर्विरोध चयन गरेको छ । अधिकृत पूँजी १ अर्ब ५० करोड रहेको यस वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख रहेको छ । २० प्रतिशत वोनस शेयर दिने प्रस्ताव स्वीकृत पश्चात संस्थाको जारी तथा चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख पुग्ने छ । यस संस्थाको आ।व।२०७६र०७७ को अन्त्यमा १७३ वटा साझेदार संस्थाहरुसंग ८ अर्ब ६ करोड कर्जा लगानीमा रहेकोमा, आ।व।२०७७र०७८ को अन्त्यमा २९३ वटा साझेदार संस्थाहरुसँग ११ अर्ब ८१ करोड कर्जा लगानीमा रहेको छ । आ।व। २०७७र०७८ को अन्त्य सम्ममा संस्थाले साझेदार संस्थाहरुका करीब ३१ हजार कर्मचारी तथा पदाधिकारीहरु ९ लाख ५८ हजार लघुवित्तमा संलग्न ग्राहक सदस्यहरुलाई तालिम तथा प्राविधिक सहयोग प्रदान गराईसकेको छ ।