सेन्ट्रल फाईनान्सको ११ प्रतिशत लाभांश पारित, पुँजी ९४ करोड ८८ लाख पुग्ने
काठमाडौं । सेन्ट्रल फाईनान्सको प्रस्तावित ११ प्रतिशत लाभांश पारित भएको छ । पुस ३० गते सम्पन्न संस्थाको २५औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७.७ प्रतिशत बोनश सेयर र ३.३ प्रतिशत नगद लाभांश पाउने छन् । प्रस्तावित ७.७ प्रतिशत बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी ९४ करोड ८८ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, हाल संस्थाको निक्षेप ५ अर्ब ८२ करोड रुपैयाँ र कर्जा लगानी ५ अर्ब १ करोड रुपैयाँ पुग्ने छ । १४ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको संस्थाले छिट्टै नै झापाको बिर्तामोड र रुपन्देहीको भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । त्यस्तै, भविष्यमा थप शाखा खोली शाखा सञ्जाल र कार्यक्षेत्र थप विस्तार गरिने प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले बताए । संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी-आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुँचको लागि नेपाल क्लियरिङ्ग हाउसले प्रवद्र्धन गरेको नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा संस्था सदस्य बनिसकेको छ । संस्थाले विभिन्न शाखा कार्यालयहरुमा एटीएम मेसिन पनि संचालन गरिरहेको छ । त्यस्तै, संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप पनि सञ्चालनमा ल्याएको जानकारी दिँदै प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्दै लैजाने पनि सभामा जानकारी दिए ।
समृद्धि फाइनान्सको सञ्चालक समितिमा ६ जना निर्वाचित, भट्टराई बने अध्यक्ष
काठमाडौं । समृद्धि फाइनान्सको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । पुस ३० गते सम्पन्न संस्थाको सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको हो । जसमा संस्थापक समुहबाट ठाकुरप्रसाद भट्टराई, दिपक अधिकारी, गुप्तबहादुर राना र सुजन अधिकारी तथा सर्वसाधारण समुहबाट विनोद कुमार सुवेदी र शिवलाल पुरी निर्वाचित भएका हुन् । त्यस्तै, उक्त सभाबाट बसेको संचालक समितिको बैठकले नवनिर्वाचित सञ्चालक ठाकुरप्रसाद भट्टराईलाई अध्यक्ष पदमा चयन गरेको छ । संस्थाले आफ्नो २० औं बार्षिक साधारण सभा प्रधान कार्यालय रहेको हेटांैडा, मकवानपुरको होटेल एभोकाडो आर्किड रिसोर्टमा सञ्चालक समितिका अध्यक्ष विनोद कुमार सुवेदीको अध्यक्षतामा सम्पन्न गरेको हो । सभामा भौतिक र भर्चुअल माध्यमबाट सेयरधनीहरुले सहभागीता जनाएका थिए । सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने आ.व. २०७८/०७९ लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, संस्थापक र सर्वसाधारण समुहबाट संचालकको निर्वाचन गर्ने, फाइनान्सको मुख्य कार्यालय परिवर्तन गरि काठमाडौं-२८ मा स्थान्तरण गर्ने लगायतका एजेन्डाहरु रहेका थिए ।
पोखरा फाइनान्सको ८.५० प्रतिशत लाभांश पारित
काठमाडाैं । पोखरा फाइनान्सको २५ औं वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांश पारित भएकाे छ । फाइनान्सकाे आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिसेयर ८.०७५ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ०.४२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल ८.५० प्रतिशत लाभांश पारित भएकाे हाे । बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी १.०४ अर्ब पुगेको छ । साथै सभाले आ.व. २०७८/७९ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने(मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले जानकारी दिएका छन् । पोखरा फाइनान्सले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि वित्तीय संस्थाले जनाएको छ ।